राजनीति

    Showing २०१-२१० of १०,४६४ items.
  • देउवा फर्किंदै, विमानस्थलमै इतर समूहको शक्ति प्रदर्शनको तयारी

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किँदै गर्दा पार्टीको इतर समूहले विमानस्थलमै भव्य स्वागत गर्ने तयारी गरेको छ ।हङकङबाट बैंकक हुँदै देउवा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । उनको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेतासहित ठूलो समूह विमानस्थल पुग्ने भएको छ ।निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा। शेखर कोइरालासहित पूर्वपदाधिकारी, केन्द्रीय सदस्य र नेता–कार्यकर्ताहरू अतिथि कक्षमै पुगेर देउवाको स्वागत गर्ने तयारीमा छन् ।आयोजकका अनुसार ५ हजारभन्दा बढी नेता–कार्यकर्ता विमा

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ३४४ पटक पढिएको
  • सांसदको क्षमता अभिवृद्धिका लागि रास्वपाको तीनदिने आवासीय प्रशिक्षण

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन तीनदिने आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।पार्टीका अनुसार साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीमा प्रशिक्षण सञ्चालन हुनेछ। कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरू सहभागी हुनेछन्। रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालका अनुसार प्रशिक्षण आवासीय (क्लोज क्याम्प) स्वरूपमा सञ्चालन गरिनेछ। सांसदहरूको संसदीय कार्यसम्पादन, जिम्मेवारी र प्रभावकारी भूमिकालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताइन्।प्रशिक्षणका लागि प्रशिक्षकहरूको अन्तिम टुंगो

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १९९ पटक पढिएको
  • सरकारका तीन निर्णय अब सर्वोच्चको कठघरामा, १२ रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ

    काठमाडौं । सरकारका तीन विवादित निर्णयको संवैधानिकतामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि बहस हुँदैछ ।अध्यादेशमार्फत पदाधिकारी पदमुक्ति, ट्रेड युनियन अधिकार खारेजी र सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध परेका १२ वटा रिटमाथि इजलासले सुनुवाइ गर्न लागेको हो ।तर मुद्दासँगै संवैधानिक इजलास गठनको विषय पनि विवादमा परेको छ । प्रधानन्यायाधीश डा। मनोज शर्माले वरिष्ठताक्रमका छैटौँदेखि नवौँ वरीयतासम्मका न्यायाधीशलाई समेटेर इजलास गठन गरेका छन् ।इजलासमा न्यायाधीशहरू विनोद शर्मा, शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल छन् । वरिष्ठतर्फका सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र डा। नहकुल

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २५८ पटक पढिएको
  • इतर समूहको भेलामा पूर्णबहादुरलाई शशांकको निम्तो, खड्काले दिए सकारात्मक संकेत

    काठमाडौँ । नेपाली कांग्रेसभित्र इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई पूर्वमहामन्त्री डा। शशांक कोइरालाले निम्तो दिएका छन् । बुधबार बिहान गल्फुटारस्थित खड्का निवासमा भएको भेटवार्तामा कोइरालाले साउन २९ गतेदेखि हुने राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।भेटमा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउदसमेत सहभागी थिए । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार भेलामा सहभागी हुन गरिएको आग्रहप्रति खड्का सकारात्मक देखिएका छन् ।इतर समूहको राष्ट्रिय भेलाको आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले खड्कालाई समेट्न गरेको पहललाई कांग्रेसभि

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २०८ पटक पढिएको
  • कांग्रेसको इतर समूहको राष्ट्रिय भेला सुकेधारामा, २९ देखि ३१ साउनसम्म जमघट

    काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । समूहको भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने तय भएको हो ।भेलाका लागि अन्य स्थानमा पर्याप्त ठाउँ नपाएपछि मिराकल पार्टी भेन्यु रोजिएको आयोजक समितिका एक नेताले बताए ।‘ठूलो ठाउँ आवश्यक थियो, अन्यत्र मिलेन । त्यसैले मिराकलमै कार्यक्रम गर्ने निर्णय भयो,’ ती नेताले भने ।तीन दिनसम्म चल्ने भेलालाई कांग्रेसभित्र इतर समूहको संगठनात्मक गतिविधि र आगामी रणनीतिबारे छलफल गर्ने महत्वपूर्ण जमघटका रूपमा हेरिएको छ । साउन २९ देखि ३१—सुकेधारामा कांग्रेसको इतर समूहको राष्ट्रिय जमघट हुँदैछ ।

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १९५ पटक पढिएको
  • रास्वपा सांसदलाई तेस्रो प्रशिक्षण, संसदमा प्रभावकारी भूमिका खेलाउने तयारी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई साउन २९ देखि ३१ गतेसम्म तेस्रोपटक प्रशिक्षण दिने भएको छ ।ललितपुरको गोदावरीस्थित फरेस्टमा हुने प्रशिक्षणमा संसदीय भूमिका, पार्टी नीति र संसदमा प्रभावकारी प्रस्तुतिबारे प्रशिक्षण दिइनेछ ।सचेतक क्रान्तिशिखा धितालका अनुसार अघिल्ला दुई प्रशिक्षणपछि पनि सांसदहरूको आवश्यकता र सुझावअनुसार थप प्रशिक्षण आयोजना गरिएको हो ।यसअघि रास्वपाले २०८२ चैत र वैशाखमा दुई चरणमा सांसद प्रशिक्षण गरिसकेको थियो ।

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २११ पटक पढिएको
  • मन्त्रिपरिषद्का ५ निर्णय: एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

    काठमाडौं / नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ।मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत ग

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २५८ पटक पढिएको
  • राहदानीमा झुटा विवरण अब ‘फौजदारी कसुर’ नहुने प्रस्ताव

    काठमाडौं । सरकारले झुटा विवरण दिएर राहदानी लिने कसुरमा रहेको कैद सजाय हटाएर १ लाखदेखि २ लाख रुपैयाँसम्म जरिवाना मात्रै गर्ने प्रस्तावसहित राहदानी ऐन संशोधन विधेयक संसदमा पेश गरेको छ।हाल यस्तो कसुरमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। प्रस्तावित संशोधन पारित भए राहदानी विभागका महानिर्देशकले नै प्रशासनिक प्रक्रियाबाट जरिवाना तोकेर मुद्दा टुंग्याउन सक्नेछन्।सरकारले राहदानीसम्बन्धी कसुर र सजायबीच तादात्म्य मिलाउन संशोधन आवश्यक भएको जनाएको छ। तर, प्रस्तावित व्यवस्थाले विगतमा झुटा विवरणका आधारमा राहदानी लिएको आरोप लागेकाहरूलाई समेत कम सजायको का

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ३२१ पटक पढिएको
  • कर्णालीका जनता चामल कुरिरहेका छन्, सांसदहरू समीकरण: केपी खनाल

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना मात्र मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री पदमा पुगिसकेको बताए। उनले प्रदेश सरकार गठन र विघटनको खेल सबैभन्दा बढी राज्यको उपस्थिति र स्थिरता आवश्यक रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको बताए। ‘प्रदेश गठन भई सञ्चालनमा आएको ९ व

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १९८ पटक पढिएको
  • मन्त्रिपरिषद्का ५ निर्णय : ई-एम्बुलेन्सलाई कर छुटदेखि प्रदर्शनमा मृत्यु भएकालाई शहीद घोषणासम्म

    काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य, सामाजिक न्याय, कूटनीति, वैदेशिक रोजगार र कर्पोरेट क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ।सरकारले विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनलाई कर छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले गरेका मुख्य निर्णय यस्ता छन् :विद्युत्बाट चल्ने एम्बुलेन्सलाई कर छुटनेपालमा पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २१२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.