पत्रपत्रिका

    Showing २७१-२८० of १,२६७ items.
  • जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो

    बिर्तामोड ( राजधानी दैनिकबाट) पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो ।प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ ।यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । सो तथ्यांक प्रहरीले अघिल्लो आर्थिक वर्षको सोही अवधिलाई आध

    • प्रकाशित मितिः पुस १३, २०७८
    • २१२ पटक पढिएको
  • स्थानीय तहको निर्वाचन तयारी

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गरेका छन् ।उनले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 

    • प्रकाशित मितिः पुस १३, २०७८
    • २२६ पटक पढिएको
  • अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारी

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन ।शिक्षा ऐनको दफा ५ को उपदफा ४ ९ट० मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा ऐन संशोधन नभएसम्म यो परीक्षा प्रदेश वा विद्यालयबाट लिन सम्भव नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।प्रतिनिधिसभामा बहुमतले पारित गरी राष्ट्रिय सभाको बहुमत वा सरकारले अध्यादेशबाट मात्र ऐन संशोधन गर्न सकिन्छ । संसद्को समितिले गत वर्ष जेठ २९ गते

    • प्रकाशित मितिः पुस १३, २०७८
    • २०८ पटक पढिएको
  • यसरी भित्रियो नेपालमा साइकल

    बिर्तामोड(राजधानी दैनिकबाट) साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत ल्याइएको यही साइकल त्यसबेलाका राणा श्री ३ महाराजाका छोरा नातिका लागि ‘केही साइकल’ भित्रिएको अनुमान छ ।श्री ३ वीर शमशेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै ‘वैज्ञानिक आविष्कार’ हुन पाएन । तर, उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको इतिहासमा उल्लेख छ ।तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौः उहिले र अहिले’मा सूर शमशेर नै साइकल भित्र्याउने व्यक्ति

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २०६ पटक पढिएको
  • ३० वर्षदेखि एकछत्र नेतृत्व

    बिर्तामोड(नेपाल समाचारपत्र दैनिकबाट) नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ ।तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको छ ।प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पार्टीले निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २१८ पटक पढिएको
  • गेजुवाबाट बूढीगण्डकी खोस्ने संकेत

    बिर्तामोड(आर्थिक अभियान दैनिकबाट) सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने संकेत देखाएको छ । तर, उक्त कम्पनीबाट आयोजना फिर्ता लिएपछि कसरी अगाडि बढाउने भन्ने विषय भने सरकारसँग ब्याकअप योजना नभएको देखिएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले शुक्रवार मन्त्रालयमै आयोजना गरिएको पत्रकार सम्मेलन उक्त आयोजना अगाडि बढाउन गेजुवालाई समयसीमा तोकिएको बताएकी थिइन् । गेजुवालाई नै पर्खेर बस्न नसकिने उनको भनाइ थियो । गेजुवाबाट उक्त आयोजना खोस्ने रणनीतिमा सरकार लागेको देखिन्छ । तर, गेजुवाबाट आयोजना फिर्ता आएपछि त्यसल

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २०८ पटक पढिएको
  • किर्ते कसुरका नेतालाई चोख्याउने प्रपञ्च

    काठमाडौँ  / बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी, बिचौलिया र कर्मचारीलाई मात्रै प्रतिवादी बनाएर राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन चलखेल सुरु भएको छ ।ललिता निवास प्रकरण डिल्लीबजार मालपोत कार्यालयका खरिदारदेखि पूर्वप्रधानमन्त्रीसम्मका व्यक्तिको संलग्नतामा भएको खुलिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गर्दै भूमाफिया र कर्मचारीदेखि तत्कालीन उपप्रधानमन्त्रीसम्मलाई प्रतिवादी बनाएको थियो ।सीआईबीमाथि अख्तियारबाट प्रतिवादी बनाइएका कतिपय राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन र बढीमा कर्मचारी

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १९९ पटक पढिएको
  • कमजोर धरातलमा ‘क्रान्तिकारी’ बन्ने चुनौती

    काठमाडौँ / माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिन सक्ने नेता अब पार्टीमा छैनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले कुनै बेला दाहाललाई सिधा चुनौती दिन्थे । रामबहादुर थापा, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट, गोपाल किराँतीलगायत युद्ध लडेका नेता पनि बाहिर छन् ।पार्टीबाट ती नेता बाहिरिएपछि दाहाललाई सजिलो भएको छ तर चुनौतीको सामना गर्दै थप उचाइ चुम्ने मौकाचाहिँ छैन । राजनीतिक, वैचारिक र सांगठनिक रूपमा फरक मत राख्ने नेताहरू नहुँदा माओवादी ‘भुत्ते’ भइसकेको विश्लेषकको भनाइ छ । के अब नयाँ माओवादी पार्टी निर्माण होला ? दाहालले पार्टी निर्माणका लागि निर

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २०८ पटक पढिएको
  • काँग्रेसमा देउवालाई दुईतिहाइ

    बिर्तामोड ( अन्नपूर्ण पोस्ट् दैनिकबाट ) कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। जसका लागि ४ सय ९१ जनाको उम्मेदवारी परेको थियो। मतदानको १० दिनपछि बिहीबार सबै पदको मतगणना सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखरप्रसाद कोइराला पक्षका हुन्। निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्

    • प्रकाशित मितिः पुस ९, २०७८
    • २२० पटक पढिएको
  • २०७९ फागुनभित्रै तीनै तहका निर्वाचन

    बिर्तामोड (राजधानी दैनिकबाट) निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ ।आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्न

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १९८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.