पत्रपत्रिका

    Showing 61-70 of 1,267 items.
  • सिमलताल बस : भारतीय प्राविधिकलाई पनि त्रिशूलीको वेग चुनौती

    काठमाडौं–चितवनस्थित सिमलतालमा सोनार क्यामेरासहित बेपत्ता बसको खोजीमा जुटेको भारतीय प्राविधिक टोलीलाई पनि त्रिशूलीको उर्लंदो भेल चुनौती बनेको छ । लेदोसहितको पहिरोमा परी असार २८ देखि नै हराइरहेका दुई बस र यात्रुको खोजीमा भारतीय टोलीले आइतबारदेखि काम थालेको हो । यतिबेला त्रिशूलीको पानी धमिलो त छ नै, वेग पनि तीव्र छ । टोलीले साढे तीन किलोमिटर तल घुमाउनेसम्म आएर त्रिशूली नदीको उद्धार कार्य रोक्यो अनि देवघाटस्थित नारायणी नदीमा खोजी सुरु गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले घटनास्थलदेखि घुमाउनेसम्म त्रिशूली नदीमा र देवघाटदेखि काब्रेघाटसम्म नारायणीमा गरी झन्डै १४ क

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 806 पटक पढिएको
  • सतर्कता केन्द्रविरुद्ध नै उजुरी !

    काठमाडौं— भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपले नियन्त्रण गर्न तथा त्यसविरुद्ध जनचेतना जगाउन निरोधात्मक र प्रवद्र्धनात्मक गतिविधि गर्ने अधिकार कानुनले राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ ले दिएको यही अधिकारको कानुनी टेकोमा केन्द्रले गतिविधि गर्दै आएको छ। तर, भ्रष्टाचारजन्य गतिविधि रोक्ने यही निकायविरुद्ध अनियमित गतिविधि गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ। उजुरी परेपछि कार्यालयले केन्द्रलाई पत्राचार गरेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सरकारी ट्रायल सेन्टरहरू

    • प्रकाशित मितिः असार २५, २०८१
    • 558 पटक पढिएको
  • नेपालमाथि मानव तस्करको वक्रदृष्टि, सर्बियामा ११ नेपाली बन्धक

    काठमाडौं— वैदेशिक रोजगारीका लागि सर्बिया पुगेका नेपालीलाई इजिप्ट लगिदिने प्रलोभनमा मानव तस्करले बन्धक बनाएको पाइएको छ। तस्करले झापाका पाँचसहित ११ जनालाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियाको जंगलमा बन्धक बनाएर परिवारजनलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ फिरौती रकम मागेको हो।पारिवारिक स्रोतका अनुसार शनिबार राति नै तीन जनाको ९ लाख रुपैयाँ रकम पठाइएको छ। उक्त रकम रोमानियामा बस्ने एक नेपाली एजेन्टमार्फत तस्करसम्म पुर्‍याइएको पीडितका परिवारले खुलाए।एजेन्टलाई साढे छ लाख रुपैयाँ बुझाएर गत चैत दोस्रो साता सर्बिया पुगेका बिर्तामोड नगरपालिका–२ का ४५ वर्षीय आमाशु राजवंशीले त्यहाँ बोलकबोलअनुसारको तलब नपाएपछ

    • प्रकाशित मितिः असार १७, २०८१
    • 462 पटक पढिएको
  • लागुऔषध कारोबारमा दैनिक १८ जना पक्राउ

    काठमाडौं— लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको यस वर्षको नारा छ, ‘लागुऔषधविरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ।’ नाराले रोकथाममा जोड दिए पनि नेपालमा भने यसतर्फ राज्यको लगानी शून्यजस्तै छ। प्रहरी कारोबारीलाई पक्राउमा मात्र सक्रिय हुँदा समाजमा दुर्व्यसनीको सञ्जाल नियन्त्रण हुन सकेको छैन। बुधबार लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा युवापुस्तामा बढ्दो दुर्व्यसनचिन्ताको विषय छ। प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागुऔषधसहित पक्राउ पर्दै आएका छन्। जेलमा अधिकांश कैदी–बन्दी लागुऔषध मुद्दाकै छन्। तैपनि कारोबार र दुर्व्यसन झन्झन् बढ्दै गएको छ। गृह मन्त्रालयले गरेको स

