राजनीति

    Showing ३६१-३७० of १०,४६४ items.
  • वीरगञ्जमा निषेधाज्ञा लागू

    पर्सा । वीरगञ्जमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी आदेश जारी गरिएको हो।निषेधाज्ञाअन्तर्गत वीरगञ्ज महानगरपालिकाको प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेट आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा विरोध कार्यक्रम गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।प्रशासनले सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्न यो निर्णय गरिएको जनाएको छ। सर्वसाधारणलाई निषेधाज्ञाको पू

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १३१ पटक पढिएको
  • सुनसरी घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन

    काठमाडौं । सुनसरीमा पछिल्लो समय विकसित तनावपूर्ण अवस्थाबीच प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार देशको वर्तमान परिस्थितिबारे सरकारको धारणा सार्वजनिक गर्न सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ।सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति कायम गर्ने विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्। सम्बोधनमार्फत सरकारको आगामी कदम, नागरिकलाई संयम अपनाउन गरिएको आग्रह तथा वर्तमान परिस्थितिबारे स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ।प्रधानमन्त्री कार्यालयले सम्बोधनको समय सार्वजनिक गरिनसकेक

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २१० पटक पढिएको
  • राष्ट्रिय एकता र सद्भाव जोगाउन राष्ट्रपति पौडेलको विशेष अपिल

    काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा विकसित तनावपूर्ण अवस्थाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो चिन्ता व्यक्त गर्दै देशभर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज र आम नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन्।बिहीबार जारी अपिलमा राष्ट्रपतिले सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान र बल भएको उल्लेख गर्दै कुनै पनि घटनाले समाजमा विभाजन सिर्जना गर्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन सरकार सफल हुने विश्वास पनि व्यक्त गरे।राष्ट्रपति पौ

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १९८ पटक पढिएको
  • प्रधानमन्त्री नजाने भएपछि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा परराष्ट्रमन्त्री खनालको तयारी

    काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विदेश भ्रमणमा रुचि नदेखाएपछि नेपालको कूटनीतिक प्रतिनिधित्वको जिम्मेवारी परराष्ट्रमन्त्री शिशिर खनालको काँधमा पुगेको छ । सरकार स्रोतका अनुसार प्रधानमन्त्रीले केही समय देशबाहिर नजाने स्पष्ट निर्देशन सचिवालयलाई दिइसकेका छन्, जसका कारण आगामी महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा उनी सहभागी नहुने लगभग निश्चित भएको छ।यसैबीच, सेप्टेम्बरमा अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री खनालले गर्ने तयारी भइरहेको छ। विगतमा यस्ता महासभामा प्रायः प्रधानमन्त्री नै सहभागी हुने परम्परा रहे पनि यसपटक त्यो जिम्मेवारी परर

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २४६ पटक पढिएको
  • किसानका दुःख संसदमा : गुठी समस्या र बाँदर आतंक समाधान गर्न दुलालको माग

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुठीका कारण पीडित किसानको समस्या समाधान र देशभर फैलिएको बाँदर आतंक नियन्त्रणका लागि तत्काल कानुन बनाउन सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभामा बोल्दै उनले सिन्धुपाल्चोकका करिब २२ हजार घरधुरी किसान वर्षौंदेखि गुठी व्यवस्थाका कारण आफ्नो जोतभोगको जग्गामाथि स्वामित्व अधिकारबाट वञ्चित रहेको बताए। उनले ‘गुठी विधेयक’ तत्काल संसदमा ल्याउन सरकारलाई आग्रह गरे।दुलालले किसानहरू अहिले खेतीपाती गर्नुभन्दा बाँदर धपाउनै दिनभर व्यस्त हुनुपर्ने अवस्था आएको भन्दै बाँदरले अन्नबाली नष्ट गर्दा कृषकहरू ठूलो आर्थिक मारमा परेको उल्लेख गरे। कृषिप्रधान देशक

