राजनीति

    Showing 2,721-2,730 of 7,680 items.
  • संसदमा आज प्रधानमन्त्री ओलीले विपक्षीलाई जवाफ दिँदै

    काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दै छ।  गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो। त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्। यस्तै राष्ट्रियसभाको बैठक पनि

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 318 पटक पढिएको
  • आज त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, कस्ले मार्ला बाजी?

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ ।यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो ।यसपटक त्रिविमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट  सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 327 पटक पढिएको
  • प्रमुख दलको निष्कर्षः गणतन्त्र विरुद्धका गतिविधिमा प्रमुख जिम्मेवार पूर्वराजा

    काठमाडौँ । गणतन्त्र पक्षधर प्रमुख दलले पछिल्ला दिनमा मुलुकको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा प्रमुख जिम्मेवार पूर्वराजा भएको निष्कर्ष निकालेका छन् । व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव उनीहरुले दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् । उनीहरुले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।नेपाली जन

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 460 पटक पढिएको
  • नेताहरूले गरेका गल्तीबारे प्रश्न गर्न पाइन्छ, हामी जवाफदेही छौँः गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न उठाउन पाइने तथा उनीहरू त्यसप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । अहिले राजतन्त्रको पक्षमा आन्दोलन भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिन्छ वा सकिँदैन भनेर सोच्न पनि उनले आग्रह गरे ।रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अहिले २८ वर्षभन्दा कम उमेरका युवा पुस्ताले राजतन्त्रको वास्तविक अनुहार नदेखेको उल्लेख गर्दै लोकतन्त्रमा सरकार र सरकारका व्यक्तिहरूको आलोचना गर्न पाइने कुरा बताए । ‘हामीले गरेका गल्ती र कमजोरीबारे

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 290 पटक पढिएको
  • स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ ।क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुने जानकारी दिए । उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकिएको थियो । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो ।क्याम्पसमा अध्यक्ष पदक

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 285 पटक पढिएको
  • सांसद सापकोटा भन्छन प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बने

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।उनले तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसद्‌मार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने उल्लेख गरे । गणतन्त्रवादीहरूलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनुपर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे ।प्रधानमन्त्रीले अराजकतालाई मलजल गरेको आरोप लगाए । व्यवस्थाविरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लो

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 199 पटक पढिएको
  • १६३ दिनपछि नेतृत्वमा फर्किंदै रवि लामिछाने

    काठमाडौं— रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा फर्किने भएका छन् । नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्किन लागेका हुन् ।लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई दिएका थिए ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, सोमबार रास्वपाको केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभा

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 289 पटक पढिएको
  • राजावादीले गरेको तोडफोड र लुटपाटविरुद्ध चैत २५ भित्रै प्रदर्शन गर्ने एकीकृत समाजवादीको निर्णय

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)ले १५ गते राजावादीहरूले प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालय, कार्यालयमा रहेका भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाटविरुद्ध चैत २५ गतेभित्रै सबै प्रदेश, जिल्ला र स्थानीय कमिटीमा प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णय आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै पार्टीले राजावादी हर्कतबिरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । बैठकले पारित गरेको निर्णयमा समाजवादीले भनेको छ, ‘हाम्रो पार्टी कार्यालय काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 266 पटक पढिएको
  • एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विकसित राजनीतिक सन्दर्भका बारेमा विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणाहरु सार्वजनिक गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको उक्त पत्रकार सम्मेलनमा सहभागि भएर समाचार संकलन तथा प्रसारणका निम्ति सञ्चारकर्मी साथीहरुलाई पार्टीले विशेष निमन्त्रणासमेत गरेको छ। साथै स्थायी कमिटी बैठकका निर्णयसमेत सार्वजनिक गरिने प्रमुख ज्वालाको भनाई छ। 

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 316 पटक पढिएको
  • तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ ।शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरेका छन् ।उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 252 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा