राजनीति

    Showing 211-220 of 7,612 items.
  • ‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरित’

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन् ।‘तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।‘मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरोप्रति मानव अधिक

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 346 पटक पढिएको
  • वीरगञ्जमा कफ्र्युकायमै, दिउँसो १ बजेसम्म थपियो

    रौतहट— धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो ।यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । तर, तोकिएको समयभित्र स्थिति पूर्ण रूपमा सामान्य नभएपछि स्थानीय प्रशासनले थप ५ घण्टा कफ्र्यु लम्ब्याउने निर्णय गरेको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु थप्

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 370 पटक पढिएको
  • मुगुमा सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन समूहबीच साझा सहमति

    मुगु— मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ।लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो।समझदारी पत्रमा सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग तथा दण्डहीनताले लोकतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गरिएको छ। साथै, युवामा बढ्दो निराशा र राजनीतिक अस्थिरताले भविष्यप्रति चिन्ता बढाएको जनाउँदै सामाजिक रूपान्तरणका लागि सा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 334 पटक पढिएको
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।विधायन व्यवस्थापन समितिको १५१ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।यस्तै दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक बस्दैछ ।बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 335 पटक पढिएको
  • महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

    जलेश्वर। प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्लामा कूल मतदाता चार लाख ३१ हजार २८२ रहेका छन् । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । क्षेत्रगत रूपमा जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका उहाँले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 173 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।मुख्यसचिव पौडेलका अनुसार बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।राष्ट्रिय सभाको निर्वाचनका लागि पनि कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 361 पटक पढिएको
  • निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

    काठमाडौँस। सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो ।निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ को व्यवस्थाबमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै विशेष संयन्त्रको आ

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 175 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ।समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो।पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 345 पटक पढिएको
  • थरुहट–रथारुवान क्षेत्रका नेतृत्व र रास्वपाबीच वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु

    काठमाडौं— थरुहट र रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ।काठमाडौंस्थित सभागृहमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेसहित विभिन्न अभियन्ता र नेताहरूको उपस्थिति रहेको छ। सोही कार्यक्रममार्फत थरुहट–रथारुवान क्षेत्रका राजनीतिक नेतृत्व र रास्वपाबीच औपचारिक रूपमा समायोजन घोषणा गरिने जनाइएको छ।कार्यक्रममा सहभागी वक्ताहरूले समावेशी राजनीति, पहिचान र अधिकारका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ। साथै, यस समायोजनले आगामी राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।घोषणा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 382 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सोमबार ओलीलाई तोकेको स्थान हद फुकुवा गरेको हो ।उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न रोक लगाएको थियो । आयोगले आइतबार ओलीसँग भदौ २३ र २४ गते घटनाबारे बयान लिएको थियो । उक्त घटनाका बेला ओली प्रधानमन्त्री थिए ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 372 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा