प्रविधि

    Showing 201-210 of 421 items.
  • काठमाडौंको बानेश्वर क्षेत्रमा आज कर्फ्यू आदेश लागू

    काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गतको बानेश्वर क्षेत्रका केही भागमा आज कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार आज अपरान्ह १२ः३० बजेदेखि राति १०ः०० बजेसम्मका लागि कर्फ्यू लागु हुनेछ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम जारी गरिएको उक्त आदेश अनुसार तोकिएको क्षेत्रभित्र मानिसको आवतजावत, कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, घेराउ, भेला वा बैठक गर्न पूर्ण निषेध गरिएको छ।कर्फ्यू लागु क्षेत्रहरू यसप्रकार छन्ःबानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,ब

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 468 पटक पढिएको
  • अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

    काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।  सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।  मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 450 पटक पढिएको
  • सरकारले गरेको भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताले सोमबार विरोध प्रदर्शन गर्दै

    काठमाडौं— जेन जी पुस्ताले भोलि भदौ २३ गते काठमाडौंमा विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको छ । भ्रष्टाचार अन्त्यको माग गर्दै यो पुस्ताले विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको हो ।उक्त प्रदर्शन विभिन्न सामाजिक अभियान्ताहरुले सेप्टेम्बर ८ लाई विशेष दिनको रुपमा मानेर जेन जी पुस्ताले गर्न लागेको जनाएको छ । प्रदर्शनका लागि सामाजिक सञ्जालहरु फेसबुक, टिकटकमार्फत् गरिएको व्यापाक प्रचार प्रसार गर्दै जेन जी पुस्ताहरुले भोलि सरकारका विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध, सुशासन स्थापना गर्न र भोलिको नयाँ नेपालको लागि सडकमा आउन बाध्य भएको भन्दै जेन जी पुस्ता

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 583 पटक पढिएको
  • सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्ः योगेश भट्टराई

    काठमाडौं— सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानुन अनुसार हुनुपर्ने बताएका छन् । ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको सूचना प्रविधी लगायतका कानुन बनाएर मात्र नियमन गर्नु पर्छ भन्ने पक्षमा रहेको बताए ।‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने‘ यसका लागि संसदमा पुगेका विधेयकहरु पास हुनुपर्छ । त्यो पास भएपछि नै सरकारले नियमन शुरु गर्छ भन्ने लागेको थियो। तर निर्देशिकाबाटै काम शुरु भयो’ ।  उनले सरकारले निर्देशिकाको

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 571 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने

    काठमाडौं— नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।  सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् ।  आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक  सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘ केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो । बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु सरकारले बन्द ग

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 620 पटक पढिएको
  • पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार

    काठमाडौं— युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् ।अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म यस आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको छ,’उनले थपे,‘यदि पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्छ ।’ यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले म

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 313 पटक पढिएको
  • निजामती विधेयकमा असन्तुष्टि जनाउँदै सूचना प्रविधि विभागका महानिर्देशकले दिए राजीनामा

    काठमाडौं— राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा फिर्ता भएको सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । दुई वर्ष सेवा अवधि बाँकी रहँदै पौड्यालले बहुप्रतीक्षित सङ्घीय निजामती सेवासम्बन्धी विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै १६ भदौबाट लागु हुने गरी राजीनामा बुझाएका हुन् । उक्त विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै राष्ट्रिय सभा पुगेको थियो । राष्ट्रिय सभाले समेत उक्त विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाइसकेकोमा बिहीबार नै सो विधयक प्रतिनिधि सभामा टेबुल भइसकेको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 576 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल खारेज गर्न प्रचण्डको माग

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको बताएका छन् ।शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबूकमार्फत उनले सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्य गरेको बताएका हुन् । ुसंविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ,ु उनले लेखेका छन् ।सामाजिक सञ्जाल प्रकाशन तथा प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 575 पटक पढिएको
  • सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट

    काठमाडौं— नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध खारेज गर्न माग गर्दै अदालतमा रिट दिएका हुन् । उनको रिट सर्वोच्च अदालतमा दर्ताको प्रक्रियामा रहेको छ । सरकारले नेपालमा सूचीकरण नभएपछि फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल बन्द गरेको छ । 

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 427 पटक पढिएको
  • वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

    काठमाडौं— सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।वल्र्डलिंकले जारी गरेको सूचना अनुसार ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका २०८० अनुसार नेपालमा दर्ता नभएका साम

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 456 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.