पत्रपत्रिका

    Showing 81-90 of 1,254 items.
  • बुढीगण्डकी अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने

    काठमाडौं / लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ । १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँचाअनुसार यो आयोजना निर्माण गर्न ‘बुढीगण्डकी जलविद्युत् विद्युत् विकास कम्पनी लिमिटेड’ नामक कम्पनी खोलिनेछ। मन्त्रालयले यो कम्पनीका लागि प्रबन्धपत्र तयार पारेर वित्तीय र कानुनी राय सुझाव लिन अर्थ र कानुन मन्त्रालयसमक्ष पेस गरेको छ।गत चैत २४ मा बसेको मन्त्रिपरिषद् बैंठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 147 पटक पढिएको
  • एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै

    काठमाडौं / सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ कार्यक्रम ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गामा पहिलो पटक यस्तो प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिए । उनका अनुसार नापी विभाग र केन्द्रीय तथ्याङ्क विभागले यो प्रविधि प्रयोग गरे पनि जग्गाको मूल्याङ्कनमा भने यसअघि प्रयोग गरिएको थिएन । जग्गाको  उचाइ,  उ

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 192 पटक पढिएको
  • मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

    काठमाडौं  / भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ।सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा  नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीका प्रवत्ता एसएसपी विष्णुकुमार केसीले भारतीय प्रहरीको टोली मसेवालाको हत्यारा खोज्न न

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 217 पटक पढिएको
  • नेपाली विद्यार्थी धमाधम चीन फर्किंदै

    काठमाडौं / चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको  घोषणा  गरेपछि  विभिन्न  समयमा  स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए । स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी, 

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 144 पटक पढिएको
  • ‘मलाई काम गर्न दिनुस्’

    काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उनले भने, ‘मलाई काम गर्न दिनुस् ।’आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्य

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 155 पटक पढिएको
  • अवैध माध्यमबाट अर्बौं रुपैयाँ बराबरको कपडा भित्रिँदै

    काठमाडौं / स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी एक खर्बको मात्र रहेकोले वैधानिक आपूर्ति ५ खर्ब न्यूनीकरण भएको देखिन्छ,’ संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज प

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 271 पटक पढिएको
  • मौसमबारे जानकारी नहुँदा आन्तरिक उडान धमाधम रद्द

    काठमाडौं  / नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो । भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न  पाएनन् । प्रतिकूल मौसमकै

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 144 पटक पढिएको
  • दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

    काठमाडौं / यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ। प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 139 पटक पढिएको
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन मंसिर १० भित्र

    काठमाडौं / राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका थिए ।‘सत्ता गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा छलफल अघि बढिसकेको

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 169 पटक पढिएको
  • नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

    काठमाडौं / प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्ु भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् । अहिले

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 178 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा