काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउ र हिरासत प्रकरणमा सर्वोच्च अदालतले प्रत्यक्ष चासो देखाएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई आउँदो सोमबार अदालतमा अनिवार्य रूपमा उपस्थित गराउन आदेश दिएको हो।न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई मात्रै होइन, प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगिएका ६ वटा सीपीयू समेत अदालतमा पेस गर्न आदेश दिएको छ।श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थि
काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद अब बैठक र बहसभन्दा माथि उठेर समानान्तर शक्ति प्रदर्शनको चरणमा प्रवेश गरेको छ। शुक्रबार राजधानीमा कांग्रेसका दुई समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे—मिराकल पार्टी प्यालेसमा देउवा–शेखर पक्षको राष्ट्रिय भेला र सानेपामा सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक।मिराकलमा भेला भएका देउवा–शेखर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको संरचनालाई स्वीकार नगरेको सन्देश दिएको छ। राष्ट्रिय भेलाको नेतृत्व डा.शशांक कोइरालाले गरेका छन् भने निवर्तमान सभापति शेरबहादुर देउवाले समेत भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।भेलामा विशेष महाधिवेशनबाट
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सुरक्षा निकायका प्रमुखमाथि उठाइएको प्रश्नले नयाँ राजनीतिक बहस जन्माएको छ। प्रहरी र सशस्त्र प्रहरीको पोसाक खरिदमा अनियमितताको आशंका उठाउँदै तत्काल राजीनामा र बर्खास्तीको माग गरिएपछि गृहमन्त्री सुधन गुरुङले छानबिनअघि नै कसैलाई दोषी ठहर गर्ने शैलीप्रति आपत्ति जनाएका छन्।सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीमाथि प्रश्न उठाउँदै पदबाट हटाउन माग गरेका थिए। बैठकमा बहालवाला तथा पूर्वपदाधिकारीप्रति आक्रामक र धम्कीपूर्ण शैली अपनाइएको भन्दै गृहमन्त्री गुरुङले त्यसलाई संसदीय मर्यादासँग जोडेर प्रतिवाद गरेका हुन्।गृहम
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा)को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नीतिगत र संरचनागत कमजोरीका कारण पर्यटनबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए । उनले भने, ‘नेपालको समूल विकासको एउटा मात्रै सम्भावना कुनै क्षेत्रमा छ भने त्यो पर्यटनमा छ । पर्यटन उद्योगका लागि आवश्यक पर्ने प्राकृतिक र सांस्कृतिक सबै चिजले सम्पन्न छौं
काठमाडौं / डा. धवल शम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्दै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका छन्।राणाले शुक्रबार आफ्नो नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका हुन्। नयाँ दलले निर्वाचन प्रयोजनका लागि त्रिभुज चुनाव चिह्न प्राप्त गरेको छ। नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित पार्टी दर्ता गरिएको राणाको भनाइ छ। पार्टीको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित बनाउने तयारीसमेत अघि बढाइएको बताइएको छ। राणाको पार्टी दर्तासँगै पछिल्लो समय नयाँ राजनीतिक दल गठन गर्ने क्रमले थप गति लिएको छ।
काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लिएर पार्टीभित्रको शक्ति संघर्ष चर्किरहेका बेला उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको पक्षमा ठूलो मतको दाबी गरेका छन्। उनले गगनलाई सभापति बनाउन ५१ प्रतिशत मात्रै होइन, ७१ प्रतिशत मत ल्याउने लक्ष्य सार्वजनिक गरेका हुन्। शर्माले शुक्रबार पत्रकार सम्मेलनमार्फत असन्तुष्ट पक्षलाई संवादमा फर्किन आग्रह गर्दै सहमतिका आधारमा अघि बढ्न नसके पनि निर्धारित समयभित्रै महाधिवेशन गराएर गगनलाई नेतृत्वमा पुर्याउने दाबी गरे।उनका अनुसार कांग्रेसको १५औँ महाधिवेशन मंसिरभन्दा अघि नै सम्पन्न गर्नुपर्ने बाध्यता छ। त्यसैले असोजमा तोकिएको महाधिवेशनलाई निर्धारित समयमै सम्
काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गरिएको छ ।बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा समेत छलफल भएको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘जेनजी’ आन्दोलनका क्रममा निर्दोष व्यक्ति थुनामा परेको भए त्यसलाई प्रतिशोधका रूपमा लिन नहुने बताए । उनले जघन्य अपराधमा संलग्नलाई भने कानुनी उन्मुक्ति दिन नसकिने स्पष्ट पारे ।
कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनसँगै नेकपा एमालेले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।मुख्यमन्त्रीसहित आजै एमालेका तीन मन्त्रीले शपथ लिने तयारी छ। एमाले संसदीय दलको निर्णयअनुसार सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री बन्ने भएका छन् भने प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ।त्यस्तै दमन भण्डारीलाई पनि सरकारमा सहभागी गराउने निर्णय भएको छ। उनको मन्त्रालय भने नेकपाका नेताहरूसँगको छलफलपछि टुंगो लगाउने तयारी छ। उनलाई
काठमाडौं / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी अब पुरानो शैलीबाट नभई विधि, पद्धति र नयाँ सोचका साथ अघि बढ्ने चरणमा प्रवेश गरेको बताएका छन्।शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कांग्रेसले विगतको राजनीतिक अभ्यासभन्दा फरक ढंगले आफूलाई अघि बढाउन खोजिरहेको बताए। उनले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा प्रक्रियामार्फत समाधान गर्दै नयाँ अभियानमा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए। शर्माले कांग्रेसले परिवर्तनलाई आत्मसात गर्दै युवालाई नेतृत्व र जिम्मेवारीमा अघि बढाउने नीति लिनुपर्ने बताए। पार्टीभित्र
काठमाडौं । रोल्पामा बाढी र पहिरोले जनधनमा क्षति पुर्याएपछि नेकपाका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटेर तत्काल उद्धार र राहतमा जोड दिएका छन्।शुक्रबार बिहान सिंहदरबार पुगेका पुनले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै रोल्पाको सुनछहरी गाउँपालिका–२ फलवाङलगायतका क्षेत्रमा पहिरोबाट उत्पन्न अवस्थाबारे जानकारी गराएका हुन्।पुनको सचिवालयका अनुसार भेटमा विशेषगरी पहिरोमा परेर बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।सुनछहरी–२ फलवाङमा पहिरोले वीरबहादुर घर्ती मगरको घर पुरिँदा उनीसहित तीन जना बेपत्ता छन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.