काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग व्यापक रूपमा उठिरहेको छ ।हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेम
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको
काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयको अनुगमन गरेको छ ।बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो ।आज नै सरकारी टोलीले जनमत पार्टी र राप्रपा पार्टी कार्यालयको समेत अनुगमन
काठमाडौं— सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयको अनुगमन गरेको छ ।बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।अनुगमनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।
काठमाडौं— बुधबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल भएको छ ।बैठकमा छलफलका क्रममा संविधान सभा सदस्य खिमलाल देवकोटाले अन्तर्राष्ट्रिय अभ्यास र ऐनहरूको अध्ययन भइसकेको उल्लेख गर्दै अब अध्यागमन ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको पहिचान र परीक्षण नै मुख्य उद्देश्य रहेको बताए । उनले ऐनसँग मेल नखाने प्रावधानहरू संशोधन वा खारेज गर्न आवश्यक सुझाव दिने लक्ष्यसहित अध्ययन अघि बढाइएको स्पष्ट गरे ।उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यास र ऐनहरुको बारेमा छलफल भैइ नै सकेको छ । अध्
काठमाडौं— मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिएको छ। समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।अन्तरिम सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित गत सोमबारदेखि शान्तिपूर्ण रूपमा आन्दोलन सुरु गरिएको जनाइएको छ। आन्दोलनकारीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्ना माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।
काठमाडौं— निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन् ।बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उनले नेपालको संविधानमा भएको छेडखानीलाई निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा निर्वाचन मात्र रहेको बताए ।उनले भने,‘अब फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन हो । यदी निर्वाचन भएन भने त्यसको विकल्प के हो त ? भनेर हामीले अहिले कल्पना गर्न सक्दैनौं । त्यसको परिभाषा गर्न सक्
काठमाडौं— उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो ।उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।कुन कुन बुँदा
सुर्खेत— गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमूख अतिथि, मुख्यमन्त्री बिशेष अतिथि कार्यक्रमको बिषय प्रदेशस्तरीय सुरक्षा गोष्ठि सञ्चालन भयो। मञ्च एउटै बिषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ? भनि प्रश्न गरे ।कर्णाली
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा सुरु भएको छ। बैठकमा सहभागी हुन कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सानेपा पुगेका छन्।बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशन, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। पार्टीको संगठनात्मक तयारी, निर्वाचन रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.