प्रविधि

    Showing 151-160 of 471 items.
  • नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए ।उनले भने, ‘नेपाल टेलिकम केवल एक दुरसञ्चार संस्था मात्र होइन । राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलाप गर्दै आइरहेको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थाहरुमा नेपाल टेलिकमले खेलेको भूमिक

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 577 पटक पढिएको
  • नेपाः एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने

    काठमाडौं— नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपाः एप सार्वजनिक गरिएको छ ।डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपाः एप विशेष बनेको छ । स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ ।नेपाः एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्ग सहित) उपलब्ध छ । साथै, विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम (नियर बाइ न्युज) तुरुन्तै प्राप्त गर्न सकि

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 529 पटक पढिएको
  • सागर ग्रुपद्वारा पाँचदिने प्रविधि एक्स्पो आयोजना, ग्राहकहरूलाई विशेष छुटको अफर

    काठमाडौं— सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ ।‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल’ नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 495 पटक पढिएको
  • अटोमोवाइल क्षेत्र दिगो सडक र सुरक्षित यातायात सम्बन्धी नीति चुनावी घोषणापत्रमा समेट्न सुझाब

    काठमाडौं— राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा अटोमोवाइल, दिगो सडक र सुरक्षित यातायातसम्बन्धी नीतिहरु समावेश गर्न नेपाल अटोमोबाइल्स एसोसिएसनले सुझाब पेश गरेको छ ।आइतबार जारी गरिएको सुझावपत्रमा देशका सडकहरूमा दैनिकजसो हुने दुर्घटनाका कारण ठूलो संख्यामा नागरिकको अकाल मृत्यु तथा अपांगता बढ्दै गएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने नेपाल प्रहरीको तथ्यांकअनुसार यो संख्या करिब २ हजार ५ सय हाराहारीमा रहेको छ ।सडक दुर्घटनाले मानव अधिकार र उपभोक्ता अधिकारको गम्भीर उल्लंघन भइरहेको एसोसिएसनको ठहर छ । एसोसिएसनले ना

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 510 पटक पढिएको
  • चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

    काठमाडौं— पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्कीएर ग्राहकलाई दिने सम्मको काम गरिरहेको छ ।रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० जना भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराईमा सामग्री खन्याउने, चलाउने र चलाएर भुट्ने काम गर्दै केही मिनेटमै खाना तयार गर्छ । तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पु¥याउने काम गर्दछ ।रेस्टुरेन्टमा खाना चाखेका एक ग्राहकले स्वाद सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । “खाना स्वादिलो छ र मेरो रु

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 521 पटक पढिएको
  • चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार

    एजेन्सी— चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् ।चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ ।जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्याच राजमार्ग र एक्सप्रेसवेहरूमा ठूलो मात्रामा परीक्षणहरूमा परिक्रमा गर्न थालेको थियो ।चाङ्गान टेक्नोलोजीका इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम डिजाइन र विश्लेषणका उपप्रमुख इन्जिनियर लिउ युकिङका अनुसार यस्ता कारहरु क्रसिङ, ब्याकलाइट अवस्था, रातको समय, वर्षा र कुहिरो जस्ता चुनौतीपूर्ण परिदृश्यहरूमा बढी अनुकूलनशीलता र स

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 583 पटक पढिएको
  • ग्रामिण क्षेत्रमा देखिएको रास्वपाको प्रभाव चुनाव जित्ने तहसम्मको होइन्ः महासचिव पोखरेल

    काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताएका छन् ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रास्वपाको जन्म भएको शहरी क्षेत्रमा नै रास्वपा प्रतिस्पर्धामा नरहेको भन्दै ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताए ।उनले भने, ‘काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ । जहाँबाट रास्वपाको जन्म भयो त्यहाँबाट नै प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आएको छ । तर रास्वपाको प्रभाव पहिलेभन्दा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर ग्रामिण क्षेत्रमा बढेका प्रभाव

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 573 पटक पढिएको
  • हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थलको कार्यालय बन्द

    काठमाडौं— बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थलको कार्यालय बन्द गरेको छ ।बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपछि यात्रुहरूको सुरक्षाको लागि विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी गराएको छ ।काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न बाँकी रहेको छ । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 480 पटक पढिएको
  • टिकटकले ट्रम्प विरोधी सामग्री सेन्सर गरेको गभर्नर न्युसमको आरोप, कानुनी छानबिन सुरु

    काठमाडौं—  क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सामाजिक सञ्जाल टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्ने सामग्रीहरूलाई नियतवश दबाएको आरोप लगाएका छन्।टिकटकको स्वामित्व एक ट्रम्प(अनुकूल व्यावसायिक समूहमा सरेपछि यस्ता घटनाहरू बाहिर आएको भन्दै न्युसमले क्यालिफोर्नियाको न्याय विभागलाई यसले राज्यको कानुन उल्लंघन गरेरनगरेको छानबिन गर्न निर्देशन दिएका छन्।यो कदम टिकटकको चिनियाँ मालिक ‘बाइट डान्स’ ले अमेरिकामा प्रतिबन्धबाट बच्नका लागि अमेरिकी बहुमत शेयर रहने गरी ‘जोइन्ट भेन्चर’ स्थापना गर्ने सम्झौता गरेको एक हप्तापछि आएको हो।गभर्नर न्युसमको कार्यालयले सोमबार सामाजिक सञ्जाल ‘एक्स

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 473 पटक पढिएको
  • क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

    काठमाडौं— विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ । यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ठगीको शिकार हुन सक्ने जोखिम उच्च रहेको छ । केन्द्रीय बैंकले स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको हो ।राष्ट्र बैंकले क्यूआर भुक्तानी स

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 498 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.