राजनीति

    Showing ३११-३२० of १०,४६४ items.
  • डिजिटल हिंसा रोक्न कानुन फेर्नैपर्छ :मन्त्री सीता वादी

    काठमाडौं।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले बढ्दो साइबर अपराध र डिजिटल हिंसा नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा सोमबार आयोजित साइबर सुरक्षासम्बन्धी छलफलमा मन्त्री वादीले कृत्रिम बुद्धिमत्ता एआई, डिपफेक, साइबर बुलिङ, नक्कली सामाजिक सञ्जाल खाता, निजी तस्बिर तथा भिडियोको दुरुपयोग, ब्ल्याकमेलिङ, साइबर स्टकिङ र डिजिटल वित्तीय ठगीजस्ता अपराध तीव्र रूपमा बढिरहेको बताइन्।उनले प्रविधिको विकास कानुनभन्दा तीव्र गतिमा भइरहेकाले अनुसन्धान प्रण

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १९८ पटक पढिएको
  • महाधिवेशनका बाँकी प्रक्रिया टुंग्याउन रास्वपाको निर्देशन, जिल्ला–प्रदेश अधिवेशन छिट्टै गर्न परिपत्र

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनअन्तर्गत बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन यथाशीघ्र सम्पन्न गर्न मातहतका सबै निकायलाई परिपत्र जारी गरेको छ। महाधिवेशनका बाँकी प्रक्रियालाई एउटै मापदण्डमा सम्पन्न गराउने उद्देश्यले केन्द्रीय निर्वाचन आयोगले नयाँ निर्देशन जारी गरेको हो।केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी परिपत्रमा हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनलाई प्रथम महाधिवेशन चक्रकै निरन्तर प्रक्रिया मानिने उल्लेख गरिएको छ। त्यसैले पार्टीको विधान, निर्वाचन कार्यविधि तथा आयोगले यसअघि जारी गरेका सबै निर्णय र निर्देशन यथावत् लागू

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २३० पटक पढिएको
  • कांग्रेस संसदीय दलको बैठक सुरु, सरकारका निर्णयदेखि राजनीतिक रणनीतिसम्म छलफल

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सरकारका निर्णय र संसद्मा पार्टीको आगामी भूमिकाबारे व्यापक छलफल हुने भएको छ।दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलसहित संसदीय दलका पदाधिकारी तथा सांसदहरूको सहभागिता रहेको छ।बैठकमा सरकारका पछिल्ला निर्णय, संसद्को कार्यसूची, समसामयिक राष्ट्रिय राजनीतिक अवस्था तथा कांग्रेसको संसदीय रणनीतिबारे धारणा तय गर्ने एजेन्डा रहेको बताइएको छ।संसद्को चालु अधिवेशनका महत्वपूर्ण विषयमा पार्टीको साझा धारणा बनाउने

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २२३ पटक पढिएको
  • राष्ट्रिय सभामा प्रतिवेदन पेस, अर्को बैठक साउन २१ गते

    काठमाडौं। राष्ट्रिय सभाको सोमबार बसेको बैठक विभिन्न वार्षिक तथा अध्ययन प्रतिवेदन पेस गर्दै आगामी साउन २१ गते सम्मका लागि स्थगित गरिएको छ। अब अर्को बैठक बिहीबार दिउँसो १स्१५ बजे बस्नेछ।बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मधेसी आयोगका आर्थिक वर्ष २०८०र८१ र २०८१र८२ का वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन्।त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन–२०८३’ राष्ट्रिय सभामा पेस गरेका छन्।बैठकमा अन्य कुनै विधेयकमाथि छलफल नभई प्रतिवेदन पेस गर्ने

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ३३७ पटक पढिएको
  • ‘अचानक उदाएकाले देश बदल्दैनन्’ : सांसद शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले इतिहास, त्याग र लोकतान्त्रिक आन्दोलनको जगमा उभिएका स्थापित राजनीतिक दलको विकल्प अचानक उदाएका राजनीतिक शक्तिहरू हुन नसक्ने बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले क्षणिक लोकप्रियताका आधारमा देशको रूपान्तरण सम्भव नहुने दाबी गरे। उनले नयाँ राजनीतिक शक्तिहरूप्रति संकेत गर्दै उनीहरूको मूल्याङ्कन जनताले मतदानमार्फत सुरु गरिसकेको र अन्तिम निष्कर्ष आउन अझ समय लाग्ने टिप्पणी गरे।सांसद शर्माले वर्तमान सरकार लोकतान्त्रिक प्रक्रिया र कानुनी विधिभन्दा बाहिर गएर निर्णय गरिरहेको आरोप पनि लगाए। सरकारका निर्णय पटक–पटक अदालत

