राजनीति

    Showing २११-२२० of १०,४६४ items.
  • गगनको महाधिवेशनमा शशांकको ‘ब्रेक’ !

    काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै फेरि कानुनी विवाद चर्किएको छ। देउवा पक्षले सर्वोच्च अदालतमा पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेका सांगठनिक गतिविधिमाथि तत्काल रोक लगाउन माग गरेको छ।राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापासहित कांग्रेसका सबै तहका कार्यसमिति र निर्वाचन आयोगलाई पत्र पठाउँदै १५औँ महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गर्न आग्रह गरेका छन्।सर्वोच्च अदालतले पुनरावलोकन निवेदनमा ‘निस्सा’ जारी गरेको विषयलाई आधार बनाउँदै कोइरालाले अदालतको अ

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २४० पटक पढिएको
  • सुदूरपश्चिममा शाह सरकार ढल्ने निश्चितजस्तै, नयाँ मुख्यमन्त्रीका लागि खगराज भट्टको दाबी

    धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार संकटको अन्तिम मोडमा पुगेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत जुटाउन कठिन देखिएसँगै मुख्यमन्त्री शाह राजीनामा दिने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जनाएको छ।संवैधानिक व्यवस्थाअनुसार एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले निर्धारित समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था छ। विश्वासको मतका लागि आवश्यक समर्थन जुट्ने सम्भावना कमजोर बनेपछि शाहले राजीनामाको विकल्प रोज्ने तयारी गरेको स्रोतको दाबी छ।मुख्यमन्त्रीको सम्भावित राजीनामासँगै अब सुदू

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १९५ पटक पढिएको
  • ग्यासको लाइनमा जनता, मन्त्रीको ‘फोन’मा सिलिन्डर ! खुस्बुले उठाइन् व्यवस्थामाथि प्रश्न

    काठमाडौं । देशभर खाना पकाउने ग्यासको अभाव देखिएर सर्वसाधारण घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था बनेका बेला उद्योगमन्त्री गौरीकुमारी यादवको कार्यशैलीमाथि प्रतिनिधिसभामै प्रश्न उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले ग्यास आपूर्ति सहज बनाउने जिम्मेवारी बोकेको मन्त्रालय नै प्रणाली सुधारभन्दा व्यक्तिगत रूपमा ग्यास वितरणमा केन्द्रित भएको आरोप लगाएकी छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उद्योगमन्त्री यादवले ग्यासको समस्या समाधान गर्न प्रभावकारी आपूर्ति व्यवस्थापन गर्नुको सट्टा व्यक्तिहरूलाई फोन गरेर उनीहरूको घरमा ग्यास छ कि छैन भनेर सोध्ने र केहीलाई व्यक्तिगत रूपमा ग्

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ३४९ पटक पढिएको
  • संसद्मा प्रधानमन्त्रीमाथि नेकपाको प्रश्न : ‘सदन र आफ्नै दलबाट टाढिएपछि एक्लो को हुन्छ ?’

    काठमाडौं । नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीमाथि संसद् र आफूलाई प्रधानमन्त्री बनाउने राजनीतिक शक्तिबाट टाढिएको आरोप लगाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले प्रधानमन्त्री संसद्मा आउँदा सांसद र सदन साथमा हुने, तर संसद्बाट टाढिएर ‘गुप्तवास’ बसेजस्तो गर्दा सरकार आफैं एक्लिँदै गएको टिप्पणी गरे।उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, ‘जुन दलले तपाईँलाई प्रधानमन्त्री दियो, त्यो दलसँग टाढा हुने, जुन संसद्ले तपाईँलाई प्रधानमन्त्री बनायो, त्यही संसद्बाट टाढा हुने हो भने राति एक्लै सुतेर स्टाटस लेख्दा तपाईँ एक्लै नभएर को हुन्छ ?’शर्माले सरकारको सुरक्ष

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १८३ पटक पढिएको
  • देउवा फर्किँदै, कांग्रेस इतर समूह शक्ति प्रदर्शनको तयारीमा

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किनुअघि नै संस्थापन इतर समूहले शक्ति प्रदर्शनको तयारी थालेको छ । यही साउन २८ गते नेपाल फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भव्य स्वागत गर्ने तयारी गरिएको हो ।इतर समूहका नेता एनपी साउदका अनुसार देउवालाई स्वागत गर्न करिब ५ हजार नेता–कार्यकर्ता विमानस्थलमा भेला हुनेछन् । विमानस्थलमा स्वागत गरेपछि देउवालाई धुम्बाराहीस्थित निवाससम्म कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारीसमेत गरिएको छ ।इतर समूहको राष्ट्रिय भेलालाई लक्षित गरेर उपत्यकाबाहिरबाट काठमाडौं आउने नेता–कार्यकर्ता तथा काठमाडौंमा रहेका प्रजातन्त्रव

