राजनीति

    Showing 3,201-3,210 of 8,824 items.
  • विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउन एमालेले रोक्यो

    काठमाडौं— नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन रोक लगाउने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिक रूपमा सक्रिय हुनु उपयुक्त नहुने निष्कर्ष निकालेको हो।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव राखेका थिए, जसलाई तीन नेताको असहमतिसहित बहुमतले पारित गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा फर्किएक

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 447 पटक पढिएको
  • ‘श्रमजीवि पत्रकारले पारिश्रमिक नपाए काउन्सिलमा उजुरी दिने व्यवस्था होस’

    काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा काउन्सिलमा उजुरी दिने व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार बसेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले श्रमजीवि पत्रकारहरु समस्यामा परेको भन्दै काउन्सिलमा उजुरी दिने व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्,‘ यस विधेयकको दफा १९ को १ मा श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा वा यसको संशोधन दफा ५ को संशोधनसँग सम्बन्धित छ । श्रमजीवि पत्रकारको पारिश्रमिक पाए नपाएको काउन्सिलले अनुगमन गरेपश्चात नपाएको अवस्थामा प्रस्ताव आवश्यक छ । श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएमा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 261 पटक पढिएको
  • माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने

    काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 261 पटक पढिएको
  • कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् । उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 536 पटक पढिएको
  • गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह

    काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको  वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ  सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए । उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए । उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 414 पटक पढिएको
  • दोलखाका गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ — दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।अख्तियारमा सी–०८३०२९ दर्ता नम्बरमा गत असार २६ गते उजुरी दर्ता भएको हो। उजुरीकर्ताले गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।तीनतले २० कोठे नयाँ भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष झन्डै १२ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। उजुरीमा उल्लेख गरिएअनुसार भवन निर्माणका क्रममा “हिटिङ सिस्टम” भन्ने विशेष प्रावधान अनावश्यक रूपमा राखिएको छ, जुन नेपालमा सामान्य रूपमा प्रयोग नहुन

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 464 पटक पढिएको
  • काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

    काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वभाविक भएको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए । उनले भने, ‘अहिले परिस्थितीको जटिलताको बीचबाट एउटा गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता फरक मतहरुको बीचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुई तीनवटा विचारहरु हुन्छ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 294 पटक पढिएको
  • नेपालको राजनीति बीपीको मेलमिलापको नीतिको जगमा उभिएको छ: देउवा

    काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले तय गरेको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन्।कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित अन्तक्रियात्मक कार्यक्रम ‘देश विकास र देशवासीको उन्नतिको आधार बीपी’ मा बोल्दै देउवाले बीपीको मेलमिलाप नीति अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। कार्यक्रम बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेस खेलकुद विभागले संयुक्तरूपमा आयोजना गरेका थिए।सभापति देउवाले बीपी कोइरालाले जीवनभर देश र जनताको हितका लागि काम गरेको, र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विचलित नभएको स्मरण गरे। “बलियो का

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 435 पटक पढिएको
  • वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

    काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ । वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो । यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए ।उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 328 पटक पढिएको
  • देखिए देउवा र कोइराला एउटै मञ्चमा

    काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् ।‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन् ।पछिल्लो समयमा कांग्रेस भित्रको आन्तरिक राजनीतिमा तिब्र प्रतिस्पर्धा गरिरहेका कोइराला आगामी महाधिवेसनमा सभापतिका उम्मेदवार भए पछि उनले आफु निकटहरूसँगको सक्रियता बढाइरहेका छन भने संस्थापन पक्ष कोइरालालाई रोक्न लागि परेको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 151 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.