काठमाडौं । दक्षिणकाली नगरपालिका–५, फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको कार जाँच गर्ने क्रममा प्रहरीले ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुल बरामद गरेको हो।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।

प्रहरीले उनीहरूलाई बरामद औषधिसहित नियन्त्रणमा लिएको जनाएको छ। चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने यति ठूलो परिमाणको औषधि कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।