काठमाडौं— गैर–न्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले खोलानदी अतिक्रमण गर्न नपाइने मापदण्डको नाममा सर्वसाधारणलाई विस्थापित गर्न पाइदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।प्रदर्शनकारीहरूले “खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन” लगायतका नारासमेत लगाएका थिए। हाल लागू गरिएको खोलानदी मापदण्ड गैर–न्यायिक र जनविरोधी रहेको भन्दै नागरिकको आवास र जीविकोपार्जनमा गम्भीर असर पारेको उनीहरूको भनाइ छ।संघर्ष समितिले प्रभावित नागरिकहरूसँग पर्याप्त परामर्श नगरी मापदण्ड ल
काठमाडौं— नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले ३ एसएसपीको दरबन्दी थप गर्न स्वीकृति दिएसँगै बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट उक्त दरबन्दी स्वीकृत हुने तयारी छ। हाल नेपाल प्रहरीमा ७ एसएसपी पद रिक्त छन्। ती रिक्त पदसँगै थपिने ३ दरबन्दी जोडिँदा कुल संख्या १० पुगेको हो। यी पदका लागि हाल १७ जना वरिष्ठ अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवाको दौडमा को–को ? बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी रहेका छन्।शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल
भोजपुर। मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ ।यसअघि यहाँ एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो । निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, अरुण गाउँपालिकामा १२ हजार ६४३, आमचोक गाउँपालिकामा १२ हजा
काठमाडौं— संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बस्ने भएको छ ।समितिको १४७ औं बैठक बिहीबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संसद भवनमा बस्ने भएको हो ।बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल र विविध अन्य विषयहरूमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ।समितिका सबै सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।
वीरगञ्ज। ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ । गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा पारेर यस वर्ष पनि २११औँ विजय यही पुस १९ गते भव्य कार्यक्रम गरेर उत्सव मनाउन लागिएको पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले बताउनुभयो । उहाँले विभिन्न कालखण्डमा भएको क्रान्तिले मुलुकभित्र सत्ता मात्रै परिवर्तन गरे पनि विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबीच भएको युद्धले नेपाल जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरणमा विजय उत्सव मनाउन लागिएको बताउनुभयो ।“
मोरङ। आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसार्इंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराउनुभयो । आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो । निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुुुसार २०८२ पुस १९ गते बिहान १०ः०० देखि ११ः००
मकवानपुर— सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ।बैठकले नव बुद्धपार्क क्षेत्र विकास समिति तथा त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।बैठकले प्रदेशभित्र सञ्चालनमा रहेका सवारी साधनसँग सम्बन्धित केही दस्तुर, कर तथा जरिवानामा छुट दिने निर्णय समेत गरेको छ । यस निर्णयले सवारी धनीलाई राहत पुग्ने विश्वास लिइएको छ।त्यसैगरी बैठकले प्रदेशका विपन्न नागरिकलाई आकस्मिक उपचार सेवामा सहजीकरण गर्ने उद्देश्यसहित रक्तसञ्चार सञ्चालनसम्ब
काठमाडौं— अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।शुभकामना सन्देशमार्फत उनले नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्पसहित देशलाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन् ।उनले विभिन्न कालखण्डका संघर्षमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्न अपील गरेका छन्।संयोजक प्रचण्डले सन् २०२५ मा देखिएको जेनजी युवापुस्ताको आन्दोलनल
काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् ।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समान
काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ ।पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.