राजनीति

    Showing 331-340 of 10,425 items.
  • प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

    काठमाडौँ / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । 

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 124 पटक पढिएको
  • सुनसरी घटनापछि रास्वपामा असन्तोष : मधेशका सांसदले रविलाई सुनाए गुनासा

    काठमाडौं । सुनसरीबाट सुरु भएर मधेशका विभिन्न जिल्लासम्म फैलिएको पछिल्लो घटनाक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। मधेशका रास्वपा सांसदहरूले सभापति रवि लामिछानेसँग भेट गर्दै गृहमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आवश्यक समन्वय र संवाद नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्। सांसदहरूको भनाइअनुसार, सुनसरी घटनापछि परिस्थिति संवेदनशील बन्दै जाँदा सम्बन्धित जिल्लाका सांसदहरूसँग गृहमन्त्रीले कुनै छलफल नगरेको गुनासो गरिएको छ। उनीहरूले यस्तो अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सरकारको समन्वय कमजोर देखिएको धारणा प

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 32 पटक पढिएको
  • सार्वजनिक सुरक्षामा प्रश्न उठाउँदै गृहमन्त्री हटाउन जेनजी मुभमेन्टको माग

    काठमाण्डौं / जेनजी मुभमेन्ट नेपालले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका हिंसात्मक घटना, साम्प्रदायिक तनाव तथा सार्वजनिक सुरक्षा व्यवस्थाप्रति सरकार गम्भीर हुन नसकेको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङलाई पदबाट हटाउन माग गरेको छ।मुभमेन्टले जारी गरेको वक्तव्यमा गृहमन्त्री गुरुङको विगत विवादास्पद रहेको दाबी गर्दै, उनले भ्रमण गरेका केही क्षेत्रमा त्यसपछि हिंसात्मक घटना र तनाव बढेको उल्लेख गरिएको छ। साथै, जेनजी आन्दोलनका क्रममा गुरुङले आन्दोलन भड्काउने तथा द्वन्द्व सिर्जना गरेको भन्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि स्मरण गराइएको छ। वक्तव्यमा यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई गृह

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 137 पटक पढिएको
  • भूमिहीनलाई लालपुर्जा वितरण दीर्घकालीन समाधानको सुरुआत : सांसद रिमा विश्वकर्मा

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताएकी छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले हालै आफ्नो गृहजिल्ला बर्दिया भ्रमणका क्रममा भूमिहीन परिवारले लालपुर्जा प्राप्त गरेको उल्लेख गर्दै सरकारप्रति धन्यवाद व्यक्त गरिन् । उनले बर्दियामा भूमिहीन नागरिकको दशकौँदेखिको समस्यालाई सम्बोधन गर्ने अभियानअन्तर्गत हालसम्म ८२ परिवारले लालपुर्जा प्राप्त गरेको जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारीका अनुसार बढैयाताल गाउँपालिकाका २९, ब

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 127 पटक पढिएको
  • राजनीतिक अवस्था असहज बन्दैछ, राष्ट्रिय एकताका लागि संवाद जरुरी छ: प्रचण्ड

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरे ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धताअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे । सरकारका गतिविधिले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै दिनप्रतिदिन परिस्थिति अझ असहज बन्ने चिन्ता बढ्दै गएको उल्लेख गरे । उनले भने, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 118 पटक पढिएको
  • प्रचण्डको बालेनलाई सुझाव-अनुभवीसँग संवाद गर्नुस्, अहंकारले देश चल्दैन

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको नेतृत्वशैलीमाथि कडा टिप्पणी गर्दै अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूसँग संवाद गर्न किन नखोजिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। उनले राष्ट्रिय संकट र जटिल परिस्थितिमा अनुभवको उपयोग गर्नु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै संवादबाट टाढा रहनु उचित नभएको बताए।प्रचण्डले नेपालमा लोकतन्त्र, शान्ति प्रक्रिया, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि दशकौँ संघर्ष गरेका तथा जटिल राजनीतिक संकट समाधानको अनुभव भएका नेताहरूको ठूलो पंक्ति रहेको स्मरण गराउँदै उन

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 50 पटक पढिएको
  • लगानी बोर्डको नयाँ सिइओ दौड अन्तिम चरणमा

    काठमाडौं । लगानी बोर्ड नेपालको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया निर्णायक चरणमा पुगेको छ। सिफारिस समितिले तीन जना प्रतिस्पर्धीको नाम मन्त्रिपरिषद्मा पठाएसँगै अब अन्तिम निर्णय सरकारको हातमा पुगेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको सिफारिस समितिले याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतलाई सिइओ पदका लागि सिफारिस गरेको हो। अब मन्त्रिपरिषद्ले यीमध्ये एक जनालाई आगामी चार वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ।याङ्की उक्याब विकास अर्थशास्त्री हुन्। उनी यसअघि लगानी बोर्डमै परामर्शदाताका रूपमा कार्यरत थिइन्। मनोज पौडेल अर्थशास्त्रीका रूपम

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 195 पटक पढिएको
  • सुनसरीमा शान्ति फर्काउने प्रयास, प्रशासनले बोलायो सर्वपक्षीय संयुक्त बैठक

    काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि बिग्रिएको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय संयुक्त बैठक आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको समन्वयमा बस्ने बैठकमा जिल्लाका राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजलाई एउटै टेबलमा ल्याएर साझा समाधान खोज्ने प्रयास गरिएको हो।आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधि, देवानगञ्ज, हरिनगरा, कोशी, भोकराहा नरसिंह र इनरुवाका पालिका प्रमुख–उपप्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 53 पटक पढिएको
  • देवानगञ्ज घटनालाई राजनीतिक लाभका लागि प्रयोग नगर्न सांसद मियाँको आग्रह

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मियाँले पछिल्लो समय देशका विभिन्न जिल्लामा विभिन्न घटना भइरहेका उल्लेख गर्दै देवानगञ्जको घटनाले देशलाई स्तब्ध बनाएको बताइन् । ‘विभिन्न जिल्लाहरूमा विभिन्न घटनाहरू घटे र त्यसमध्य पनि एउटा संवेदनसिल घटनाले देशलाई स्तब्ध बनाएको छ,’ उनले भनिन्, ‘देवानगन्चको कप्तानगन्जमा भएको मुस्लिम र हिन्दू समुदायबिच द्वन्द्व मच्चियो । म सम्पूर्ण देशबासी र सम्पूर्ण राजनीतिक दललाई देशमा मिल

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 199 पटक पढिएको
  • लघुवित्त पीडितको माग सुन्न सरकार तयार, अर्थमन्त्रीले गरे उच्चस्तरीय वार्ता समिति गठन

    काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितहरूको माग सम्बोधन गर्न सरकारले औपचारिक संवाद प्रक्रिया अघि बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पीडित पक्षसँग वार्ता गरी समस्याको समाधान खोज्न पाँच सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।अर्थमन्त्री वाग्लेले समितिलाई तत्काल काम सु

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.