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १९८ पटक पढिएको
  • जलेका कागजातको लेखापरीक्षणमा नयाँ बाटो : अर्थमन्त्रीले अघि सारे ‘सेकेन्डरी डेटा’को विकल्प

    काठमाडौं । भदौ २३ र २४ गतेको घटनामा जलेर नष्ट भएका सरकारी कागजातका कारण रोकिएको लेखापरीक्षणलाई वैकल्पिक प्रमाणबाट अघि बढाउने बाटो सरकारले अघि सारेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्राथमिक कागजात नष्ट भए पनि उपलब्ध अन्य स्रोतबाट तथ्य रुजु गरेर लेखापरीक्षण अघि बढाउन सकिने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले भदौ २३ र २४ गतेको घटनालाई कानुनी भाषामा ‘फोर्स मेजर’ अर्थात् काबुबाहिरको परिस्थितिका रूपमा परिभाषित गर्न सकिने बताए । यस्तो अवस्थामा घटनालाई दुर्घटनाको आयामभित्र राख्न सकिने उनको भनाइ थियो ।महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअ

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १९५ पटक पढिएको
  • १२ दिनदेखि अनशन, यादवको स्वास्थ्य गम्भीर : सरकारलाई मानवअधिकार आयोगको दबाब

    काठमाडौं । देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडित परिवारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य गम्भीर बन्दै गएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ ।आयोगले मंगलबार अनशनस्थल माइतीघर पुगेर यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा उनको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयदेखि खाना नखाँदा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको पाइएको आयोगले जनाएको छ ।यादवको स्वास्थ्य जोखिमपूर्ण बन्दै गए पनि सरकारका तर्फबाट उपचार वा वार्ताका लागि प्रभावकारी पहल नभएको आयोगको भनाइ छ । त्यसैले तत्काल स्वास्थ्य उपचार

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २३६ पटक पढिएको
  • एसी कोठामा बसेर देश बुझिँदैन : हर्क साम्पाङ

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनताबाट टाढिँदै गएको आरोप लगाउँदै प्रधानमन्त्री र मन्त्रीहरूलाई एसी भएको कोठाबाट बाहिर निस्केर वास्तविक अवस्था बुझ्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा सुरक्षा, न्याय, रोजगारी र नागरिकका आधारभूत सेवाको अवस्था कमजोर बन्दै गएको दाबी गरे ।साम्पाङले नेपालमा नागरिक मात्रै होइन, सांसदसमेत सुरक्षित नरहेको टिप्पणी गर्दै राज्यको पहिलो जिम्मेवारी नागरिकको सुरक्षा सुनिश्चित गर्नु भएको बताए । देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढिरहेको उल्लेख गर्दै उनले सरकार कमजोर हुँदा यस्ता गतिविधिले प्रश्रय पाउने च

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १८१ पटक पढिएको
  • विपक्षीको विरोधबीच प्रधानमन्त्री–सभामुख भेट, सिंहदरबारमा के भयो कुराकानी?

    काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलहरूको लगातार विरोध भइरहेका बेला प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।पछिल्ला दिनमा प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद्मा दिएको भारतसम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले स्पष्टीकरण दिनुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिल

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २१५ पटक पढिएको
  • सांसद मन्डलको प्रश्न स् मल पर्याप्त छ भने कहाँ छ?

    काठमाडौं / नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताए ।‘किसानलाई मलको अभाव छ तर हाम्रो कृषि मन्त्री भन्नु हुन्छ मल पर्याप्त छ तर मल कहाँ छ, उनले भने, ‘म जिल्लामा र विभिन्न पालिकाहरुमा जाँदा एउटा पालिकालाई ५० बोरा डिएपी र ५० बोरा युरीया मात्र उपलब्ध गराइन्छ । त्यसबाट किसानको हातमा १० केजी मल मात्र उपलब्ध गराइन्छ ।’आफू जिल्ला तथा स्थानीय तहका वडामा पुग्दा किसानलाई निकै कम मात्रामा मल उपलब्ध गराइएको उनले

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १६५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.