राजनीति

    Showing 2,591-2,600 of 7,673 items.
  • आज प्रम ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको क्रममा उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं— प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । आइतबार सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई आइतबार निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 253 पटक पढिएको
  • अध्यक्ष लिङदेन भन्छन जेठ १५ गतेदेखि गरिने आन्दोलनलाई निष्कर्षमा पुर्याउनेछौँ

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने दाबी गरेका छन् । राजावादीले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने र देशले थप क्षति व्यहोर्न नपरोस् भन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न उनले आग्रह गरे । उनले भने,‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 324 पटक पढिएको
  • राप्रपा प्रवक्ताको प्रश्नः रबिन्द्र थुनिने, प्रकाशमानकी दिदि पक्राउसमेत नपर्ने, किन ?

    काठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् । तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उप प्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरे पछि उनले आक्रोश ब्यक्त गरेका हुन् ।‘उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाण्डौं(१ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रबीन्द्न मिश्र ४३ दिनदेखि नाजायज रुपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरु

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 282 पटक पढिएको
  • ‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० वढी आवेदन

    काठमाडौं, २६ बैशाख । मे ७ मा भारतीय सेनाले पाकिस्तानका ७ सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो । अहिले यो नाम पाउनका लागि बलिउडमा प्रतिस्पर्धा चलेको छ । रिपोर्टहरू विश्वास गर्ने हो भने लगभग ५० फिल्म निर्माताहरूले ‘अपरेशन सिन्दूर’ शीर्षकमा चलचित्र बनाउनका लाग आवेदन दिएका छन्।दैनिक भास्करका अनुसार फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लॉइज (आइएमपीए) का उपाध्यक्ष बीएन तिवारीले यसको पुष्टि गरेका छन्। अपरेसन सिन्दूरको खबर आएलगत्तै दर्जनौं चलचित्र निर्माताले यो नाम दर्ता गराउन सम्पर्क गर्न थालेको उपाध्यक्ष बीएन तिवारीले बताएका हुन । उनका अनुसार वलिउडका फिल्म निर्माता

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 393 पटक पढिएको
  • शान्तिपूर्ण कि विस्फोटक? यस्तो छ राजावादीहरूको अनिश्चितकालीन आन्दोलनको पूरा खाका

    काठमाडौं — संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र 'पूर्णरूपमा असफल' भएको दाबी गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने धमाकेदार घोषणा गरेका छन्।राजावादी आन्दोलन सुस्त बन्दै गएको चर्चा भइरहँदा, उनीहरूले फेरि चर्को शैलीमा आन्दोलन अघि बढाउने बताएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले संविधानद्वारा प्राप्त अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तर सशक्त सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।सुवेदीका अनुसार, "गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनताको चाहनाविपरीत जबर्जस्ती थोपिएको हो। अब व्

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 303 पटक पढिएको
  • २०८४ को निर्वाचनमा एमाले एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउँछौंः एमाले महासचिव

    काठमाडौं, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए । ‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० वर्ष मुनिका युवासँग छ’, उनले भने । ४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकप

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 380 पटक पढिएको
  • नाउपाका संरक्षक रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको जवाफ

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिनुमा कुनै  ‘मनसाय’ नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा चौधरी पक्राउको विषयमा जवाफ दिँदै मन्त्री लेखकले यसो भनेका हुन् ।‘कानुनको कार्यान्वयन गर्ने बाहेक कुनै मनसाय नभएको जानकारी गराउन चाहन्छु ।’ उनले भने, ।चौधरीलाई पक्राउ गर्दा उनको परिवारजनमा भएको पीडाप्रति लेखकले दुःख व्यक्त गर्न गरेका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टको  ‘विवेक बाहिरको पत्र व्यहोरा’को कारण चौधरीलाई पक्राउ गर्नुपर्ने अवस्था आएको मन्त्री लेखकको भनाइ छ । वैशाख १७ मा सर्वोच्च अदालतका शाखा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 334 पटक पढिएको
  • जेठ १५ गतेबाट राजावादीले अनिश्चितकालीन जनआन्दोलन गर्ने

    काठमाडौं— राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेको हो ।राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेको बताए । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत् भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका द

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 311 पटक पढिएको
  • गोर्खा सैनिकलाई भारत - पाकिस्तान युद्धको अग्र पङ्तिमा नराख्न सासंद तामाङ को आग्रह

    काठमाडौँ —  प्रतिनिधिसभामा सांसद मिना तामाङले चर्को चेतावनी दिएकी छिन् – “भारत र नेपालबीच कुनै पनि सैन्य संघर्ष भए गोर्खा सैनिकलाई पहिलो पंक्तिमा प्रयोग नगरियोस्!”बिहीबार संसदको शून्य समयमा बोल्दै तामाङले नेपाल सरकारलाई तत्काल भारतसँग गम्भीर संवाद र कूटनीतिक पहल गर्न आग्रह गरिन्। उनका अनुसार नेपाली नागरिक, विशेषगरी गोर्खा सैनिक, भारत–पाकिस्तान संघर्षको सिधा शिकार बन्ने जोखिममा छन्।“कश्मीर क्षेत्रमा भएको सांघातिक आक्रमणले मानवीय क्षति भएको छ। यस्ता घटनाले भारतमा रोजगारीमा रहेका नेपालीहरू समेत जोखिममा पर्छन्,” तामाङले भनिन्, “त्यसैले उनीहरूको सुरक्षा र उद्धार सुनिश्चित गर्नुपर्ने बेला आएको

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 224 पटक पढिएको
  • देउवाले कांग्रेसको पदाधिकारी बैठक बोलाए

    काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 230 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा