पत्रपत्रिका

    Showing ८१-९० of १,२६७ items.
  • विकास खर्च ३६ प्रतिशित मात्रै

    काठमाडौं /  सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६।४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने अर्थविद् बताउँछन्। सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्। ‘विकास बजेट समयमा खर्च नहुनु हाम्रो विडम्बना हो,’ उनले भने, ‘यस्तो तालले विकासमा फड्को मार्न सकिँदैन।’उसो त विकास बजेट खर्च गर्न नसक्नु नेपालको पुरानै रोग हो । मुलुक संघीयतामा गइसकेपछि यसमा सुधार हुने अपेक्षा थियो । तर, हुन सकेको छैन । सरकारले वैशाखसम्म ३

    • प्रकाशित मितिः असार ५, २०७९
    • २३४ पटक पढिएको
  • श्रम स्वीकृति लिएर विदेश जाने २०७४/७५ पछिको सबैभन्दा बढी

    काठमाडौं  / चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो।यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए । कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो । गत वर्षको यही अवधिको तुलनामा चालू आवको चैतसम्म लगभग तेब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ

    • प्रकाशित मितिः असार ५, २०७९
    • २२१ पटक पढिएको
  • प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने

    काठमाडौं / निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गृहकार्य सुरु गरेको हो।कात्तिक २७ वा मङ्सिर ४ गते निर्वाचन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेका बेला आयोगले एकै चरणमा गर्दा पनि ३ अर्बभन्दा बढी रकम लाग्ने अनुमान गरेको छ। २०७४ मङ्सिरमा दुई चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो।आयोग पदाधिकारीहरूको केही दिनअघि बसेको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित

    • प्रकाशित मितिः असार ५, २०७९
    • ३६२ पटक पढिएको
  • राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल

    काठमाडौं  / पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो ।विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देश आर्थिक रूपले कमजोर बन्दै गएको अवस्थामा सरकारले चालू आवमा राजस्व सङ्कलनको लक्ष्यसमेत भेटाउन न

    • प्रकाशित मितिः असार ४, २०७९
    • २३३ पटक पढिएको
  • विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

    काठमाडौं / मरुभूमिमा पसिनाका थोपा(थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, ‘उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ। त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ। तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण

    • प्रकाशित मितिः असार ४, २०७९
    • २३४ पटक पढिएको
  • उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्।भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफै बैठक बोलाउने गृहकार्यमा जुटेका छन् । भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ। ‘अब प

    • प्रकाशित मितिः असार ४, २०७९
    • २२४ पटक पढिएको
  • फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

    काठमाडौं / निर्माणाधीन काठमाडौँ–तराई(मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् । ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।नेपाली सेनाका प्

    • प्रकाशित मितिः असार ३, २०७९
    • २७८ पटक पढिएको
  • आविष्कार केन्द्रलाई सरकारी बजेट : महावीर पुन भन्छन् ‘विश्वास छैन’

    काठमाडौं /  सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन । आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो ।केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो । शिक्षा, विज्ञान तथ

    • प्रकाशित मितिः असार ३, २०७९
    • २३४ पटक पढिएको
  • स्टिलको मूल्य बढेपछि उद्योगीहरु आन्दोलित

    काठमाडौं /  बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए । अन्तःशुल्क वृद्धि गरी प्रतिकेजी ३ रुपैयाँ ५० पैसा पुगेको छ र यसले समस्या देखाएको सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष एवं एभरेस्ट रोलीड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताए ।सरकारको यो निर्णयले स्पन्ज आइरन आयात गरी ब

    • प्रकाशित मितिः असार ३, २०७९
    • ३२३ पटक पढिएको
  • नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेद्वारा गालीगलौज र हातपात

    काठमाडौं  / पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ। पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न ९आफूले पठाएका व्यक्तिलाई जागिर दिन० अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट द

    • प्रकाशित मितिः असार ३, २०७९
    • २४७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.