फोटोफिचर

    Showing ३१-४० of ६७ items.
  • संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे‚ राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल‚ उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहसहित मन्त्रीहरू‚ सांसदहरू‚ र सुरक्षा अधिकारीहरूले ओलीलाई बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीले महासभाको साधारण बहसमा असोज १० गते सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा उनले एलडिसीको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुका साथै अन्य उच्चस्तरीय बैठकहरूमा भाग लिनेछन् । भ्रमणका क्रममा उनल

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ६८८ पटक पढिएको
  • मनाइयो राष्ट्रिय शिक्षा दिवस, २०८१ (फोटोफिचर)

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा एसईईको नतिजा सुधार्न ७० प्रतिशतको लक्ष्य राख्ने नीतिगत पहल गरेको जानकारी गराएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न लागेको जानकारी गराए । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।राष्ट्रिय शिक्षा दिवस, २०८१ को कार्यक्रमसँगै शिक्षा क्षेत्रका विभिन्न उत्कृष्ट क्याम्पस,

    • प्रकाशित मितिः असोज २, २०८१
    • ६१७ पटक पढिएको
  • रास्वपाको पहिलो राष्ट्रिय भेलामा १५०० भन्दा बढी प्रतिनिधिहरूको उत्सव (फोटोफिचर)

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको छ । सभापति रवि लामिछाने र पदाधिकारीहरूले बिहान घण्टी बजाएर भेलाको उद्घाटन गरे । दुई दिनसम्म चल्ने यस भेलामा देशभरबाट १५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । भेलामा विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब, र लिडरसिप एकेडेमी लगायतका एजेन्डामा छलफल हुनेछ । आज पहिलो दिन विभिन्न प्रतिवेदनहरू पेस गरिनेछ भने भोलि सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः असोज १, २०८१
    • ८७५ पटक पढिएको
  • भारी वर्षापछि जलमग्न पोल्याण्डसहित युरोपका धेरै देश, ७ जनाको मृत्यु ! (फोटोफिचर)

    काठमाडौं–मध्य र पूर्वी युरोपका धेरै देशहरूले अहिले भारी वर्षा र बाढीको भयानक बितन्डा भोगिरहेका छन् । बाढीबाट हजारौं मानिसहरूलाई प्रभावित छन्, ठूलो जनधनको क्षति पुर्याएको छ । अस्ट्रियामा बाढीको उद्धार कार्यमा संलग्न एक अधिकारको ज्यान गएको छ, र राजधानी भियनासँग जोडिएको प्रान्तलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ । यसलाई अप्रत्याशित र डरलाग्दो भनिएको छ । पोल्याण्डमा पनि बाढीका कारण एक जनाको मृत्यु भएको छ, र प्रधानमन्त्री डोनाल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् ।रोमानियामा भीषण वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको छ । चेक गणतन्त्र पनि भारी वर्षाको सामना गर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ७६८ पटक पढिएको
  • सहकारी समितिको बैठकमा प्रधानमन्त्री ओली (फोटोफिचर)

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा सहकारी समस्या समाधानबारे गहन विचार राख्दै, सरकारको तर्फबाट प्रतिबद्धता जनाएका छन्। उनले ठगीमा संलग्न दोषी उम्कन नदिने र निर्दोषलाई फस्न नदिने गरी छानबिन गर्न समितिलाई निर्देशन दिए। प्रधानमन्त्रीले समितिको प्रतिवेदन पर्खिरहेको र त्यसको कार्यान्वयनपछि समस्या समाधान हुने बताउँदै, व्यक्तिको अनुहार नभई तथ्य र व्यवहारलाई आधार बनाएर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे। 

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ४७९ पटक पढिएको
  • गृहसचिव दुवाडीद्धारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

    काठमाडौं – गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र अन्य वरिष्ठ अधिकारीहरूले दुवाडीलाई कार्यालयमा स्वागत गरेका थिए।निरीक्षणको क्रममा दुवाडीले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरे। साथै, उनले प्रहरी संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर, र डिजिटल फरेन्सिक ल्याबको पनि निरीक्षण गरेका छन्। गृहसचिव दुवाडीले नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा खेलेको भूमिकाको सराहना गर्दै प्रहरी सेवा अझ व्यवस्थित र नागरिकमैत्री बनाउनुपर्ने बताए। उनले प्रहरी कर्मचारीको दक

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ७५५ पटक पढिएको
  • कर्णाली राजमार्गमा पहिरो, उद्धारमा जुटेको प्रहरी (फोटोफिचर)

    काठमाडौं–अबिरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएपछि प्रहरीले उद्धार गरिरहेको छ । कालिकोट जिल्ला अन्तर्गत शुभकालिका गाउँपालिका १ का गगने खोला र दैखोलामा ठूलो पहिरो जाँदा सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको हो । नेपाल प्रहरी अहिले पहिरोको कारण फसेका व्यक्तिहरूको उद्धार गर्न र बाटो खुलाउन सक्रिय रूपमा जुटिरहेको छ । उद्धार कार्यमा प्रहरीको विशेष टोली र स्थानीय स्रोतसाधन प्रयोग गरेर प्रभावित क्षेत्रबाट मानिसहरूको सुरक्षित निकासी र सडक मर्मत कार्य जारी छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ६११ पटक पढिएको
  • पाराओलम्पिक पदक विजेता पलेशालाई भव्य स्वागत

    काठमाडौं–फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी‚ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ‚ खेलाडी र अन्यको बाक्लो उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ७११ पटक पढिएको
  • संसदीय छानबिन समितिको ५१ औं बैठक : १३६९ सहकारीका प्रतिनिधिसँग छलफल

    काठमाडौं–सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिको ५१ औं बैठक आज बसेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा देशभरका १३६९ वटा साना किसान कृषि सहकारी संस्थाहरूका प्रतिनिधिमूलक ३५ जना नेतृत्वकर्ताहरूलाई बोलाइएको थियो । जसमध्ये २८ जनाले आआफ्नो संस्था संचालनको अनुभव र स्थितिको जानकारी गराएकाे सभापति सूर्य थापाले जानकारी दिएका छन् ।  सहकारी संस्थाहरूमा देखिएका समस्या‚ चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल भएको छ । किसान सहकारीका प्रतिनिधिहरूले आफ्ना संस्थाहरूमा भएका समस्या‚ रकम दुरुपयोगका घटना र सदस्यहरूको गुनासोबारे स

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ६०९ पटक पढिएको
  • नारायणगढ मुग्लिङ सडक खुल्यो (फोटोफिचर)

    काठमाडौं–आज बिहादेखि चितवनस्थित भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालो स्थित नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध भएको थियो । सडकमा सालको रुख र बिजुलीको पोलसहितको ढलानले दुई तर्फी बाटो अवरुद्ध भएको हो । त्यसपछि नेपाल प्रहरी र स्थानीय बासीहरूको सहयोगमा रुखहरू हटाइ बाटो सुचारु गरिएको छ ।  

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ६०५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.