काठमाडौं / नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बागलुङ, रोल्पा, जाजरकोटलगायत जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति भएको बताइन्। काउँचाले बाग्लुङको निसीखोला–२ धाराटोलमा गएको पहिरोबाट नौ घरमा आंशिक क्षति पुगेको र करिब ४० घर उच्च जोखिममा रहेको बताइन्। उनका अनुसार तारा घर्ती र दिपक परियारको घर बस्न नमिल्ने भएपछि त्रिपालमुनि बस्न बाध्य छन्।उनले भनिन्, ‘यो केही सीमित जिल्ला, गाउँ वा घरपरिवारको मात्र समस्या होइन। लगातार
काठमाडौं / नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले विपद्मा परेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितको पुनस्र्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् । अर्यालले रोल्पामा दुई दिनमै १८ जनाको ज्यान जानेगरी भएको घटना अत्यन्तै दुःखद र कहालीलाग्दो भएको बताइन् ।उनले बाढीपहिरोका कारण बाजुरा, कास्कीको सीमालगायत देशका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको बताइन् । अर्यालले विपद्मा परेका तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थाप
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मध्यपुर ठिमी–८ मा ४२१ जना सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको उल्लेख गर्दै सरकारको भूमिहीनसम्बन्धी कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।उनले भने, ‘एउटा हातमा लालपुर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खबर। यो विरोधाभासले हामीलाई गम्भीर प्रश्न सोध्छ ,सरकार भूमिहीनका लागि काम गर्दैछ भने ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन ?’खत्रीले थापाथलीको सुकुम्बासी बस्ती भत्काएपछि बोड
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले रोल्पाका विभिन्न क्षेत्रमा पहिरोमा परी ठूलो जनधनको क्षति भएको जानकारी गराएका हुन्। उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको छ।त्यसैगरी, साउन २८ गते सुनछहरी गाउँपालिकाको गाम क्षेत्रमा पहिरोमा परी चार जनाको मृत्यु भएको उनले बताए। साउन ३० गते लुङ्ग्री गाउँपालिकाको धैरेनीमा पहिरोम
विराटनगर / कोशी प्रदेश सरकार सोमबार पुनर्गठन हुने भएको छ। नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपां) सरकारमा सहभागी हुन लागेको हो।पार्टीले सरकारमा पठाउने चार मन्त्री र एक राज्यमन्त्रीको नाम अन्तिम रूप दिएको जनाएको छ। नेकपाका अनुसार मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण मन्त्रालय, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा मोरङकी गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।त्यसैगरी, सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय गरिएको छ। नवनिय
काठमाडौं / सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्।सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्। सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै विपक्षी सांसदहरूले गरेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँ
काठमाडौं / नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् । दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ । साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेलन’मा परिणत मात्र भएन पार्टीको १५औँ महाधिवेशन, संविधान संशोधन,
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूले लिने विश्वासको मतमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको छ।बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको छ भने लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ। दुवै प्रदेशका मुख्यमन्त्रीले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले दुवै प्रदेशका प्रदेशसभा सदस्यलाई तटस्थ रहने निर्णय गर्दै त्यसअनुसार सम्बन्धित संसदीय दलका नेतालाई ह्विप जारी गर्न निर्देशन दिएको छ।उनका अनुसार प्रदेश सरकार गठन तथा समर्थनसम्बन्धी विषयमा पार्टीले
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।जसपा नेपालका अनुसार पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको छ ।
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले समीक्षा गर्दै जनताको विश्वास पुनः जित्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै उनले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्ट दलहरूले व्यहोरेको पराजय अपेक्षाविपरीत रहेको र त्यसको गम्भीर समीक्षा हुन नसकेको टिप्पणी गरे। भुसालले निर्वाचन परिणामले वाम आन्दोलनका कमजोरी उजागर गरेको उल्लेख गर्दै जनतासँगको सम्बन्ध सुदृढ बनाउन आत्मसमीक्षा आवश्यक रहेको बताए। उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति पनि चिन्ता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.