राजनीति

    Showing २९१-३०० of १०,४६४ items.
  • धार्मिक सद्भाव जोगाउन गृहको पहल

     काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि देशका विभिन्न स्थानमा धार्मिक सद्भाव र सामाजिक शान्तिबारे चासो बढिरहेका बेला गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छुट्टाछुट्टै छलफल गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार भएको छलफलमा दुवै समुदायका प्रतिनिधिको धारणा सुन्नुका साथै देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे प्रारम्भिक परामर्श गरिएको हो।गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा पहिलो चरणमा हिन्दु समुदायका अगुवासँग र त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। छलफलमा धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजि

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २५१ पटक पढिएको
  • भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

    काठमाडौं / नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारले विधि र मानवीय संवेदनशीलता नअपनाएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै आङ्देम्बेले वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरे । उनले नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने भएपनि वास्तविक भूमिहीन र सुकुम्बासीलाई विकल्प नदिई जबर्जस्ती विस्थापित गर्नु गलत भएको बताए ।बैठकमा उनले सुनसरी, सिराहा, धनुषा

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३०५ पटक पढिएको
  • जनता अप्ठ्यारो अवस्थामा हुँदा प्रधानमन्त्री सामाजिक संजालमै सिमित हुनुभयो : बलावती शर्मा

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुखद घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरिन् । उनले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित संघ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गरिन् । उनले भनिन्, ‘देशमा एकपछि अर्को दुखद घटना घटिरहेको छ । सुनसरीको देवागन्द घटेको घटनापश्चात मधेशभर फैलिएको साम्प्रदायिक घटनालाई जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकार विभिन्न संघ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३८५ पटक पढिएको
  • कुनै धर्मले घृणा सिकाउँदैन, सबै मिलेर अघि बढ्नुपर्छ: सांसद ताहीर भाट

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहीर अलि भाटले सुनसरीसहित तराई क्षेत्रमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले तराई घटनामा घाइते भएका रविन्द्र कुमार मेहताको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको भन्दै शोक व्यक्त गरे । सांसद भाटले धार्मिक ग्रन्थहरूले सबै मानवबीच समानता र सद्भावको सन्देश दिएको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मका मानिसप्रति घृणा गर्न नसिकाउने बताए ।उनले हिन्दू धर्मको ग्रन

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३५० पटक पढिएको
  • एन्टीस्नेक भेनम देशभर १ हजार २६९ डोज मौज्दात छ: मन्त्री मेहता

    काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि प्रयोग हुनेएन्टी स्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिएकी छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको बताइन् । उनले सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाइरहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न र सुझावलाई विषयगत रूपमा समेटेर जवाफ प्रस्तुत गरिएको बताइन् ।उनले भनिन्,‘स्वास्थ्य

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३२१ पटक पढिएको
  • सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट टर्यो: सांसद खरेल

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदिश खरेलले सुनसरी र सिरहामा विकसित घटनाका क्रममा सरकार, संसद् र राजनीतिक दलहरूले देखाएको समन्वयका कारण देशले सम्भावित ठूलो संकटबाट मुक्ति पाएको बताएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले नेपालले विगतदेखि नै राष्ट्रिय संकटका बेला एकजुट भएर सामना गर्ने परम्परा कायम राख्दै आएको बताए । ‘मुलुक जब सङ्कटमा आउँछ, त्यस्तोबेला नेपालको इतिहासदेखि सबै एक ठाउँमा आउँछौँ र त्यसको सामना गर्छौं । यस पटक सुनसरी–सिरहाको घटनामा सो देखियो,’ उनले भने, ‘सरकारले राम्रोसँग सोधबुझ र व्यवस्थापन गर्यो र सभामुख ज्यूले त्यही अनुसारको निर्देश

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३१० पटक पढिएको
  • सरकारी अस्पतालमा खोप र क्यान्सर औषधिको अभावबारे सरकारको ध्यानाकर्षण

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद श्रद्धा कुँवर क्षेत्रीले पछिल्ला केही दिनयता देशमा जटिल र गम्भीर प्रकृतिका विभिन्न समस्या देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले व्यक्तिगत स्वार्थ र राजनीतिक लाभ–हानिभन्दा माथि उठेर सामूहिक रूपमा काम गरे समाधान सम्भव हुने बताइन् ।उनले भनिन, ‘पछिल्ला केही दिनहरूमा नेपालमा जटिल र गम्भीर प्रकृतिका समस्याहरू देखा परेका छन् । जसले हामी सबैलाई तरङगित बनायो । तर व्यक्तिगत स्वार्थ र राजनीतिक लाभहानी भन्दा माथि उठेर समुहिक पहल गर्ने हो भने सबै समस्याको समाधान निकाल्न सकिन्छ भन्ने पनि देखिएको छ ।’उनले जनप्रतिनिधिहरूले स्थान

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २४८ पटक पढिएको
  • हानेपा सरकारमा प्रवेश : शैलेन्द्रमान बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री

    काठमाडौं । बागमती प्रदेशको सत्ता समीकरण फेरि नयाँ मोडमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाम्रो नेपाली पार्टी ९हानेपा० लाई सरकारमा भित्र्याउँदै राजनीतिक समीकरणमा नयाँ चाल खेलेका छन्।हानेपाका शैलेन्द्रमान बज्रचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको छ। यसका लागि तत्कालीन मन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्। मुख्यमन्त्रीको निर्देशनमै मन्त्री परिवर्तन गरेर हानेपालाई सरकारमा सहभागी गराइएको स्रोतको भनाइ छ।प्रदेशसभामा दुई सांसद रहेको हानेपा कांग्रेस नेतृत्वको सरकारमा प्रवेश गरेसँगै बागमतीको सत्ता अंकगणित

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ११४ पटक पढिएको
  • जनप्रतिनिधिले देशभर निर्वाध हिँड्न पाउनुपर्छ, सरकार कहाँ छ ? : हर्क साम्पाङ

    काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकारले संसद्मा उठेका विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र अभिलेखबाट हटाउन माग गरे । उनले संसद्मा सांसदहरूले उठाएका विषयलाई सरकारले सुन्ने, बुझ्ने र आवश्यक निर्णय तथा कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले भने,‘ हामी यहाँ थुप्रै दिनदेखि प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने मागका साथ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १९६ पटक पढिएको
  • प्रतिनिधिसभामा चर्कियो बहस: तीन संवेदनशील मुद्दामा सरकार घेराबन्दीमा

    काठमाडौं। प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, नवलपरासीको सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय तथा सुनसरीमा भएको पछिल्लो घटनालाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तीव्र बहस भएको छ।बैठकको सुरुवातदेखि नै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिमाथि आपत्ति जनाउँदै त्यसबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भनाइले राजनीतिक विवाद सिर्जना गरेको र त्यसबारे सरकार मौन बस्न नहुने बताएका छन्।यस्तै, सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय उठाउँदै सांसदहरूले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धि

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २७१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.