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २१६ पटक पढिएको
  • सुदूरपश्चिममा सत्ता नपाउँदै कुर्सीको लडाइँ, नेकपाभित्र चर्कियो विद्रोह

    धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सत्ता गठबन्धनभित्रकै आन्तरिक असन्तुष्टिका कारण अन्योलमा परेको छ। मुख्यमन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाउने सहमति भए पनि मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा सरकार गठन अझै टुंगोमा पुगेको छैन।नेकपाभित्र समाहित साबिकको नागरिक उन्मुक्ति पार्टीले आफ्नो राजनीतिक हैसियतअनुसार सरकारमा सम्मानजनक सहभागिता नपाए सरकार गठनमै समस्या आउन सक्ने चेतावनी दिएको छ।साबिकको नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले सात सांसद रहेको आफ्नो समूहलाई कम्तीमा दुई मन्त्रालय र एक राज्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग गरेका छन्। मुख्यमन्त्रीको प

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १९४ पटक पढिएको
  • क्रियाशील सदस्यतामा कांग्रेस अलमलमा, समय सकिँदा पनि निर्णय भएन

    काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन प्रक्रिया आन्तरिक राजनीतिक विवादका कारण अन्योलमा परेको छ। तोकिएको समयसीमा सकिए पनि क्रियाशील सदस्यता व्यवस्थापन समितिले कुनै नयाँ निर्णय लिन नसक्दा तल्लो तहसम्म अन्योल बढेको छ।महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले साउन ११ गते जारी गरेको सूचनामार्फत वडा समितिहरूलाई साउन १४ गतेभित्र क्रियाशील सदस्यता स्वीकृत गरिसक्न निर्देशन दिएको थियो। तर, साउन १८ पुग्दासमेत न त म्याद थपिएको घोषणा भएको छ, न प्रक्रिया सम्पन्न भएको औपचारिक जानकारी नै सार्वजनिक गरिएको छ।समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार सदस्यता व्यवस्थापनसँ

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २११ पटक पढिएको
  • ‘१५–१५ दिनमा तलब’ घोषणा कागजमै सीमित, अर्थ मन्त्रालयकै ढिलाइले रोकियो कार्यान्वयन

    काठमाडौं । सरकारी कर्मचारीलाई प्रत्येक १५ दिनमा तलब दिने सरकारको बहुचर्चित योजना कार्यान्वयन हुन नपाउँदै अलपत्र परेको छ। साउन महिनादेखि लागू गर्ने घोषणा गरिए पनि अर्थ मन्त्रालयले आवश्यक तलब स्केल समयमै तयार गरी महालेखा नियन्त्रक कार्यालयमा नपठाउँदा नयाँ व्यवस्था रोकिएको हो।अर्थमन्त्री स्वर्णिम वाग्लेले वैशाख ४ गतेदेखि १५–१५ दिनमा तलब भुक्तानी गर्ने निर्णय गरेका थिए। त्यसअनुसार महिनाको पहिलो १५ दिनको तलब १६ गते र दोस्रो १५ दिनको तलब अर्को महिनाको १ गते कर्मचारीको खातामा पठाउने योजना बनाइएको थियो। तर साउनको पहिलो पाक्षिक सकिँदासमेत कार्यान्वयन हुन सकेन।महालेखा नियन्त्रक कार्यालयका अनुसार नयाँ तल

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ३४३ पटक पढिएको
  • सत्तापक्षले आन्दोलन ‘सेटिङ’मा चलाएको हो : महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर हिंसाको दोष विपक्षी दलमाथि थोपर्ने रणनीति अपनाएको आरोप लगाएका छन्। पछिल्ला आन्दोलन र त्यसपछि भएका राजनीतिक घटनाक्रमलाई संकेत गर्दै उनले सत्तापक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले आन्दोलन, वार्ता र सम्झौतासमेत पूर्वनियोजित ढंगले अघि बढाइएको दाबी गरेका छन्। उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने र अन्ततः हिंसाको जिम्मेवारी विपक्षीमाथि थोपर्ने प्रवृत्तिलाई राजनीतिक नाटकको संज्ञा दिएका छन्।पोखरेलले ल

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १६६ पटक पढिएको
  • महाधिवेशनको तयारीमा कांग्रेस, क्रियाशील सदस्यता टुंग्याउन केन्द्रीय समिति बैठक आह्वान

    काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राखेर नेतृत्वले निर्णायक छलफल गर्न लागेको हो।कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आगामी साउन २४ गते केन्द्रीय समिति बैठक आह्वान गरिएको जानकारी दिएका छन्। बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया अन्तिम रूप दिने रहनेछ।पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनअघि निर्वाचन समितिलाई सदस्यहरूको अन्तिम सूची बुझाउनुअघि देखिएका त्रुटि, विवाद वा छुटेका

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २३७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.