काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र गुटगत प्रतिस्पर्धा चर्किरहेका बेला नेता कुन्दनराज काफ्लेले पार्टीभित्र मौलाउँदै गएको एकअर्कालाई कमजोर देखाउने प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्।संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै काफ्लेले कांग्रेस कमजोर हुनुको प्रमुख कारणमध्ये एक कांग्रेसीले अर्को कांग्रेसीलाई होच्याएर आफू बलियो बन्न खोज्ने संस्कार रहेको बताए।उनले विगतमा कांग्रेसका नेता–कार्यकर्ताबीच रहेको आपसी सम्बन्ध अहिले बदलिएको टिप्पणी गरे। ‘पहिले मेचीको कांग्रेसलाई दुख्दा महाकालीको कांग्रेसलाई दुख्थ्यो, अहिले एउटा कांग्रेसलाई पर्दा अर्को कांग्रेसले खुच्चिङ गर्ने अवस्था आयो’ भन्दै उनले पार
धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेकपाका प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष भट्टले पद तथा गोपनीयताको शपथ लिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिका आधारमा भट्ट मुख्यमन्त्री बनेका हुन्। दुई दलबीचको सत्ता सहमतिले प्रदेश सरकारको नेतृत्व परिवर्तन गराएको हो।यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख मियाँले भट्टलाई नयाँ मुख्यमन्त्री
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय र संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ तलबमान तोकेको हो, जुन २०८३ साउन १ गतेदेखि लागू हुनेछ।नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य तथा महान्यायाधिवक्ताले भने मासिक ९३ हजार ५४७ रुपैयाँ पाउनेछन्।उच्च अदालतका मुख्य न्यायाधीशको तलब ९० हजार ६४० रुपैयाँ निर्धारण गरिएको छ भने उच्च अदालतका न्यायाधीशले मासिक ८४ हजार ५९० रुपैयाँ पाउनेछन्। जिल्ला न्यायाधीशको तलब ७७ हजार ११० रुपैयाँ कायम गरिएक
काठमाडौं । डा.धवलशम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । शुक्रबार राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताए । उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिए । ‘हामी दुर्गा प्रसाईंको प्रतीक्षामै छौँ । उहाँ आउनुहुन्छ भने स्वागत नै छ । अहिले जय नेपाल पार्टी दर्ता भएको छ । दुर्गा प्रसाईंजी हुनुहुन्न । उहाँले हामी पछि मिल्छौँ भन्नुभएको छ,’ राणाले भने । राणाका अनुसार जय नेपाल पार्टीले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ पाएको छ ।त्रिभुजलाई हिमाल, पहाड र तर
काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई पुरानै सीमित सोचबाट बाहिर निकाल्दै वार्षिक १ करोड पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित अघि बढ्नुपर्ने सभामुख डोलप्रसाद अर्यालले बताएका छन्।नाटा ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले पर्यटनमा २०–३० लाख पर्यटक भित्र्याउने लक्ष्यमा मात्र सीमित नरही ठूलो सपना, स्पष्ट योजना र दीर्घकालीन रणनीति आवश्यक रहेको बताए।विश्व पर्यटन बजार प्रविधि र पर्यटकको बदलिँदो रुचिअनुसार तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै उनले नेपालले पनि आफूलाई सोहीअनुसार तयार गर्नुपर्नेमा जोड दिए।पर्यटक आगमन बढाउन पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उनले पर
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र गुटको बहस चर्किरहेका बेला भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले पार्टीभित्रका अवसरवादी प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्।शुक्रबारबाट सुरु भएको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कमजोर हुनुमा पार्टीभित्र मौलाएको ‘परजीवी प्रवृत्ति’ प्रमुख कारण रहेको आरोप लगाए।उनले कांग्रेसका पुराना नेतृत्वसँग जोडिएर लाभ लिँदै आएका व्यक्तिहरू अहिले पनि फरक नेतृत्वको छेउमा देखिएको भन्दै व्यंग्य गरे। उनका अनुसार यस्ता प्रवृत्ति समाप्त नभएसम्म पार्टीको अवस्था सुधारिन कठिन छ।थापाले नेतामाथि संकट पर्दा सामाजिक सञ्जालमा सक्रिय देखिने तर वास्तविक समयमा पा
काठमाडौं । सरकारले सरकारी कामकारबाहीलाई थप डिजिटल र विद्युतीय प्रणालीमा केन्द्रित गर्ने तयारी थालेको छ। यसैक्रममा सूचना प्रविधि विभागलाई पुनर्संरचना गरी आगामी भदौ १ गतेदेखि ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा सञ्चालन गरिने भएको छ।प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार नयाँ कार्यालयका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण र कर्मचारी पद दर्ताको प्रक्रिया पूरा भइसकेको छ। अब नयाँ संरचनाबाट कार्यालयले पूर्ण रूपमा काम सुरु गर्नेछ। सरकारले अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका दस्ताबेज व्यवस्थापनमा पनि नयाँ व्यवस्था गर्न लागेको छ। विभिन्न मन्त्रालयमा छरिएर रहेका नेपाल पक्ष
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् ।नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।‘यो भेला किन आयोजना गर्नुपर्याे भने कांग्रेसलाई एकजुट बनाउनलाई हो । यो मेरो कर्तव्य हो । पार्टी एकजुट भएको खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो,’ उनले भने ।कोइरालाले निर्वतमान कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो सम्ब
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्वको लडाइँ उत्कर्षमा पुगेका बेला नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई आफ्नो समूहको नेता भन्दै खुलेरै राजनीतिक कित्ता प्रस्ट पारेका छन्।शुक्रबार काठमाडौंमा आयोजित देउवा-शेखर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई विभाजनबाट जोगाउन आफूहरूले भेला आयोजना गरेको बताए। तर, एकताको आह्वान गरिरहँदा उनले नेतृत्वको सवालमा भने कुनै अस्पष्टता नराखी ‘हाम्रो नेता शेरबहादुर देउवा नै हो’ भन्ने सन्देश दिएका छन्।विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ संरचना बनेपछि कांग्रेसभित्र दुई समानान्तर शक्ति केन्द्र देखिएका बेला शशांकको यो अभिव्यक्तिलाई अर
काठमाडौं । नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष चर्किरहेका बेला देउवा–शेखर समूहको राष्ट्रिय भेलामा भने वक्ताहरूलाई आफ्नो धारणा राख्न संसद्कै शैलीमा समयको कडा सीमा तोकिएको छ।काठमाडौंमा जारी राष्ट्रिय भेलामा प्रत्येक वक्तालाई आफ्नो धारणा राख्न अधिकतम ३ मिनेट दिइएको छ। निर्धारित समय पूरा हुनेबित्तिकै संसद्मा जस्तै माइक बन्द हुने आयोजकले स्पष्ट पारेका छन्। कार्यक्रमका उद्घोषक तथा प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले ठूलो संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएकाले सबैलाई बोल्ने अवसर दिन समय व्यवस्थापन कडाइ गरिएको जानकारी दिएका छन्।‘लामो भाषण होइन, सबैको आवाज’भेलामा देशभरबाट उल्लेख्य संख्याम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.