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १३४ पटक पढिएको
  • गृह प्रशासनमाथि उठेका प्रश्न गम्भीर छन् : मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले पछिल्लो सुरक्षा अवस्थालाई लिएर गृह प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्। सभापति रवि लामिछानेसँग मधेशका सांसदहरूको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री सुधन गुरुङबाट परिस्थिति नियन्त्रणमा अपेक्षित सक्रियता नदेखिएको टिप्पणी गरे।झाले सुनसरी घटनापछि राज्यले देखाउनुपर्ने तत्परता र समन्वय पर्याप्त नभएको दाबी गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र न्याय दिन सरकारसँग माग गरे। उनले गृहमन्त्री आन्दोलनबाटै आएको नेतृत्व भएकाले पीडितको भावना अझ राम्रोसँग बुझ्नुपर्ने पनि उल्लेख गरे।उनका अनुसार अहिले जनकपुरसहित मधेशका विभिन्न क्षे

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १७० पटक पढिएको
  • सुनसरी हिंसापछि पूर्वराजा ज्ञानेन्द्रको अपिल– ‘नेपालीबीचको एकता नटुटोस्’

    काठमाडौं। सुनसरीमा भएको हिंसात्मक घटनापछि पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नेपाली समाजमा देखिएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।निर्मल निवासबाट जारी सन्देशमा उनले सुनसरीको घटनाले जनधनको क्षति हुनुका साथै कोशी क्षेत्रसम्म अस्थिरताको प्रभाव फैलिएको भन्दै दुःख व्यक्त गरेका छन्। नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिले बनेको साझा घर भएकाले कुनै पनि बहानामा सामाजिक सद्भाव खलबलिन नहुने उनको भनाइ छ।पूर्वराजा शाहले नेपालको पहिचान नै सहअस्तित्व, सहिष्णुता र आपसी मेलमिलाप रहेको उल्लेख गर्दै विगतदेखि नेपालीहरू मिलेर बसेको इतिह

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १७६ पटक पढिएको
  • लुम्बिनीमा आचार्यकै निरन्तरता : ओलीको संकेतपछि मुख्यमन्त्री विवाद टुंगियो

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने लगभग निश्चित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भएको भेटपछि वर्तमान नेतृत्वलाई नै कायम राख्ने सहमति बनेको मुख्यमन्त्री आचार्यले बताएका छन्।मुख्यमन्त्रीको दौडमा लिला गिरी, भूमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठ पनि आकांक्षी रहे पनि अन्ततः नेतृत्व परिवर्तन नगर्ने निष्कर्षमा एमाले पुगेको देखिएको छ। बजेट पारित भइसकेको र प्रदेशसभाको कार्यकाल पनि छोटो बाँकी रहेकाले सरकार फेरबदल गर्दा नकारात्मक सन्देश जाने निष्कर्षमा पार्टी नेतृत्व पुगेको बताइएको छ।यद्यपि मुख्यमन्त्रीको टुंगो लागे पनि मन्त्री चयन भने चुनौत

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १७० पटक पढिएको
  • संवैधानिक पदाधिकारीको दोहोरो सुविधा अन्त्य गर्ने तयारी, पेन्सन र तलब एकैपटक लिन नपाइने

    काठमाडौं। सरकारले संवैधानिक निकायका पदाधिकारीले राज्यकोषबाट एकैपटक पेन्सन र पदको सेवा–सुविधा दुवै लिन पाउने अभ्यास अन्त्य गर्न कानुनी प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिनिधि सभामा दर्ता गरेको नयाँ विधेयकमा संवैधानिक निकायमा नियुक्त हुने व्यक्तिले पदमा बहाल रहुञ्जेल राज्यबाट पेन्सन नपाउने स्पष्ट व्यवस्था प्रस्ताव गरिएको छ।हाल नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महालेखा परीक्षक लगायत संवैधानिक निकायमा अधिकांश अवकाशप्राप्त उच्च सरकारी अधिकारीहरू नियुक्त हुने अभ्यास छ। उनीहरूले अवकाशपछि पाउँदै आए

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १८४ पटक पढिएको
  • प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

    काठमाडौँ / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । 

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १५८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.