राजनीति

    Showing 2,751-2,760 of 9,551 items.
  • सन्तोष परियार भन्छन जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ

    काठमाडौं— प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् । ‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’त्यस्तै उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भ

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 516 पटक पढिएको
  • निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ ।आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।उनले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 456 पटक पढिएको
  • राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता

    काठमाडौं—  नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्।शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले  निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको  थियो। आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।निर्वाचन आयोगले दुवै निर्वाचनका लागि कार्त्तिक २८ गते दल दर्ताका लागि आह्वान गरेको थियो। आयोगले मंसिर १ देखि १० गतेसम्म राष्टिय सभाका लागि र मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि समय दि

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 482 पटक पढिएको
  • महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

    काठमाडौं— नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले  टायर बालेर प्रदर्शन गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ।’विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेका थिए।मसी प्रहार गर्ने विराटन

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 473 पटक पढिएको
  • नियमित महाधिवेशनका लागि शेखरलाई सक्रियता बढाउन देउवा पक्षको आग्रह

    काठमाडौ‌— कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले आइतबार डा. शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका लागि थप सक्रिय हुन आग्रह गरेका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा नेताहरूले उनको हालको क्रियाशीलताको बारेमा जिज्ञासा राख्दै महाधिवेशन पुसभित्रै गर्न पहल बढाउन अनुरोध गरेका हुन्।कोइरालाले आफू नियमित महाधिवेशन तथा आवश्यक परे केन्द्रीय समितिबाट विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा रहेको बताए। भेटमा सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए। देउवा पक्षका २७ सदस्यले यसअघि पनि शीर्ष नेताहरूलाई भेट्दै निर्वाचनअघि महाधिवेशन ग

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 411 पटक पढिएको
  • आफैले चलाएको गाडी दुर्घटना हुँदा कांग्रेस नेताको मृत्यु

    काठमाडौं— चितवनमा बोलेरो दुर्घटना हुँदा नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ ।गएराति सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा.१८च८९७३ नम्बरको बोलेरो कालिका नगरपालिका– ११ मा दुर्घटना हुँदा खैरहनी नगरपालिका– ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।उनका अनुसार न्यौपाने आफैँले चलाएको बोलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 461 पटक पढिएको
  • विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवक पक्राउ

    मोरङ— आइतबार विराटनगरमा एमाले नेता महेश बस्नेत सवार वाहनमाथि रातो मसी छ्यापेका छन् । एयरपोर्ट लाइनतर्फ जाँदै गरेको गाडीलाई सडक किनाराबाट दौडँदै आएका एक युवकले रातो मसी छ्यापेका हुन् । मसी छ्यापेपछि बस्नेत सवार गाडी केही समय रोकिएको थियो।घटनापछि प्रहरीले विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जनाएको छ। प्रहरी भ्यानतर्फ लान लाग्दा पनि कुँवरले बस्नेतविरुद्ध नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ। उनले एमाले र बस्नेतप्रति सांकेतिक विरोध जनाउन रङ फ्याँकेको बयान दिएको प्रहरीको भनाइ छ ।युवा संघको कोशी प्रदेशस्त

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 460 पटक पढिएको
  • सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

    काठमाडौं— भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ ।अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगम

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 413 पटक पढिएको
  • राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंसिर ९ गते मंगलबार बस्ने गरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो । बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 414 पटक पढिएको
  • बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

    काठमाडौं—  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् ।  आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो । 

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 422 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.