    • प्रकाशित मितिः असार १२, २०८१
    • 491 पटक पढिएको
  • मासिक कम्तीमा दुई लाख तलबसहित इजरायलमा रोजगारी खुल्यो

    काठमाडौं— इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको छ। वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै सुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने बताएको छ। दुवै देशका सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ।विभागका महानिर्देशक डण्डुराज घिमिरेले २१ दिनको समय दिएर मंगलबारदेखि आवेदन खुला भएको र दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलतर्फ रोजगारीका लागि नेपाली युवालाई पठाउने प्रक्रिया सुरु हुने बताए। ‘अबको दुई महिनाभित्र तोकिएको योग्यता र सर्त पूरा गरेका युवाहरूलाई इजरायल प

    • प्रकाशित मितिः असार १२, २०८१
    • 681 पटक पढिएको
  • नियमित महाधिवेशन नहुँदा कांग्रेसका भ्रातृ संस्थामा भद्रगोल

    काठमाडौं— गत १५ पुसमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तदर्थ समिति गठन भएका ६ भ्रातृ संस्थाको म्याद थप गरी ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर, समयसीमा तोकिएका भ्रातृ संस्थाको महाधिवेशन यस अवधिमा पनि नहुने भएको छ। कांग्रेसले यसअघि पटकपटक म्याद थप भएका नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक खेलकुद संघ (नयाँ गठन भएको, तदर्थ समितिसमेत नबनेको)लाई १५ असारमा महाधिवेशन गर्न भने पनि यो समयावधि त्यत्तिकै गुज्रिएको छ। तदर्थ समिति नबनेका र महाधिवेशनको समयावधि नतोकिएका भ्रातृ संस्थाको महाधिवेशन अझै अनिश्चित बनेको छ। गत २२ चैतमा

    • प्रकाशित मितिः असार १०, २०८१
    • 529 पटक पढिएको
  • भ्रष्टाचारका फाइलले थिचिएका मुख्यसचिव निलम्बित

    काठमाडौँ — सरकारले बजेट व्यवस्था गरेका आयोजना तथा कार्यक्रममा मात्र वस्तु तथा सेवा खरिद गर्न मिल्छ। तर, सञ्चार सचिवको जिम्मेवारीमा रहँदा वैकुण्ठ अर्यालले ग्रामीण दूरसञ्चार कोषको बजेट खर्चेर टेरामक्स प्रणाली खरिद गर्न दिने प्रक्रिया अघि बढ्न लगाएका थिए, जसमा सवा अर्ब भ्रष्टाचार भएको छरपस्ट हुँदा पनि सरकारले उनको संरक्षण गरिरहेको थियो, अझ उनी मुख्यसचिवका रूपमा नेपालका मुख्य प्रशासक थिए।नेपाल टेलिकमको सञ्चालक समितिले बिलिङ प्रणाली पुरानो भएको र वार्षिक दुई अर्बभन्दा बढी चुहावट भएको ठहर गरे पनि सुनील पौडेल प्रबन्ध निर्देशक र अर्याल सञ्चालक समिति अध्यक्ष बनेपछि पुरानै बिलिङ प्रणालीलाई निरन्तरता दिन

    • प्रकाशित मितिः असार १०, २०८१
    • 646 पटक पढिएको
  • ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको कहाँ थियो संलग्नता ?

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषद्बाट भएका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी बनाएको थिएन । नेपाल र डा. भट्टराईको बयान लिएर अनुसन्धानको दायरामा भने ल्याइएको थियो ।सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउनसक्ने अधिकार नभएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ‘ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा सम्बन्धमा विभिन्न मन्त्रालय र

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 630 पटक पढिएको
  • एसइई नतिजा असार तेस्रो सातामा

    काठमाडौं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 634 पटक पढिएको
  • मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

    काठमाडौँ / बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ । वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो ।मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको सुरु

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 525 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.