राजनीति

    Showing 2,701-2,710 of 10,434 items.
  • राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 459 पटक पढिएको
  • सुदुरपश्चिम पुगेर बालेनले डोटेलीमा लेखे "सुदूर अब दूर नाई"

    डडेलधुरा— सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अहिले डडेलधुरा पुगेका छन्। तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधि सकेर उनी बुधवार बिहानै पहाडतर्फ उक्लिएका हुन्।पहाड चढ्ने क्रममा बाटोमा हिउँ परिरहेको दृश्यले यात्रालाई झन् अर्थपूर्ण बनाएको छ। यही यात्राको एक झलक बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।तस्बिरसँगै उनले डोटेली भाषामा क्याप्सन लेखेका छन्— “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई।”बालेनसँगै रहेका समर्थकहरूले डडेलधुराको साहुखर्कमा उनले खिर खाइरहेको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसले स्थानीय संस्कृतिसँगको उनको आत्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 581 पटक पढिएको
  • रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो ।उनको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालले जनाएको छ ।विज्ञप्तीमा लेखिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उप–प्रधान तथा गृहमन्त्री श्री रवि लामिछानेज्यूलाई यहि २०८२ माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२/१०/१३ गते यस अस्पतालमा हाडजोर्नी विभाग

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 548 पटक पढिएको
  • गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी

    काठमाडौं— गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ ।संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी उजुरी दर्ता भएकाले आजदेखि यस विषयमा के भएको हो भनी आवश्यक छानबिन एवं सोधपुछ प्रक्रिया सुरु गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आयोगले माघ ४ गते राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो । आचारसंहिताको दफा ३ को (ज)मा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने उल्लेख छ ।संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 431 पटक पढिएको
  • बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

    बाँके। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चार जना महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्।बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमि महत्तरा र भगवती शाहले उम्मेदवारी दिएका छन्।केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आमजनता पार्टीबाट, महतरा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्छन् भन्ने पितृसत्तात्मक सोचलाई चुनौती दिँदै उम्मेदवारको लामो सूचीमा यी चार महिलाको नाम केवल सङ्ख्या मात्र नभई यो परिवर्तनको एउटा बलियो साहस भएको अधिकारकर

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 272 पटक पढिएको
  • रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनाल

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 460 पटक पढिएको
  • मनहरीमा एमाले सशक्त बन्दै, समाजवादीका प्रभावशाली नेताहरू पार्टी प्रवेश

    हेटौंडा— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकका क्रममा नेकपा (एकीकृत समाजवादी) का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन्।एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्धिमाया तामाङलगायत नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा पुनः फर्किन पाउँदा आफ्नै घरमा फर्किएको

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 474 पटक पढिएको
  • बाग्लुङको डोय पहाड ‘ब्लु हिल’मा धार्मिक–पर्यटकीय पूर्वाधार निर्माण तीव्र

    काठमाडौं— बाग्लुङ नगरपालिकाको गौरवको आयोजना ‘ब्लु हिल’ परियोजना बागलुङ–९ स्थित डोय पहाडमा तीव्र गतिमा निर्माण भइरहेको छ । नगरपालिकाले आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने लक्ष्यसहित काम अघि बढाएको छ ।गत वर्षदेखि सुरु भएको ब्ल हिल परियोजना अन्तर्गत नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । डोय पहाडको आँखैअगाडि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको मनमोहक दृश्यले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन प्रेरित गरेको हो ।बागलुङ–९ का वडाध्यक्ष राजु थापाका अनुसार, अहिले ब्लु हिलमा २० फिटको शिवमूर्ति स्थापना गर्न आवश्यक दु

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 530 पटक पढिएको
  • सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छः प्रचण्ड

    काठमाडौं— मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो ।उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए । अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने उनको भनाई छ ।उनले भने,‘अहिले देशमा सिद्धान्त र

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 514 पटक पढिएको
  • सांसद भट्टराई भन्छन् सरकारको संसदप्रतिको दृष्टिकोण गलत छ

    काठमाडौं— नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारको संसदप्रतिको दृष्टिकोण गलत रहेको आरोप लगाएका छन् ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले कामको सुरुवातमै संसदमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै संसदीय दलका कार्यालयहरू प्रायः बन्द रहेको, कर्मचारी हटाइएको र विधायकी कार्यका लागि आवश्यक जनशक्ति अभाव भएको बताए ।उनले भने, ‘यो सरकारले कामको सुरुवातमै संसदमाथिको हस्तक्षेपबाट सुरु गरेको छ । संसदीय दलका कार्यालयहरु बन्द प्राय छन् । कर्मचारीहरु हटाइएका छन् । विधायकी कार्यको लागि जनशक्तिको अभाव छ, जनशक्ति बिनाको विधायकी कार्य सांसदले कसरी गर्न सक्छन् ?’अहिले चुनावी प्रक्रिया अघि बढिरहेका

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 522 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.