काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले अविरल वर्षाका कारण विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले संखुवासभाको भोटखोला गाउँपालिकाका विभिन्न स्थानमा अविरल वर्षाका कारण विद्युत् प्रसारण लाइन र नेटवर्क टावरमा अवरोध आएको बताए । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सोलार लाइटको भर पर्नुपर्ने र सामाजिक सञ्जाल तथा सञ्चार सेवाबाट समेत वञ्चित हुनुपरेको उनले बताए।उनले भने, ‘अविरल वर्षाको कारण संखुवासभा भोटखोला गाउ
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भएको बताए । उनले प्रधानमन्त्रीले देशको मुहार फेर्ने उद्देश्यसहित अहोरात्र काम गरिरहेको भन्दै काम गर्दा आलोचना हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।उनले भने, ‘हाम्रो देशमा केही गर्छु भन्ने मान्छेको आलोचना हुन्छ । त्यसको सिकार वर्तमान सरकार पनि भएको छ । प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात
काठमाडौं / नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने र कर्णालीमा औषधि तथा राहतको अभाव हुने अवस्था रहँदा सरकारले सुशासनको कुरा गर्नुको अर्थ नभएको बताइन्। उनले काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी तथा खानपान पचाउन नसकेपछि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याउने गरिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन् । उनले भनिन्, ‘जनताल
काठमाडौं । सरकारले खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले बजारको अवस्थामाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मोहनलाल आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा ग्यासको कुनै समस्या नरहेको बताए पनि व्यवहारमा उपभोक्ताले अझै ग्यास नपाइरहेको बताएका हुन्।आचार्यले संसदमा सरकारको दाबी र बजारमा देखिएको अवस्थाबीच ठूलो अन्तर रहेको बताए। उनका अनुसार ग्यास अभाव नभएको सरकारी भनाइका बाबजुद सर्वसाधारणले सहज रूपमा खाना पकाउने ग्यास पाउन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ। दैनिक उपभोगसँग प्र
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भयावह बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बयकले हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्नु अत्यन्तै चिन्ताजनक विषय भएको बताए ।‘सवारी र सडक दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या कहालीलाग्दो छ । हरेक वर्ष यो सङ्ख्या बढ्नु अत्यन्तै चिन्ताजनक विषय हो,’उनले भने, ‘नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷८३ मा सडक दुर्घटनामा परि कुल २ हजार ६०७ ज्यान गुमाएका छन् ।’उनका अनुसार नेपाल
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। आफ्नै दलभित्र मन्त्री चयनको विषयमा सहमति जुट्न नसकेपछि उनले मन्त्रिपरिषद् विस्तारभन्दा पहिले विश्वासको मत लिने निर्णय गरेका हुन्। यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी गरिए पनि प्रदेश सभा बैठक एक दिन पछि सारिएको छ। मंगलबार नेकपाको संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी रहेको बताइएको छ। यस विषयमा नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा मुख्यमन्त्री भट्टबीच पनि छलफल भएको थियो। मुख्यमन्त्री न
काठमाडौं / सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीको सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन् ।यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबिच गहन छलफ
काठमाडौं— आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । मंगलबार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation
काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।यस्तै, प्रधानमन्त्री बालेन शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्ने कार्यसूची छ ।बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।यसैग
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि सामाजिक सञ्जालमार्फत हुने आरोप र चरित्रहत्या रोक्न माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राना मगरले विधेयकमा ‘वेश्यावृत्ति’, ‘वेश्यागमन’ लगायतका शब्द प्रयोग गरिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरिन् । उनले भनिन्, ‘मैले यो विधेयक अलिअलि पढेँ तर यहाँ धेरै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.