राजनीति

    Showing 21-30 of 7,597 items.
  • सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीकः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् ।सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए ।उनले भने, ‘सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पक

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 318 पटक पढिएको
  • लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

    सिरहा— सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 312 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।सोमबार विधायन व्यवस्थापन समितिको १५९ औं बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो । बैठक दिनको १२ः०५ बजे बस्ने तय भएको छ ।आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 342 पटक पढिएको
  • आज ओली झापा जाँदै

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन् ।झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ भद्रपुर जाने कार्यक्रम रहेको छ ।झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र झापा–५ को तयारीबारे दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ ।झापा–५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 315 पटक पढिएको
  • आजदेखि निर्वाचन आचारसंहिता लागू

    काठमाडौं— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ ।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 309 पटक पढिएको
  • बालेनलाई जनकपुरधाम विमानस्थलमा समर्थकहरुले गरे भव्य स्वागत

    जनकपुर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई जनकपुरधाम विमानस्थलमा आइतबार भव्य स्वागत गरिएको छ ।आईतबार बेलुका जनकपुरधाम पुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका छन् । बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ ।बालेन आज (सोमबार) जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन जान लागेका हुन । आग हुने सभामा बालेनसहित, रवि लामिछाने र डि.पि अर्यालसहित १२ जना वक्ताहरुको सभहागीता हुने जनाइएको छ ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 319 पटक पढिएको
  • सुनिताले बालेनलाई धन्यवाद दिइन

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रुपले खेल्नु भएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनमा उहाँले चाल्नु भएको पाइला सफल होस भन्ने कामना दिन चाहन्छौ ।’उनले बैठकमा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 324 पटक पढिएको
  • घण्टीघर पुगे बालेन र सुदन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् ।यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 343 पटक पढिएको
  • राष्ट्रियसभा बैठक सिंहदरबारबाट सुरु गरियो

    काठमाडौं— राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारबाट सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा आइतबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका थिए। त्यस्तै उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण समेत गरिएको थियो।बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ। २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो। उनी २०७० मा संविध

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 335 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनद्वारा रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयको विरोध

    काठमाडौं— संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन् ।आइतबार जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेसहित छविलाल जोशी र जीबी राईलगायतका व्यक्तिहरूलाई उन्मुक्ति दिने निर्णय सर्वोच्च अदालत विपरीत तथा राज्यसत्ता र कानूनको चरम दुरूपयोग भएको ठहर गरेका छन् ।गम्भीर वित्तीय अपराधस

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 354 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा