धनगढी । विभाजित अवस्थामा रहेका कम्युनिस्ट शक्तिलाई एउटै राजनीतिक धारमा ल्याउन दबाब बढाउने उद्देश्यले धनगढीमा भोलि वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उत्रिने भएका छन्। पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्ने विचार गोष्ठीमा नेकपा, एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्तलगायत दलका नेताहरू सहभागी हुँदैछन्।धनगढीस्थित उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो १२ बजे हुने कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रमलाई आगामी निर्वाचन र कम्युनिस्ट आन्दोलनको भविष्यका विषयमा वामपन्थी दलहरूबीच संवाद बढाउने प्रयासका रूपमा हेरिएको छ।‘वर्तमान राजनीतिक परिस्थितिमा वाम
विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा सहभागी भएसँगै गरिएको मन्त्रालय बाँडफाँटले सरकारभित्रै असन्तुष्टि देखिएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रालय हेरफेर गरेपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका एमालेका मन्त्री इन्द्रमणि पराजुलीले तत्काल जिम्मेवारी सम्हाल्न आनाकानी गरेका छन्।यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालिरहेका पराजुलीको मन्त्रालय नेकपाको भागमा परेपछि उनलाई स्वास्थ्य मन्त्रालयमा सारिएको हो। उनको स्थानमा गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाइएको छ।तर आफूलाई कुनै जानकारी नदिई मन्त्रालय परिवर्तन गरिएको भन्दै पराजुली असन्तुष्ट छन्। नयाँ जिम्मेवारी पाएका अन
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाको राजनीतिक टिप्पणीपछि संसदमा एकाएक तनावको अवस्था सिर्जना भएको छ। उनले विगतका ३५ वर्षको शासनलाई लक्षित गर्दै गरेको अभिव्यक्तिप्रति विपक्षी बेञ्चका सांसदहरूले आपत्ति जनाउँदै उठेर विरोध गरेका हुन्।संसदमा बोल्दै संग्रौलाले वर्तमान सरकार भ्रष्टाचार, बेथिति, अनियमितता र ‘गुन्डाराज’ अन्त्य गर्ने उद्देश्यसहित अघि बढेको दाबी गरिन्। उनले विगतको राजनीतिक व्यवस्थापन र शासनशैलीमाथि कडा प्रश्न उठाउँदै त्यसकै परिणामस्वरूप गत भदौमा जेनजी आन्दोलन भएको दाबी गरिन्।उनले विगतका सरकारले चलाएको गोलीका कारण सिंहदरबार अगाडि जेनजी युवा
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि अहिले देशभर विपद्का घटना भइरहेकाले सरकारको प्रतिकार्यबारे सदनलाई जानकारी आवश्यक रहेको बताए । उनले भने, ‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइरहनु भएको छ, त्यो राम्रो हो। मतदाताहरूले आफ्नो विगतको प्रतिबद्धताको जवाफ खोज्दछन् । तर उहाँले आफ्नो मत फिर्ता लानु भनिराख्नु भएको छ। तर हामी यहा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भइरहेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्ने माग दोहो¥याएका हुन्।सभामुखले सरकारलाई संसद्प्रति जवाफदेही बन्न निर्देशन दिएपछि आफू आशावादी बनेको साम्पाङले बताए। अब प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको दफावार जवाफ दिनुपर्ने उनको माग छ।साम्पाङले आफूहरूले व्यक्तिगत प्रश्न नभई जनताका समस्या संसदमा उठाइरहेको स्पष्ट पारे। सीमा सुरक्षादेखि नागरिकको दैन
काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि जनताका दैनिक समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै आफ्नै मन्त्रीहरूलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।पुनको मुख्य निशाना जनताको दैनिक जीवनसँग जोडिएका समस्यातर्फ थियो। ग्यास, मल, खानेपानी र राहदानी बनाउनसम्म सर्वसाधारणले लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सरकार परिवर्तन भए पनि नागरिकको सास्ती नघटेको टिप्पणी गरे।उनले नयाँ राजनीतिक शक्तिले विगतका दशकमा देखिएको ‘लाइनको राजनीति’ अन्त्य गर
राम्चेका ४२ घर पहिरोको उच्च जोखिममा, तत्काल स्थानान्तरण गर्न सांसद खनालको मागAug 18, 2026 · 12:26काठमाडौं । सांसद मनिष खनालले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित राम्चेका ४२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चो पहिरोका कारण स्थानीयवासी लामो समयदेखि जोखिममा रहेको बताए । उनले ठूलो जनधनको क्षति हुनुअघि नै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गरे ।खनालका अनुसार २०७६ भदौ १२ गते राम्चेका बासिन्दालाई अन्यत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे सरकारले तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खत्रीले भक्तपुर घुम्न जाने जोकोहीले दरबार स्क्वायर पुग्नुअघि राधेराधे चोकमा वर्षौँदेखि खण्डहरजस्तै बनेर उभिएको उक्त भवन देख्ने गरेको बताए।करिब दुई दशकअघि व्यापारिक केन्द्र र रोजगारीको ठूलो सम्भावना बोकेको उक्त परियोजनाको मुख्य संरचना निर्माण भइसकेपछि किन रोकियो भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनले बताए
काठमाडौं । लामो समयदेखि आन्दोलनरत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग सरकारले औपचारिक संवादको ढोका खोलेको छ। आन्दोलनरत पक्षसँग वार्ता गरेर उसका मागबारे छलफल गर्ने उद्देश्यले सरकारले सहसचिव लीलाधर सुवेदीको नेतृत्वमा चार सदस्यीय टोली गठन गरेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन्।सरकारले टोली गठन गर्नुअघि सोमबार ललितपुरका प्रमुख जिल्ला अधिकारी
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति सार्ने सम्भावनालाई तत्कालका लागि टुंग्याउँदै पूर्वनिर्धारित कार्यतालिकामै अघि बढ्ने निर्णय गरेको छ। नौ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निष्कर्ष निकालेसँगै कांग्रेसभित्र अब संगठन निर्माणभन्दा निर्वाचन तयारीले प्राथमिकता पाउने देखिएको छ।सभापति गगन थापाले महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पार्दै पार्टीका सबै पक्षलाई प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्। महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने दाबी गर्दै उनले असन्तुष्ट समूहसँग समेत संवाद जारी राख्ने बताएका छन्।महाधिवेशनको तयारीसँगै क
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.