राजनीति

    Showing 21-30 of 10,420 items.
  • बालिका हत्यामा दोषीलाई कठोर सजाय दिन सरकारसँग सांसद रम्तेलको माग

    काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रम्तेलले बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिन् ।उनले गरिमा चौधरीको हत्याको घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै यस्ता जघन्य अपराधमा दोषी ठहर हुने व्यक्तिलाई मृत्युदण्डबाहेक संविधानसम्मत सबैभन्दा कठोर सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।संविधानले मृत्युदण्ड निषेध गरेको उल्लेख गर्दै उनले दोषीलाई जीवनभ

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 105 पटक पढिएको
  • कैलाली बस दुर्घटना प्रकरण : दोषीमाथि कडा कारबाही गर्न सांसद महरको माग

    काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताए । उनका अनुसार ठक्करबाट सामान्य घाइते भएकी बोहरालाई गाडीले ब्याक गरेर पुनः ठक्कर दिँइ घटनास्थलमै मृत्यु भएको हो ।घटनापछि मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएर विरोध जनाउँदा प्रहरीले गाडीमाथि कानुनी कारबाही गर्नुको सट्टा शवला

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 31 पटक पढिएको
  • संसदका गतिविधि हरेक नागरिकसम्म पु-याउनुपर्छ : प्रवक्ता गिरी

    काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताएका छन्।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा एशिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालालाई सम्बोधन गर्दै गिरीले समिति बैठक, समितिका क्रियाकलाप तथा संसदका अन्य गतिविधि नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए।उनले भने,‘संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरुरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।’गिरीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक भए पनि संघीय संसद सचिवालय सामाजिक सञ्जालको प्रयोगमा केही कमजो

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 96 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठ

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 26 पटक पढिएको
  • हत्या, हिंसा र बलात्कार बढ्नुमा सामाजिक अराजकता र कमजोर राज्य व्यवस्था जिम्मेवार :शंकर पोखरेल

    काठमाडौं । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्ता घटनाहरू सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणाम भएको बताएका हुन् ।महासचिव पोखरेलका अनुसार देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको शृङ्खलासमेत वृद्धि गराएको छ । समाजमा अपराध बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना हुने उनको भनाइ छ ।महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार त

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 96 पटक पढिएको
  • टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

    काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । थारु कल्याण कारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन् ।थारु कल्याण कारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारु समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 64 पटक पढिएको
  • चन्द्र नहरलाई सिँचाइ पूर्वाधारसँगै ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरौं : मन्त्री श्रेष्ठ

    सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीहरूको निरीक्षणका क्रममा फत्तेपुर पुग्नुभएका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीको ऐतिहासिक उदाहरणका रूपमा विकास गर्दै कृषि उत्पादन, संरक्षण र पर्यटनसँग जोड्न सकिने धारणा राखे ।उनले नहरको सुरक्षा, मर्मतसम्भार र पुनरुद्धारका लागि स्थानीय तहसँग सम

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 118 पटक पढिएको
  • कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८३÷८४ का लागि पर्यटन प्रवद्र्धनमा विनियोजन गरेको बजेटको झण्डै ८० प्रतिशत रकम मठ–मन्दिर, कुलदेवताका थान, गुम्बा, चर्च र अन्य धार्मिक संरचनासम्बन्धी योजनामा केन्द्रित गरेको पाइएको छ ।प्रदेश सरकारले रणनीतिक पर्यटन पूर्वाधारमा लगानी गर्ने नीति बनाएको भए पनि व्यवहारमा बजेट टुक्रे र वितरणमुखी योजनामा बाँडिएको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन् । प्रदेश सरकारले यस वर्ष ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ ।त्यसमध्ये पर्यटन क्षेत्रका लागि ५३ करोड ८६ लाख रुपैयाँ अर्थात् कुल बजेटको १.५२ प्रतिशत मात्र छुट्याइएको छ । ‘पर्यटन प्रवद्र्धन

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 60 पटक पढिएको
  • सामाजिक सञ्जालमा बाबुरामविरुद्ध भ्रामक प्रचार, सचिवालयको आपत्ति

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास भइरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।सचिवालयका अनुसार पुराना अभिव्यक्ति तथा भिडियो तोडमरोड गर्ने, भ्रामक तस्बिर र पोस्टर बनाउने तथा सामाजिक सञ्जालमार्फत धार्मिक घृणा फैलाउने प्रयास भइरहेको छ।धर्मनिरपेक्षता कुनै धर्मविरोधी धारणा नभएको स्पष्ट पार्दै सचिवालयले राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नुपर्ने बताएको छ। विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अपनाउनु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको पनि उसको भनाइ छ।हिन्दु धर्मभित्रका जातीय विभेद, छुवाछूत तथा सामा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 74 पटक पढिएको
  • बागमतीमा आज शक्ति परीक्षण, मुख्यमन्त्री थापालाई बहुमत जुटाउन सकस

    हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री बनेका थापाका लागि विश्वासको मत लिनु चुनौतीपूर्ण बनेको छ। विशेषगरी राप्रपाभित्र सरकारलाई दिएको समर्थनलाई लिएर विवाद भएपछि उनको बहुमतको अंकगणित कमजोर देखिएको हो।बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन्। विश्वासको मतका लागि कम्तीमा ५३ मत आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ सांसद जोड्दा थापाको पक्षमा ५१ मत मात्रै पुग्छ। त्यसैले थप समर्थन जुटाउनुपर्ने अवस्था छ।त्यसमाथि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 29 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.