काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् ।सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी छन् ।छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।नारायणगढ-बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।मंगलबार दिउँसोदेखि परेको वर्
काठमाडौं / भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपु (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।नेपाल(भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो। वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमु
काठमाडौं / नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ।प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखाएको छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग स
काठमाडौं / नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका छैनन्।नेपाल विद्यार्थी संघले ११ बुँदे माग राखी गएको वैशाख १९ गते दाङको बेलझण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न चार सूत्रीय माग राखी आन्दोलन गर्ने चेतावनी दिएको थियो। प्रपासंघले पुस १ गते कुलपति एवं प्रधानमन्त्री देउवालाई सम्बोधन गरी पत्र पठाएको थियो। पत्रमा विश्वविद्यालय सभाको
काठमाडौं / चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए । मानिसलाई आक्रमण गर्न थालेपछि बाघले फेरि आक्रमणको योजना बनाउँछ। त्यसैले ती बाघलाई नियन्त्रणमा लिएर राख्नेछौ, उनले भने, “२०७७ सालयता हामीले चारवटा बाघलाई नियन्त्रणमा लिएका छौँ र अहिलेसम्म छाडेका छैनौंँ।”२०७७ सालमा चितवनको देवनगर र बाँक
काठमाडौं / संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए। उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।” भीभीआईपीले विमानस्थल प्रयोग गर्दा
काठमाडौं / सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६।४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने अर्थविद् बताउँछन्। सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्। ‘विकास बजेट समयमा खर्च नहुनु हाम्रो विडम्बना हो,’ उनले भने, ‘यस्तो तालले विकासमा फड्को मार्न सकिँदैन।’उसो त विकास बजेट खर्च गर्न नसक्नु नेपालको पुरानै रोग हो । मुलुक संघीयतामा गइसकेपछि यसमा सुधार हुने अपेक्षा थियो । तर, हुन सकेको छैन । सरकारले वैशाखसम्म ३
काठमाडौं / चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो।यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए । कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो । गत वर्षको यही अवधिको तुलनामा चालू आवको चैतसम्म लगभग तेब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ
काठमाडौं / निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गृहकार्य सुरु गरेको हो।कात्तिक २७ वा मङ्सिर ४ गते निर्वाचन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेका बेला आयोगले एकै चरणमा गर्दा पनि ३ अर्बभन्दा बढी रकम लाग्ने अनुमान गरेको छ। २०७४ मङ्सिरमा दुई चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो।आयोग पदाधिकारीहरूको केही दिनअघि बसेको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.