राजनीति

    Showing 2,621-2,630 of 7,673 items.
  • रेशम चौधरी छुट्दै, सर्वोच्चले प्रहरीलाई पठायो पत्र

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् ।बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत मह

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 467 पटक पढिएको
  • सरकारबाट बाहिरिदै नागरिक उन्मुक्ति पार्टी

    काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ ।पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकारबाट बाहिरिने तयारी गरेको हो । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारबाट बाहिरिने तयारी गरेको बताइन् ।संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताएका छन ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 522 पटक पढिएको
  • सत्तारुढ दलको बैठक बस्दै

     काठमाडौं— सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।बैठकमा सरकारका कामकारबाही, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 331 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुने

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  बुधबार (आज) दिउँसो ११ बजे दुई दलको एकीकरण हुने घोषणा गर्न लागिएको हो ।पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ(संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 326 पटक पढिएको
  • विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न सासंद जबराको आग्रह

    काठमाडौं— सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिए ।“उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ”, उनले भने–“हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 377 पटक पढिएको
  • सांसद खतिवडा भन्छन सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस्

    काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी –विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।उनले शिक्षकहरु कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गर्दै शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताए । उनले शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा जोड दिए ।उनले भने, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र मा

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 276 पटक पढिएको
  • शिक्षकहरूको माग पूरा नगरे, सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने दिन आउँछ: मेटमणी चौधरी

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारलाई कडा चेतावनी दिएका छन्। उनले भनें, यदि सरकारले शिक्षकहरूको जायज मागहरू सम्बोधन नगरे, भने सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउनेछ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले शिक्षा ऐनको आवश्यकतामा जोड दिँदै सरकारको ध्यानाकर्षण गराए। उनले भने, "शिक्षकहरूको हक र अधिकार पूरा गर्न सरकारलाई यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने छ। यदि यो नगरे, भने शासकहरूका लागि कडा परिणाम आउनेछ।"चौधरीले सरकारको आलोचना गर्दै भने, "शिक्षकहरूको जायज मागलाई पूरा गर्नको सट्टा सरकारले तिनीहरूलाई दमन गर्ने काम गर्दैछ। 

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 279 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, मन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।बैठकमा कानून, न

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 174 पटक पढिएको
  • केही हप्ता भित्रै राजसंस्था फर्किन्छ : कमल थापा

    काठमाडौं, वैशाख १५ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सबै राजसंस्था समर्थक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले पात्र होइन, एजेन्डा हेरेर अघि बढ्नुपर्ने बताएका छन्।आइतबार काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजावादी विचारधारा बोकेका सबै शक्ति एक भएमा छिट्टै हिन्दू राष्ट्रसहितको प्रजातान्त्रिक राजसंस्था पुनःस्थापना सम्भव रहेको दाबी गरे।“हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं,” उनले भने, “केही हप्ता, केही महिनाभित्रै हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापना गर्न सकिन्छ। हामी एक ठाउँमा उभियौं भने गणतन्त्र प

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 272 पटक पढिएको
  • शिक्षकलाई दमन गरेर सरकारले बहुमतको शक्ति देखायो : माओवादी

    काठमाडौं — शिक्षक महासंघको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेपछि संसदमा एकपछि अर्को रूपमा सरकारविरुद्ध चर्को आलोचना भएको छ ।  प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित विभिन्न दलका सांसदहरूले आन्दोलनमा गरिएको दमनप्रति आपत्ति जनाउँदै सरकारलाई शिक्षकमाथि गरिएको ‘बहुमतको अत्याचार’ तत्काल रोक्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयको सदुपयोग गर्दै विपक्षी सांसदहरूले शिक्षकका जायज मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारमाथि शान्तिपूर्ण आन्दोलनमा दमन गरेको गम्भीर आरोप लगाए।"शिक्षकमाथि लाठीचार्ज, पानीको फोहोर

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 289 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा