राजनीति

    Showing 101-110 of 7,612 items.
  • निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन्– महामन्त्रीको पद बिहानै त्यागिसके

    काठमाडौं— नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन् ।बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । बद्लिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ । एकजना साथीले फोन गरेर दाई कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहा

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 404 पटक पढिएको
  • एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर संकल्पका साथ अगाडि बढे राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताबद्ध भएर अगाडि बढ्न सकेनौं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको लागि अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुसँग एकता भएको बताए ।उनले भने, ‘हामी इतिहासको एकदमै महत्वपूर्ण मोडमा छौं । हामी एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा यो राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 338 पटक पढिएको
  • महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।उनले भने, ‘उहाँहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी आजैदेखि लागू हुनेगरी निष्कासित गर्ने निर्णय भएको छ ।’पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन ग

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 359 पटक पढिएको
  • अपराधविरुद्ध सरकार कटिबद्ध छः अर्याल

    जनकपुर— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार कुनै पनि प्रकारका अपराध हुन नदिन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। बुधबार जनकपुरधाममा सम्पन्न मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन गर्दै उनले अपराध रोकथाम र अपराधीलाई कानुनी दायरामा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव बिगार्ने, हिंसा फैलाउने वा राजनीतिक अस्थिरता सिर्जना गर्ने कार्यलाई सरकारले कडाइका साथ नियन्त्रण गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने बताए।गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 336 पटक पढिएको
  • विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्छः महामन्त्री विश्वप्रकाश शर्मा

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्ने बताएका छन्।मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बन्दसत्रमा उठेका सबै सुझाव समेटेर पार्टीको दृष्टिकोण दस्तावेजलाई अझ परिमार्जन र परिपक्व बनाएर पारित गरिने प्रतिबद्धता व्यक्त गरे।उनले महाधिवेशन प्रतिनिधिहरूका सुझाव मात्र नभई पार्टी बाहिर रहेका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारमाध्यममार्फत आएका सुझावसमेत दस्तावेजमा समेटिने बताए।‘यो दस्तावेज केवल केही हजार शब्दको पुस्तिका होइन, आजको नेपाललाई कांग्रेसले

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 335 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने

    काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने भएकाे छ । ‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने ।क–कसको उम्मेदवार उम्मेदवारी पर्‍यो भन्नेबारे नामावलीमा मात्रै जानकारी हुने उनले बताए । अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा लागिरहेको उनले जानकारी दिए ।भोटिङ हुने पदहरूमा विद्युतीय मतदान हुने समेत उनले बताए । मनोनयन पत्र दर्ताको समय ११ :१५ सम्म रहेको थियो । 

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 133 पटक पढिएको
  • सभापतिमा गगनको उम्मेदवारी दर्ता

    काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो ।यस्तै महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोयन दर्ता भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।  यस्तै संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्य लिएर विशेष महाधिवेशनमा सहभागी हुने पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । यसैबीच विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ताका साथसाथै उम्मेदवारी फिर्ताको फाराम समेत सँगसँगै भर्

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 187 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम

    काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका अगाडि बढाएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनको काम आज बिहान ९.१५ बजेसम्मका लागि समय तोकेको छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरि

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 166 पटक पढिएको
  • पार्टी विभाजनतर्फ जानु कसैको हितमा छैनः प्रवक्ता डा. महत

    काठमाडौं— नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् ।मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए ।उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र नियमित अधिवेशन गर्ने निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशन आयोजना भएपछि पार्टीभित्र समझदारी कायम गर्न नेतृत्व तहबाट निरन्तर संवाद र छलफल भइरहेको छ।‘आम निर्वाचनको मुखमा पार्टी एक भएर जानुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। निर्वा

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 353 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै

    काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो।विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रम अगाडि बढाइएको बताए।उनले भने, ‘निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने जानकारी आएको छ, त्यसलाई हामी सम्मान गर्छौं। तर सहमति नभए हाम्रो कार्यक्रमअनुसार प्रक्रिया अग

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 320 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा