राजनीति

    Showing 2,671-2,680 of 7,680 items.
  • रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं— रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रवि पत्नी निकिता पौडेल आफैं उपस्थित भएर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 318 पटक पढिएको
  • बुटवल जाँदै प्रधानमन्त्री ओली

     काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल जाँदैछन् । नेकपा एमालेले बुटवलमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न ओली जाने भएका हुन् ।राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको बताइएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवल मण्डप छानिएको हो ।सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल जाने तयारी रहेको छ ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 250 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी

    काठमाडौं— राजावादीको प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ। विहीबार पक्राउ परेका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । गत चैत १५ गते प्रदर्शन पछि प्रसाईं फरार भएका थिए। उनलाई शुक्रबार (आज) भद्रपुरबाट काठमाडौं ल्याइने तयारी छ। प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। नेपाल आइपुगेका प्रसाईँलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईँ नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो। यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्याप

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 284 पटक पढिएको
  • तीन संसदीय समितिको बैठक आज बस्दै

    काठमाडौं— तीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले छ। बैठक बिहान ११ बजे बस्नेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान १० बजे बस्नेछ। बैठकमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई बोलाइएको छ।त

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 206 पटक पढिएको
  • रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक

    काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए । उनका अनुसार बुधबारको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको छ । उनले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । रास्वपाले वैशाख अन्तिम साता महाधिवेशन गर्ने तय गरे पनि सभापति लामिछाने पुर्पक्षका लागि थ

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 298 पटक पढिएको
  • कांग्रेसबाट निकालिएका कर्ण मल्ल अन्ततः राजावादी मोर्चामा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः राजावादी मोर्चामा पुगेका छन् । आफ्नै गृहजिल्ला डडेल्धुराका काग्रेस सभापति मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए । नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बनेका थिए । अहिले भने उनले राजावादी मोर्चा रोजेका छन् । देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् । “म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले म

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 284 पटक पढिएको
  • राजावादी आन्दोलनः पक्राउ परेका नेता रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा

    काठमाडौं— राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धतासभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् । सामूहिक गिरफ्तारीको अगुवाइ आफूले गर्ने उनले बताए । उनले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गर्दै उनले अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको बताए । गुरु

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 282 पटक पढिएको
  • रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैँछ ।कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाअधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन ।सभापति रबि लामिछाने पुनः पक्राउ परे पछि रास्वपाले पहिलो पटक केन्द्रिय कार्यालयमा सचिवालय बैठक बोलाएको हो । 

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 388 पटक पढिएको
  • आईजिपी दीपक थापा नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष: राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाएका छन् ।लिङदेनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे । उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाए।लिङदेनले भने, ‘त्यो दिन चैत १५ मा जसरि राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई जनाको ज्यान

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 388 पटक पढिएको
  • आज मधेश प्रदेश सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। सोही क्रममा ओलीले मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गरेपछि हेलिकोप्टरमा सैनिक क्याम्प सिरहा जाने बताइएको छ। सदरमुकाम लहानमा शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।दिउँसो साढे ३ बजेपछि ओली सोही हेलिकोप्टरमा राजधानी फिर्ता हुनेछन्

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 364 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा