राजनीति

    Showing 2,611-2,620 of 7,673 items.
  • पाटन संयुक्त क्याम्पसमा नेवि संघको प्यानल नै विजयी

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ ।कपालीले ९०६ मत प्राप्त गरे । यस्तै उनका प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत पाए ।दीपक कुमार रानामगरले १५३ मत पाउँदा अन्य ८ जना उम्मेदवारले सय मत पनि कटाएनन् ।यस्तै सचिवमा रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने नितिन पाण्डेयले ४८६ मत पाए । टीकाराम खत्रीले ४५६ मत पाए ।कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याए ।

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 322 पटक पढिएको
  • सिम्रौनगढका मेयरले नगद नपाएपछि अफिसर कुटे भन्ने समाचार बाहिरिए पछि यसो भन्छन् मेयर

    बारा - मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोल

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 378 पटक पढिएको
  • डा. मुकुल ढकाल हिरासतमा रहेको दुर्गा प्रसाईँ र रबिन्द्र मिश्र सङ्गको भेटवार्ता पछि यसो भन्छन्...

    काठमाडौं : हिरासतमा रहेको दुर्गा प्रसाइ र रबिन्द्र मिश्रलाइ रास्वपा पुर्व महामन्त्री मुकुल ढकालले हिरासतमा भेटेपछि यसो भन्छन्; "आज रविन्द्र मिश्र र दुर्गा प्रसाईलाई हिरासतमा भेटे । दुवैजना स्वस्थ हुनुहुन्छ, र उहाँहरूको आत्मबल पनि उच्च छ । "गोलि ठोक" भनेर १७००० मार्ने प्रचण्ड त खुलेआम राजनीति गरेर हिँडिरहेका छन् । चैत्र १५ गतेको आन्दोलनका क्रममा राज्यको घुसपैठ र हस्तक्षेपका कारणले २ जनाको ज्यान जाने गरि दु:खद घटना घट्यो । पूर्णत: राजनीतिक मुद्दा भएकाले उहाँहरू पनि सम्मानित अदालतले न्याय दिनेमा, छिट्टै छुट्नेमा आशावादी हुनुहुन्छ , म पनि आशावादी छु । चैत्र १५ गतेको आन्दोलनको निष्पक्ष छानविन

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 521 पटक पढिएको
  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 224 पटक पढिएको
  • आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

    काठमाडौं— सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार (आज) सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 256 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री खनाल भन्छन श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन्

    काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका समस्त श्रमजीवी जनताका मुक्तिका निम्ति तथा अग्रगति, प्रगतिका निम्ति अझ ठुला सफलताहरू प्राप्त गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिएका छन् । श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने भन्दै उनले देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिस्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गरेका छन् । देशमा पुँजीवादी क्रान्ति भएको पनि १९ वर्ष भइसकेको भए पनि जनताको आर्थ

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 313 पटक पढिएको
  • महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने एमालेको लक्ष्य

    काठमाडौं— नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए ।नका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । “नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,” उनले भने, “त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विव

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 289 पटक पढिएको
  • प्रधानमन्त्री भन्छन रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्छ

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने बताएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बिहीबार ९वैशाख १८० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारमा देखापरेका चुनौती नियन्त्रण गर्नुपर्ने पनि बताए ।“श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरू हुन्, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घरदैलोमा पुर्‍याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुुर्‍याउन ‘श्रमसंसार’ पोर्टललाई निकट भविष्यमा ना

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 266 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन श्रमिकको पसिनाले देश अगाडि बढेको छ, श्रम र श्रमिकलाई सम्मान गरौँ

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका छन् ।श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधान

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 310 पटक पढिएको
  • अधिकृतको अनाधिकृत पत्रले रेशम चौधरी पक्राउ, ५ घण्टना पछि पुनः रिहा

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा परेका थिए । उनलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्चले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा चौधरी रिहा भएका हुन् ।नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका उनलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीले चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर हुँदै डिल्लीबजार कारागार बुझाएको थियो ।उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता घोषणा कार्यक्रम नै

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 336 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा