राजनीति

    Showing ३९१-४०० of १०,४६४ items.
  • सुनसरी गोलीकाण्डको सत्य खोज्न घटनास्थलमा पुग्यो छानबिन टोली

    विराटनगर । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन गठित सरकारी छानबिन समिति बुधबार घटनास्थल पुगेको छ। घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै समितिले प्रत्यक्ष निरीक्षणसँगै स्थानीयवासीसँग बयान र जानकारी संकलन सुरु गरेको हो।गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय समितिले घटनास्थलको अवस्था, सुरक्षाकर्मीको परिचालन र झडपको क्रमबारे विस्तृत अध्ययन गरिरहेको छ। टोलीले स्थानीय बासिन्दासँग सोधपुछ गर्नुका साथै घटनास्थलको सूक्ष्म निरीक्षण गरेको छ।यसअघि विराटनगरमा रहेका घाइतेहरूलाई भेटेर बयान लिएको समितिले अब प्रत्यक्ष प्रमाण र स्थानीयको भ

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ३५६ पटक पढिएको
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। चक्कर लाग्ने र लगातार वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार साँझ काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि डा। भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो अर्थात् सन्तुलन प्रणालीसँग सम्बन्धित चक्कर आउने समस्याको लक्षण देखिएको बताएका छन्। अन्य स्वास्थ्य परीक्षणको रिपोर्ट भने सामान्य रहेको जनाइएको छ।अस्पताल स्रोतका अनुसार आवश्यक चिकित्सकीय निगरानीमा राखिएका डा। भट्टराईको स्वास्थ्य अव

    • प्रकाशित मितिः साउन १३, २०८३
    • २२३ पटक पढिएको
  • सर्वदलीय बैठकमा ओली र साम्पाङ अनुपस्थित

    काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षाबारे साझा धारणा बनाउन बोलाइएको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरू सहभागी भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने अनुपस्थित रहे। दुवैले आफ्ना प्रतिनिधिमार्फत बैठकमा सहभागिता जनाएका हुन्।एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र श्रम संस्कृति पार्टीका तर्फबाट प्रमुख सचेतक आरेन राई बैठकमा सहभागी भए। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष न

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १७२ पटक पढिएको
  • गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपामा जुटे शीर्ष राजनीतिक नेता

    काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति देखिएको छ। राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठ्दै नेताहरूले दिवंगत श्रेष्ठप्रति सम्मान प्रकट गरेका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न दलका नेताहरू सानेपा पुगेर श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिएका छन्। कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको पनि कार्या

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १८० पटक पढिएको
  • विदेशमै बसेर मतदान गर्ने बाटो खुल्ला ?

    काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र समावेशी बनाउने महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन्। संसदीय सुनुवाइ समितिमा प्रस्तुत योजनामा उनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने, ई–भोटिङको सम्भाव्यता अघि बढाउने र निर्वाचन प्रक्रियालाई आधुनिक बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन्।कार्कीले वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन दूतावासमार्फत मतदान, हुलाक प्रणाली, ब्लकचेनमा आधारित सुरक्षित अनलाइन मतदान तथा प्रतिनिधिमूलक मतदानजस्ता विकल्प अघि सारेका छ

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १९९ पटक पढिएको
  • सुनसरी घटनाप्रति प्रधानमन्त्री संयमित हुनुहुन्छ : अर्थमन्त्री वाग्ले

    काठमाडौं । सुनसरीमा उत्पन्न तनाव साम्य पार्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको नेतृत्वमा समाधानका लागि आवश्यक समन्वय र पहल जारी रहेको बताएका छन्। सर्वदलीय बैठकमा सरकारका तर्फबाट सहभागी भएका उनले अहिलेको मुख्य लक्ष्य सामाजिक सद्भाव कायम राख्दै सुरक्षा अवस्था सामान्य बनाउनु रहेको स्पष्ट पारे।वाग्लेले सुनसरी घटनामा ज्यान गुमाएका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति, घाइतेको उपचार र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताए। सरकार सबै सरोकारवाला निकायसँग निरन्तर समन्वयमा रहेको र प्रभावित क्षेत्र

    • प्रकाशित मितिः साउन १३, २०८३
    • २४९ पटक पढिएको
  • प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहनुभएको छ, विवादलाई नचर्काऔं : रवि लामिछाने

    काठमाडौं । सुनसरी घटनापछि राजनीतिक आरोप–प्रत्यारोप चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले दोषारोपणभन्दा सामाजिक सद्भाव जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्री आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै अहिले उत्तेजक अभिव्यक्ति दिने समय नभएको स्पष्ट पारे।लामिछानेले सुनसरीमा नागरिकको ज्यान गएको घटनालाई सबै राजनीतिक दलले गम्भीर रूपमा लिएको बताउँदै अहिले कसले के बोल्यो भन्नेभन्दा समाजमा शान्ति, संयम र आपसी विश्वास कायम राख्नु आवश्यक रहेको धारणा राखे। उनले विगतका आन्दोलन र

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १८३ पटक पढिएको
  • गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन रवि लामिछाने सानेपा

     काठमाडौं । सुनसरी घटनापछि आयोजित सर्वदलीय बैठकमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। उनले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र कांग्रेसजनप्रति समवेदना व्यक्त गरेका हुन्।मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएका श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालयमा राखिएको छ। कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् भने बुधबार नै अन्त्येष्टि गर्ने तयारी गरिएको छ।राष

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ७८ पटक पढिएको
  • कोशीका मुख्यमन्त्रीले बोलाए सर्वदलिय वैठक

    विराटनगर । सुनसरीमा चर्किएको तनाव र सामाजिक सद्भावमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले राजनीतिक र सुरक्षा संयन्त्रलाई एउटै टेबलमा ल्याउने पहल गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको शान्ति–सुरक्षा अवस्थाबारे साझा धारणा बनाउन तथा पछिल्लो घटनाक्रमको समीक्षा गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। दिउँसो १२ः ३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्ने बैठकमा सुरक्षा निकायका उच्च अधिकारी, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा सुनसरी घटनापछि विकसित सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय, अफवाह नियन्त्रण,

    • प्रकाशित मितिः साउन १३, २०८३
    • १३३ पटक पढिएको
  • नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

    काठमाडौं— नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दायर गरी कारबाही नगरिएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्याय भएको तथा वार्तामा सहभागी चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुव्र्यवहार भएको उल्लेख गरेको छ । स

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ४१४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.