काठमाडौं— नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।यस्ता छन्, पुष २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरुः१. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ,२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्था
वीरगञ्ज— जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगन्जका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन् ।पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुल सम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ ।पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् ।एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । जसमा केपी शर्मा ओली – झापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेल – दाङ–२, लेखरा
काठमाडौं— टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले दिएको आममाफीविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटमा आजका लागि पेसी तोकिएको हो।रेशम चौधरीलाई आममाफी दिइएको भोलिपल्ट २०८० जेठ १६ गते टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसपछि २०८० जेठ २३ गते सर्वोच्चले कारण देखाऊ आदेशसहित मुद्दालाई अग्राधिकारमा राखेको थियो।सरकारका सम्बन्धित निकायले समयमै लिखित जवाफ पेस गरे पनि अहिलेसम्म मुद्दाको नियमित सुनुवाइ हुन सकेको छैन।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) बाट समानुपातिक सूचीमा नाम परेकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसदमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताएकी छन् ।गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ शाहले आलोचनापछि नाम फिर्ता लिएको घोषणा गरेका थिए । तर राणाले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा जिम्मेवारीको रूपमा बुझ्ने र व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि नभई औद्योगिक अनुभवमार्फत राष्ट्र र समाजको हितमा काम गर्ने उद्देश्य रहेको उल्लेख गरेकी छन्
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमन चैन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन् ।सोमबार गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन् ।भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालमाको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरुलाई च
काठमाडौं— नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ ।उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ ।बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचन
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले सो प्रतिवेदन पेश गरेकी हुन् ।
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ ।ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व ‘धेरै समय टिक्ने छैन’ भन्ने टिप्पणी गरेका हुन् ।पत्रकारले यसले कोलम्बियामा अमेरिकी कारबाहीको संकेत हो कि भनेर सोध्दा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भन्दै जवाफ दिएका थिए । उनको यो छोटो अभिव्यक्तिले कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी बढाएको छ भने व्यापक आलोचन
काठमाडौं— दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ः३० बजे राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनमा समेट्नुपर्ने विषयहरु सम्बन्धमा उपत्यकामा अवस्थित पुस्तकालयका प्रतिनिधिहरुसँग छलफल हुनेछ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.