काठमाडौं–अबिरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएपछि प्रहरीले उद्धार गरिरहेको छ । कालिकोट जिल्ला अन्तर्गत शुभकालिका गाउँपालिका १ का गगने खोला र दैखोलामा ठूलो पहिरो जाँदा सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको हो । नेपाल प्रहरी अहिले पहिरोको कारण फसेका व्यक्तिहरूको उद्धार गर्न र बाटो खुलाउन सक्रिय रूपमा जुटिरहेको छ । उद्धार कार्यमा प्रहरीको विशेष टोली र स्थानीय स्रोतसाधन प्रयोग गरेर प्रभावित क्षेत्रबाट मानिसहरूको सुरक्षित निकासी र सडक मर्मत कार्य जारी छ ।
काठमाडौं–फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी‚ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ‚ खेलाडी र अन्यको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं–सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिको ५१ औं बैठक आज बसेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा देशभरका १३६९ वटा साना किसान कृषि सहकारी संस्थाहरूका प्रतिनिधिमूलक ३५ जना नेतृत्वकर्ताहरूलाई बोलाइएको थियो । जसमध्ये २८ जनाले आआफ्नो संस्था संचालनको अनुभव र स्थितिको जानकारी गराएकाे सभापति सूर्य थापाले जानकारी दिएका छन् । सहकारी संस्थाहरूमा देखिएका समस्या‚ चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल भएको छ । किसान सहकारीका प्रतिनिधिहरूले आफ्ना संस्थाहरूमा भएका समस्या‚ रकम दुरुपयोगका घटना र सदस्यहरूको गुनासोबारे स
काठमाडौं–आज बिहादेखि चितवनस्थित भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालो स्थित नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध भएको थियो । सडकमा सालको रुख र बिजुलीको पोलसहितको ढलानले दुई तर्फी बाटो अवरुद्ध भएको हो । त्यसपछि नेपाल प्रहरी र स्थानीय बासीहरूको सहयोगमा रुखहरू हटाइ बाटो सुचारु गरिएको छ ।
काठमाडौं– मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–४ घाँसामा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसबाट स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भएको थियो । तर, नेपाल प्रहरीको एक टोलीले स्थानीय बासिन्दासँग मिलेर अहोरात्र खटिएर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । यसबाट स्थानीय बासिन्दा निकै खुसी भएका छन् ।
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो। समारोहमा प्रधानमन्त्री ओलीले भवनको उद्घाटन गर्दै जनतालाई गुणस्तरीय र आत्मीयतापूर्ण सेवा प्रदान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । तस्विर : नेपाल प्रहरी
काठमाडौं–रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क स्थित पहरी गाउँमा आएको ठूलो पहिरोका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । एकजना घाइते छन् भने चार जना बेपत्ता छन् । अविरल वर्षाका कारण गएराति आएको पहिरोमा ११ जना हराएका थिए । सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार र खोजी कार्यलाई प्राथमिकतामा राख्दै खटिएका छन् । पहिरोले गाउँपालिकाका पक्की पुल र हिम पाइपहरू पनि बगाएको छ ।
बझाङको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चार जनाको मृत्यु भएको छ । गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार
आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षावन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ । आज बिहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनको घुइँचो छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्वीले नदी, ताल, तलाउ,
साउनको आज अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर परिसरमा यतिबेला भक्तजनको घुइँचो छ । तुलनात्मक रुपमा साउनका अरु सोमबारको तुलनामा आज धेरै भक्तजन छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.