काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन् । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो । बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रा मुद्दा लगाउने गरिएको गुनासो गरे । उनले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अब सर्वोच्च अदालतसम्म पुगेको छ। पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गरिएको छ।देउवा पक्षले असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशनको प्रक्रिया तत्काल अघि नबढाउन माग गरेको हो। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको अवस्थामा त्यसको अन्तिम टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने उनीहरूको तर्क छ।देउवा र खड्काको तर्फबाट कानुन व्यवसायीहरू सर्वोच्च पुगेका हुन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणलाई लिएर सार्वजनिक चासो बढिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रमण निजी रहेको स्पष्ट पारेको छ ।प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाह निजी भ्रमणमा पोखरा हुँदै मुस्ताङतर्फ गएको जानकारी दिएका हुन् ।उनका अनुसार यो सरकारी कार्यक्रमअन्तर्गतको औपचारिक भ्रमण नभएकाले भ्रमणको थप विवरण आवश्यक परे प्रधानमन्त्रीको निजी सचिवालयबाट जानकारी लिनु उपयुक्त हुनेछ ।प्रधानमन्त्री शाह आज पोखरा हुँदै मुस्ताङतर्फ लागेका हुन् । तर प्रधानमन्त्रीको यात्रा निजी भनिएपछि भ्रमणको उद्देश्य, कार्
काठमाडौं । संसदीय सुनुवाइ प्रक्रियासँग सम्बन्धित सूचना सार्वजनिक गर्ने विषयमा संसदीय सुनुवाइ समितिले छुट्टै निर्देशन दिइरहन आवश्यक नरहेको सांसद वर्षमान पुनले बताएका छन् । उनका अनुसार सूचना प्रवाह कानुनी दायित्व भएकाले सम्बन्धित सूचना अधिकारीले नै प्रचलित कानुनअनुसार सूचना उपलब्ध गराउनुपर्छ ।शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै पुनले सूचना माग्ने व्यक्तिले कानुनले तोकेको प्रक्रियामार्फत सूचना अधिकारीसँग सम्पर्क गर्नुपर्ने बताए ।उनले समितिका कामकारबाही पारदर्शी रहेको दाबी गर्दै संसदीय सुनुवाइ प्रत्यक्ष प्रसारणसमेत भइरहेकाले सुनुवाइका गतिविधि गोप्य नरहेको बताए ।पुनका अन
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी तीव्र बनेसँगै नेकपाभित्र मन्त्री बन्ने आकांक्षीको दौड केन्द्रसम्म पुगेको छ । प्रदेशमा सहमति जुट्न नसकेपछि मन्त्री बन्न इच्छुक १२ जनाकै नाम केन्द्रमा पठाइएको छ । अब यी नाममध्ये पाँच जनाको भाग्य केन्द्रले तय गर्नेछ ।प्रदेशबाट पठाइएका १२ नाममध्ये तीन जना मन्त्री र दुई जना राज्यमन्त्री बनाउने तयारी छ । मन्त्री छनोटका लागि गठित तीन सदस्यीय कार्यदलले आकांक्षीबीच सहमति जुटाउन नसकेपछि सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।प्रदेश इन्चार्ज भानुभक्त जोशी, प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्ट सम्मिलित कार्य
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएको समयमै अघि बढाउने पार्टी संस्थापनको तयारीबीच इतर पक्षले त्यसलाई रोक्न कानुनी बाटो रोज्ने भएको छ। पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेका छन्।महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याउने तयारी भइरहँदा कांग्रेसको आन्तरिक विवाद थप कानुनी मोर्चामा पुगेको छ। नेता मीन विश्वकर्माका अनुसार दुवै नेताका तर्फबाट अलग–अलग रिट दर्ता गरिनेछ।कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, प
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेपछि पार्टीभित्रै असहमति देखिएको छ।उद्धव थापामाथि कारबाही गर्ने निर्णयमा नेता कमल थापाले ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाएका छन्। पर्याप्त छलफल नगरी जबरजस्ती निर्णय गरिएको भन्दै उनले फरक मत राखेका हुन्।कमल थापाले आफू लगायत केही नेताहरू उक्त निर्णयसँग असहमत रहेको बताएका छन्।‘पार्टीको विधानलाई लत्त्याउँदै निरंकुश ढंगबाट संसदीय दलको नेतालाई कारबाही गरिएको छ, यो हामीलाई मान्य छैन,’ उनले भने।उद्धव थापालाई कारबाही गर्ने निर्णयमा पार्टीभित्रै फरक मत देखिएसँगै राप्रपाको आन
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सँधै कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।‘यतिबेला दुई तिहाइमाथि पनि प्रश्न उठिरहेको छ । पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ । दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हु
काठमाडौं / राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ठूला भ्रष्टाचार तथा अनियमिततासँग जोडिएका विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । शाहीले माओवादी शिविरमा भएको भनिएको अनियमितता, गिरिबन्धु टी–स्टेट प्रकरण, तारागाउँ रिजेन्सी हायात होटलसँग सम्बन्धित जग्गा तथा सेयर प्रकरणलगायतका विषयमा अख्तियारले अहिलेसम्म मुद्दा किन अघि नबढाएको भन्दै प्रश्न गरे ।‘अख्तियार दुरुपयोग अनुसन्धा
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक निकायमाथि नियन्त्रण कायम गर्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन्।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर लामो समय राखिएको भनिएको घटनाप्रति असन्तुष्टि जनाए।उनले संवैधानिक निकायलाई सरकारको प्रभावमा पारेर ‘लाचार छाया’ बनाउने प्रयास लोकतान्त्रिक व्यवस्थाकै लागि चिन्ताजनक भएको बताए।‘अख्तियार नियन्त्रित भयो। कुनै विषयमा सात घण्टा थुनेर मुद्दा चलायो भन्ने सुनेको छु। संवैधानिक संस्थालाई लाचार छाय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.