काठमाडौं— क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ ।आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने चेतावनी दिए ।तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गप्तामार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए ।‘पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधी
काठमाडौं— निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ ।सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौं, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारी कार्यविभाजन गरी खटिइसकेका छन् ।तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्
काठमाडौं— नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।फेसबुक स्टाटस लेख्दै उनले दिल्लीमा भएको तामाङको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । तामाङको निधनपछि विभिन्न सञ्चारमाध्यम, कलाकार तथा संगीतप्रेमीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
काठमाडौं— नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए । पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने प्रष्ट पारेका छन् ।उनले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दावी गर्दै आफ्नो परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको स्पष्
काठमाडौं— उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् ।राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए ।उनले भने, ‘पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ । मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्ख
काठमाडौं— नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डप परिसरमा सुरु भएको छ । दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता(कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ भएको छ ।विभिन्न ६ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ बढिरहेको छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च परिसर खचाखच छ । उद्घाटन समारोह सकिएपछि भृकुटीमण्डपमै बन्दसत्रको आयोजना हुनेछ ।भृकुटीमण्डपमै प्रतिनिधिहरूको नाम दर्ता पनि चलिरहेको छ । ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस निस्किएका छन् । पद्मकन्या
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ ।आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो ।पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारहरूको सूची परिमार्जन गरी समयमै बुझाइएको हो । उक्त सूचीमा समावेश उम्मेदवारहरू विभिन्न पृष्ठभूमि, क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी चयन गरिएको पार्टीले जनाएको छ ।निर्वाचन आयोगले बुझ
काठमाडौं— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् । इक्यानको विकास र शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरणका लागि भुसालले ती एजेन्डाहरु सावर्जनिक गरेका हुन् ।इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विषयलाई प्राथमिकतामा राखेर एजेन्डा तयार गरिएको बताए ।उनले भने, “२०२६ को आगमनसँगै हाम्रो समूहले २६ वटा एजेन्डा सार्वजनिक गरेको छ । यी एजेन्डा
काठमाडौं— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ को लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका लक्ष्मण पौडेलले इक्यान संस्था मात्र नभई एउटा परिवार जस्तो भएको बताएका छन् ।शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै पौडेलले यो क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएको बताए ।पौडेलले आफ्नो अनुभव साझा गर्दै साधारण सदस्यदेखि भाइस प्रिसिडेन्टसम्मको जिम्मेवारी सम्हाल्दा संस्थाको काम, चुनौती र सम्भावना नजिकबाट बुझ्ने अवसर पाएको बताए ।उनले भने, ‘इक्यान मेरो लागि संस्था मात्रै होइन, यो परिवार हो । मैले यो क्षेत्रलाई मेरो जिवनको हिस्सा बनाएको दुई दशक भन्दा बढी भय
काठमाडौं— नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।“अहिले ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” उनले भने, “७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि लामो लाइन छ, यसले सहभागिता उत्साहजनक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.