काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर करिब सात घण्टा रोकिएको भनिएको विषयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रवेश पाएको छ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले लामो समय कार्यालयमा राखेको विषयमा स्पष्ट जानकारी दिन माग गरेका छन्। उनले त्यहाँ उनीहरूलाई के–के गर्न लगाइएको थियो भन्नेबारे समितिमार्फत जवाफ खोजेका हुन्।समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्तसहित आयुक्तहरू उपस्थित रहेका बेला साम्पाङले उक्त घटनालाई अधिकारको दुरुपयोगसँग जोडेर प्रश्न उठ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले मुलुकमा भ्रष्टाचार बढ्नुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै जिम्मेवार ठहर गरेर राज्यका अन्य निकाय पन्छिन नमिल्ने बताएका छन्।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दुलालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दायित्व कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालयसहित सबै सम्बन्धित निकायको भएको बताए।उनका अनुसार अख्तियारसँग भ्रष्टाचार नियन्त्रणका लागि संस्थागत जिम्मेवारी भए पनि भ्रष्टाचार हुने वा नहुने वातावरण निर्माणमा सरकारको भूमिका निर्णायक हुन्छ। प्रधानमन्त्री र कार्यपालिका सुशासनप्रति व्यवहारमै प्
काठमाडौं । पासपोर्ट खरिद प्रक्रियामाथि प्रश्न उठेपछि प्रधानमन्त्री बालेन शाहलाई नै संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्ने माग उठेको छ। नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।राईले पासपोर्ट खरिदको विषय सामान्य प्रशासनिक प्रक्रियामा सीमित नरहेको भन्दै यसबारे प्रधानमन्त्रीसँगै प्रत्यक्ष छलफल गर्नुपर्ने बताए। ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो, यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ,’ उनले बैठकमा भने।उनले सरकारमाथि उठेका प्रश्नको जवाफदेहिता प्रधानमन्त्रीबाटै खोजिनुपर्ने बताएका छन्। राईले पासपोर्ट खरिदसँगै सरकारले गठन
हेटौँडा । बागमती प्रदेशमा राप्रपाभित्रको समर्थन विवाद कायमै रहेका बेला प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले किरण थापा मगरलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्।एमाले, नेकपा र राप्रपाका प्रदेश सांसदको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए। सोही आधारमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।मुख्यमन्त्रीको नियुक्ति अपराह्न ४ः०५ बजे र शपथ ४ः२० बजे तय गरिएको छ। तर थापालाई समर्थन गरेको विषयमा राप्रपाको प्रदेश संसदीय दल र केन्द्रीय नेतृत्वबीच विवाद चर्किएको छ।राप्रपा केन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले अपनाएको नयाँ सोच र प्रविधिमैत्री कार्यशैलीबाट गृह मन्त्रालयले समेत सिक्नुपर्ने बताएका छन्। स्थानीय तहले केन्द्र सरकारभन्दा अगाडि बढेर कतिपय प्रणाली कार्यान्वयन गरेको भन्दै उनले महानगरको कामको प्रशंसा गरेका हुन्।ललितपुर महानगरले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरका नवप्रवर्तनात्मक कामलाई निरन्तरता दिनुपर्ने बताए।उनका अनुसार गृह मन्त्रालयले अहिले कार्यान्वयन गरिरहेका कतिपय प्रणाली ललितपुर महानगरले तीन वर्षअघि नै लागू गरिसकेको छ। महानगरको कार्यशैलीबाट आफू प्रभावित
हेटौंडा । बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाको गठबन्धनबाट नयाँ सरकार गठनको तयारी तीव्र बनेको छ। नेकपाका नेता सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी गरिएको छ भने बाँकी मन्त्रालयमा पनि दलहरूले आ–आफ्ना प्रतिनिधि पठाउने तयारी गरेका छन्।मन्त्रालय भागबण्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेकपाले सभामुखसहित दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ। एमालेबाट किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने दाबी यसअघि नै ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष पेस भइसकेको छ।नेकपाले पाउने दुई मन्त्रालयमध्ये अर्थ मन्त्रालयमा सरल सहयात्रीको नाम टुंगिए प
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित विधान संशोधन कार्यदलले पूर्णता पाएसँगै अब संशोधनको ठोस गृहकार्य सुरु हुने भएको हो।बुधबार बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो। कार्यदललाई ७ दिनभित्र काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कार्यदलको पहिलो बैठक बस्दैछ।कार्यदलमा बुर्लाकोटीसहित प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आ
काठमाडौं । सरकारले सरकारी कार्यालयमा हुने खरिदमा स्वदेशी वस्तु र सेवाको प्रयोग बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघदेखि स्थानीय तह र विदेशस्थित नेपाली नियोगसम्मलाई सार्वजनिक खरिद गर्दा उपलब्ध भएसम्म नेपाली उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको हो।सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न भनिएको छ। त्यस्तै स्टेशनरी, छपाइ, फर्निचर, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन र खाद्य–पेय पदार्थ खरिदमा पनि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्नेछ।तर स्वदेश
काठमाडौं । बागमती प्रदेश सरकार गठनको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चर्किएको छ। पार्टीको निर्णयविपरीत एमालेका मुख्यमन्त्री उम्मेदवार किरण थापालाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापामाथि कारबाहीको तयारी थालेको छ।यसै विषयमा निर्णय लिन राप्रपाले आज दिउँसो १२ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। त्यसअघि केन्द्रीय अनुशासन आयोगको बैठकसमेत बस्दैछ।राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको निर्णयविपरीत एक व्यक्तिले गरेको समर्थनलाई सिंगो संसदीय दलको समर्थन मान्न नसकिने पार्टीको धारणा छ। उद्धव थापालाई
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नुअघि संघीय संसद्का ९ वटा संसदीय समिति एकैदिन सक्रिय हुने भएका छन्। संसद् बैठक भदौ ८ र राष्ट्रियसभा बैठक शुक्रबारका लागि तय भएकाले समितिहरूले विभिन्न विधेयक, सरकारी कामकारबाही, विकास आयोजना र आर्थिक विषयमा छलफल गर्न लागेका हुन्।अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवसमेत सहभागी हुनेछन्।अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयकबारे होटल एसोसिएसन नेपाललगायत सरोकारवालासँग छलफल गर्नेछ। उद्योग तथा वाणिज्य समितिले प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची राखेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.