राजनीति

    Showing 2,541-2,550 of 6,667 items.
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन तीन दलका शीर्ष नेताहरुलाई हस्तान्तरण

    काठमाडौं–सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरु समक्ष हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले उक्त प्रतिवेदन बुझाएको हो।कार्यदलका सदस्यहरु गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, र माओवादी केन्द्र नेता जनार्दन शर्माले प्रतिवेदन हस्तान्तरण गरेका छन्। नेपाली कांग्रेस, नेकप

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 612 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले पारित गरेका निर्णयहरूको कार्यान्वयन र पार्टी सङ्गठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। विशेषगरी, महासमिति बैठकले पारित गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिने र आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा गहन छलफल हुने बताइएको छ। 

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 409 पटक पढिएको
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन बुधबार प्रधानमन्त्रीलाई बुझाइने

    काठमाडौं- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे तयार पारिएको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी ओलीसहित तीन नेतालाई बुझाइने भएको छ।उक्त प्रतिवेदन ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यादलले बुझाउने भएको छ ।सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन हिंसाका घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् । उक्त सहमतिसहितको प्रतिवेदन बुझाउन लागिएको कार्यदल सदस्य तथा एमालेका प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।गत असार ११ गते नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखक, माओवादीका

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 319 पटक पढिएको
  • भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्छु : प्रधानमन्त्री ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने र अरूलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको बताए। ‘संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगा

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 468 पटक पढिएको
  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ म

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 340 पटक पढिएको
  • जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं-  जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।उनले भने, ‘बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू(राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरूमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने छ ।’यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्म

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 331 पटक पढिएको
  • यी हुन् देउवाले तोकेका ३७ विभागका प्रमुख

    काठमाडौँ-  नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ ९संशोधनसहित०को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।विभाग प्रमुख तोक्ने विषयमा आज देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 355 पटक पढिएको
  • मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ

    काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोमबार एक कार्यक्रमका बिच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।त्यस्तै, प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्री तथा राज्यमन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले शपथ ग्रहण गरेका हुन्।  यस्तै कांग्रेसबाट आर्थिक मामिला

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 246 पटक पढिएको
  • सोबिता गौतमले भनिन् : ममाथि दुर्व्यवहार भयो

    काठमाडौँ- रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 223 पटक पढिएको
  • कर्णाली प्रदेश : मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

    काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनका लागि प्रस्ताव प्रदेशसभा सचिवालयमा प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले संविधानको धारा १८८ को उपधारा (२) अनुसार, आफूलाई विश्वास छ भन्ने स्पष्ट गर्न आज मत लिन लागेका हुन् । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलको नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तर, कांग्रेसका चार मन्त्री सरकारमा सहभागी भएसँगै, सरकारलाई पूर्णता प्राप्त भएको छ । कुल ४० सदस्य भएको कर्णाली प्रदेशसभ

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 326 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा