काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको ‘बृहत एकता’ सम्बन्धी सहमति केन्द्रीय समितिबाट अनुमोदन भएको छ।आइतबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिमाथि विस्तृत छलफल गरी ऐतिहासिक सहमति अनुमोदन गर्ने निर्णय गरेको हो ।केन्द्रीय समितिको बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने यो सहमतिले मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् ।आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको हो ।बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउने आवश्यकतामा जोड दिएको छ ।साथै न्यायपूर्ण समाज निर्माणका लागि एकीकृत रूपमा अघि बढ्ने निष्कर्ष निकालिए
काठमाडौं— नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।
काठमाडौं— पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन् ।पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठानबाट प्रत्यक्षतर्फ सात जनालाई उम्मेदवार सिफारिस गरेको छ। नेकपा प्युठानले नेताहरु लीलामणि पोखरेल, कृष्णध्वज खड्कासहित सात जनालाई उम्मेदवार सिफारिस गरेको हो। उम्मेदवार सिफारिस हुने अन्य नेतामा भोजविक्रम बुढामगर, मिलन एससी, उमाराम पौडेल, अर्जुनकुमार कक्षपति र प्रेमबहादुर विश्वकर्मा छन्। ०७९ निर्वाचनमा प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा विजयी भएका थिए। त्यतिबेला राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका थिए।था
पोखरा । पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइडमा आयोजना गरिएको महोत्सवको उद्घाटन उर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै मन्त्री घिसिङले अहिलेको सरकारको मुख्य काम फागुन २१ को चुनाव रहेको बताए ।उनले भने, ‘छोटो समय तीन महिना भयो, यो जेन्जी आन्दोलनपछिको सरकारले हामीले गर्नुपर्ने धेरै कुराहरु छन् तर छोटो समयमा धेरै गर्न नसकेपनि जनतालाई आशा दिन सक्ने हिसाबले का
काठमाडौं— प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय पौष १३ र १४ गतेसम्म तोकिएको छ ।जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची संकलन भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।उनले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्व निर्धारित कार्यक्रम अनुसार पौष १३ र १४ गतेसम्म बन्दसूची पेस गर्ने समय तोकिएकोमा आज तीनवटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची भेरीफाइ भइसकेको छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्ममा
रौतहट— रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ । रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ ।करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरुले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका छन् । धर्नामा बसेका नेता बाबुलाल साहले करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय
काठमाडौं— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन् ।आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ ।त्यस्तै विगतमा नभएको हरित निर्वाचन सम्बन्धि आचारणको विषय राखिएको छ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थान
काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।गत पौष १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.