राजनीति

    Showing 2,671-2,680 of 9,551 items.
  • एमाले बाजुराबाट पार्टीको ११ औं महाधिवेशनका लागी १६ जना प्रतिनिधी सर्वसम्मत

    बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो ।यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन् ।खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । महिला तर्फ ४ जना छन्। जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ । दलित तर्फको ४ ज

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 163 पटक पढिएको
  • गृहमन्त्री अर्याल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक एवं विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता भएको छ । सिंहदरबारमा भएको उक्त भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिए ।उनले भने, ‘मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरि छलफल गर्ने सहमति भएको छ,’ । संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विष्यामा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए ।

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 409 पटक पढिएको
  • विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय, आइतबार ‘एकता घोषणासभा’को आयोजना

    काठमाडौं— विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको  छ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 370 पटक पढिएको
  • गैरघातक हतियार किन्दै सरकार

    काठमाडौं । सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो ।‘मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरो हेर्दा लेथल र ननलेथल दुई प्रकारका हतियारहरूमध्ये ननलेथल पर्याप्त भयो भने घातक हतियारहरू प्रयोग गर्न नपर्ने अवस्था आउने रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने ।उनका अनुसार आत्मरक्षाका लागि समेत घातक हतियार प्रयोग गर्नुपर्ने अवस्थाले मानवीय क्षति गराउन

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 335 पटक पढिएको
  • ‘कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो’

    काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताएका छन् ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भएमात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीतिप्रधान कांग्रेसलाई नेताप्रधान बनाउने दुष्प्रयास गरेको बताए । नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भएमात्र कांग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिनसक्ने उनले बताए ।नेता राठौरले बिपी कोइराला, सुवर्णशम्शेर राणा र

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 314 पटक पढिएको
  • नेकपा र जसपा एकता पक्षधरबीच एकता घोषणा, पाँच दलरसमूहको एकीकरण

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) एकता पक्षधरहरूबीच औपचारिक रूपमा एकता घोषणा गरिएको छ। बिहीबार काठमाडौंस्थित सभागृहमा आयोजित कार्यक्रममा विविध वाम तथा लोकतान्त्रिक समूहलाई समेट्दै एकीकरण घोषणा गरिएको हो।घोषणाअनुसार एकतामा सहभागी समूहहरूमा नेपाली कम्युनिष्ट पार्टी, जसपाको एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (बहुमत) विद्रोही समूह र नेकपा विद्रोही समूह रहेका छन्।एकताका आधार र रूपरेखा तय गरिएको १० बुँदे सहमति–पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल तथा जसपाको तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 233 पटक पढिएको
  • हेटौंडामा मंसिर २० देखि मुख्य बजारमा सवारी आवागमन बन्द, बाइपास मार्गमार्फत वैकल्पिक व्यवस्था

    हेटौंडा— हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्र बनाउने उद्देश्यले सडक छेउका संरचना भत्काउने तयारीसँगै यस्तो व्यवस्था लागू गरिन लागिएको हो ।बाइपास मार्ग तयारी अन्तिम चरणमा पुगेको छ । सडक विस्तारका कारण हुन सक्ने असुविधा कम गर्न वैकल्पिक मार्ग निर्माण तीव्र गतिमा अघि बढाइएको डिभिजन सडक कार्यालयले जनाएको छ। यसको लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा डिभिजन सडक कार्यालयका प्राविधिकहरूले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्गको स्थलगत निरीक्षण गरेका छन् । आवश्यक मर्मत तथा बेस निर्म

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 226 पटक पढिएको
  • इटहरी प्रहरी कार्यालय तोडफोड–आगलागी प्रकरणमा संलग्न पाँच जना पक्राउ

    विराटनगर— जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये इटहरी–३ का २९ वर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङका ४७ वर्षीय मदन खत्री रहेका छन् । खत्री हाल इटहरी–४ मा बस्दै आएका थिए ।प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा पह

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 254 पटक पढिएको
  • एकीकृत समाजवादी अभियान र नेकपा संयुक्तबीच एकता

    काठमाडौं— आज एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ । बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् । एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोनक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरु कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नुपर्ने बताए । उनले भने, ‘नेपालको आधुनिक राजनीतिकमा योगदान गरेको एउटा शक्ति भन्ने हो भने त्यो कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्ट पार्टी हो । त्यस अर्थमा केहीपनि इमान्दार कम्युनिष्टले लाज मान्नुपर्ने छैन् । गौरव गर्न

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 214 पटक पढिएको
  • सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छः हमाल

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रविकिरण हमालले सरकारले वार्तामा बोलाएर सिंहदरबारको गेटबाटै छिर्न नदिएको बताएका छन् । माइतीघरमा आन्दोलित रहेको जेनजीहरुलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले गर्दा आजको अवस्था सिर्जना भएको बताए । सिंहदरबार कसैको निजी सम्पत्ति नभई सबै जनताको भएको भन्दै त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्ने पनि उनको भनाइ छ । उनले भने, ‘सरकारले हाम्रा साथीहरुलाई वार्तामा बोलाउनुभयो तर गेटमै रोक्नु भयो । योभन्दा ठूलो अवमूल्यन के हुन सक्छ । अस्ति जुन रगत बगेको थियो त्यो किन बगेक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 354 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.