काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने भएकाे छ । ‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने ।क–कसको उम्मेदवार उम्मेदवारी पर्यो भन्नेबारे नामावलीमा मात्रै जानकारी हुने उनले बताए । अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा लागिरहेको उनले जानकारी दिए ।भोटिङ हुने पदहरूमा विद्युतीय मतदान हुने समेत उनले बताए । मनोनयन पत्र दर्ताको समय ११ :१५ सम्म रहेको थियो ।
काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो ।यस्तै महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोयन दर्ता भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए । यस्तै संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्य लिएर विशेष महाधिवेशनमा सहभागी हुने पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । यसैबीच विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ताका साथसाथै उम्मेदवारी फिर्ताको फाराम समेत सँगसँगै भर्
काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका अगाडि बढाएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनको काम आज बिहान ९.१५ बजेसम्मका लागि समय तोकेको छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरि
काठमाडौं— नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् ।मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए ।उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र नियमित अधिवेशन गर्ने निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशन आयोजना भएपछि पार्टीभित्र समझदारी कायम गर्न नेतृत्व तहबाट निरन्तर संवाद र छलफल भइरहेको छ।‘आम निर्वाचनको मुखमा पार्टी एक भएर जानुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। निर्वा
काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो।विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रम अगाडि बढाइएको बताए।उनले भने, ‘निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने जानकारी आएको छ, त्यसलाई हामी सम्मान गर्छौं। तर सहमति नभए हाम्रो कार्यक्रमअनुसार प्रक्रिया अग
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो। बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।
काठमाडौं— जेनजी फ्रन्टका दुई सदस्य आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन्। ओझा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा प्रतिस्पर्धा गर्नेछन्।खनाल भने नवलपुर–२ बाट चुनाव लड्ने तयारीमा छन्। यदि झापा–५ मा बालेन शाह उठ्ने भएमा ओझाले झापाकै अरु कुनै क्षेत्रबाट उठ्ने तयारीमा रहेको बुझिएको छ।जेनजी फ्रन्ट पार्टीगत राजनीति गर्न मात्रै गठन गरिएको मोर्चा होइन। फ्रन्टभित्र सडकमै खबरदारीको लागि रहनेहरु सगै संसदीय राजनीतिमा जान चाहनेहरू पनि छन्।
काठमाडौं— उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अत्यन्तै पीडादायी रहेको बताएका छन् ।मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उनले यस्तो बताएका हुन् ।उनले भने, ‘उज्यालो नेपाल पार्टी घोषणा गरेको एक महिना पनि नबित्दै कार्यगत एकता भन्दा पनि एकिकृत चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्यो । त्यो अचानक भएको थियो । सबैको भावनालाई समेट्न पर्छ भनेर एकीकरणको प्रक्रियामा हामी गयौं । त्यो अत्यन्तै पीडादायी भयो । १२ दिन अत्यन्तै पीडादायी रहयो ।’घ
काठमाडौं— काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ ।सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो।बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमाथि प्रदेश तथा जिल
काठमाडौं— नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ ।पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।निर्वाचन समितिमा डिएलएका अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.