राजनीति

    Showing ४११-४२० of १०,४६४ items.
  • निर्वाचन खर्च घटाऊ, विदेशी नेपालीलाई मतदान देऊ : सांसद अग्रवाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद पुनम अग्रवालले निर्वाचन प्रणालीलाई कम खर्चिलो, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्वाचन आयोगसँग स्पष्ट कार्ययोजना माग गरेकी छन्।प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा अग्रवालले राज्य र उम्मेदवार दुवैतर्फबाट हुने अत्यधिक निर्वाचन खर्च नियन्त्रण गर्न आधुनिक प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताइन्।उनले निर्वाचनलाई डिजिटल र पारदर्शी बनाउँदै अनावश्यक खर्च घटाउने ठोस योजना के छ भन्ने प्रश्न राखिन्। साथै, उम्मेदवारबीच हुने खर्चिलो प्रतिस्पर्धालाई प्रविधिमार्फत कसरी नियन्त्रण गरिन्छ भन्ने विषयमा पनि आयोगको धा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २१२ पटक पढिएको
  • पद्मा अर्यालको निर्वाचन आयोगलाई चुनौतीपूर्ण प्रश्न– विदेशमा मतदानको आधार के ?

    काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेसँग निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने रणनीति र विदेशमा रहेका नेपालीका लागि मतदान प्रणाली कार्यान्वयनको तयारीबारे स्पष्ट योजना मागेकी छन्।संसदीय सुनुवाइका क्रममा अर्यालले निर्वाचनमा हुने आर्थिक प्रभाव, शक्ति प्रदर्शन र धाँधलीका आशंकालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आयोगको कार्ययोजना के छ भन्ने प्रश्न उठाइन्।उनले विदेशमा रहेका लाखौं नेपालीलाई मताधिकार दिने प्रतिबद्धता व्यवहारमा कसरी कार्यान्वयन हुन्छ, त्यसका लागि आवश्यक बजेट, प्राविधिक क्षमता, भौतिक पूर्वाधार र व्यवस्थापनको स्पष्ट खाका प्रस्तुत गर्न पनि आग्र

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १८६ पटक पढिएको
  • कांग्रेस इतर समूह सक्रिय, राष्ट्रिय भेलाका लागि १० नेतालाई जिम्मेवारी

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै विभिन्न संगठन र क्षेत्र परिचालनका लागि १० जना नेतालाई जिम्मेवारी दिएको छ।चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, दलित संघ, किसान संघ, आदिवासी जनजाति, विदेश जनसम्पर्क समिति, बुद्धिजीवी तथा ट्रेड युनियनलगायत क्षेत्रको समन्वय गर्न नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो।भेलाका लागि केन्द्रीय प्रतिनिधिको नामावली टुंग्याउने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। इतर समूहले यो भेलालाई शक्ति प्रदर्शनभन्दा पार्टीभित्र आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १६२ पटक पढिएको
  • बागमतीमा मुख्यमन्त्री बन्ने दौड तीव्र, एमालेभित्रै तीन नेताबीच शक्ति संघर्ष

    हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भए पनि अब मुख्यमन्त्री को बन्ने भन्ने विषयले पार्टीभित्रै विवाद चर्किएको छ।मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेता किरण थापा र केशव पोखरेल मुख्य दाबेदारका रूपमा उभिएका छन्। तीनै नेताले नेतृत्वमा दाबी गरेपछि दलभित्र सहमति जुटाउन सकस देखिएको छ।प्रदेशसभामा एमाले–नेकपाको मात्रै स्पष्ट बहुमत नपुग्ने भएकाले राप्रपा वा हाम्रो नेपाली पार्टीमध्ये कसको समर्थन लिने भन्ने समीकरण पनि पेचिलो बनेको छ।पार्टी स्रोतका अनुसार केन्द्रीय नेतृत्वले सहमति गराउन नसके संसदीय दलभित्रै मतदान गरेर नेता छान्ने अवस्था आउन सक्छ। गुटबन्दी र न

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १५८ पटक पढिएको
  • खरिद ऐन संशोधन सर्वोच्चमा चुनौती, टेन्डर सूचना हटाउने निर्णयविरुद्ध रिट

    काठमाडौं । सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले टेन्डर सूचना पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान हटाइएको निर्णय कानुनी रूपमा चुनौती दिँदै रिट दायर गरेका हुन्।रिटमा नयाँ व्यवस्थाले सञ्चारमाध्यमको आम्दानीमा गम्भीर असर पर्ने, सार्वजनिक सूचना प्रवाह कमजोर हुने तथा पारदर्शितामाथि प्रश्न उठ्ने जिकिर गरिएको छ।सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट संवैधानिक इजलासमा सुनुवाइका लागि अघि बढाइनेछ। अब अदालतको निर्णयले सार्वजनिक खरिद प्रक्रिया र टेन्डर सूचना प्रकाशनसम्बन्धी नयाँ व्यवस्थाको वैधानिकतामाथि टु

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ७५ पटक पढिएको
  • वर्षमान पुनको निर्वाचन आयोगलाई प्रश्न– विदेश र अन्तरजिल्लाबाट मतदान कहिले सम्भव ?

    काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको संसदीय सुनुवाइमा नेकपा नेता वर्षमान पुनले विदेशबाट मतदान, अन्तरजिल्ला मतदान, ‘नो भोट’  र ‘राइट टु रिकल’ जस्ता विषयमा स्पष्ट कार्ययोजना माग गरेका छन्।पुनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रतिबद्धता बारम्बार दोहोरिए पनि त्यसको कार्यान्वयन कसरी हुने भन्ने विषय अझै अस्पष्ट रहेको टिप्पणी गरे। उनले नेपालभित्रै रोजगारी, अध्ययन वा अन्य कारणले आफ्नो स्थायी मतदान केन्द्र पुग्न नसक्ने नागरिकको मताधिकार सुनिश्चित गर्ने योजना पनि आयोगसँग माग गरे।उनले अन्तरजिल्ला मतदान प्रणाली कहिले र कसरी लागू हुन्छ भन्नेबारे स्पष्ट जवाफ खोज्दै निर्वाचन प्रणा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ११६ पटक पढिएको
  • कप्तानगञ्ज हिंसापछि राप्रपाको सरकारलाई दबाब, निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग

    काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमाथि निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको दबाब बढाएको छ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका युवाका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय दिलाउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।राप्रपाले हत्या, आगजनी, हिंसा र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ। पार्टीले दण्डहीनताको अन्त्य नगरे यस्ता घटना झन् बढ्ने चेतावनी पनि दिएको छ।तराई–मधेस क्षेत्रमा धा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ८३ पटक पढिएको
  • संसद् प्रभावकारी बनाउन सरकार गम्भीर बनोस् : प्रतिपक्ष

    काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी र मर्यादित बनाउन सत्तापक्षले नै बढी जिम्मेवारी लिनुपर्ने भन्दै प्रतिपक्षी दलले सभामुख डीपी अर्याल को ध्यानाकर्षण गराएको छ।सभामुखले दलहरूबीच संसद्को प्रभावकारिताबारे छलफल गर्न बोलाएको बैठकपछि नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रतिपक्षको भूमिकाभन्दा सत्तापक्षकै भूमिका बढी महत्त्वपूर्ण हुने बताएका हुन्।उनका अनुसार प्रतिपक्षी सांसदले उठाएका विषयमा सत्तापक्षका सांसदले सरकारकै प्रवक्ताजस्तै तत्काल प्रतिवाद गर्ने परिपाटी अन्त्य हुनुपर्ने माग सभामुखसमक्ष राखिएको छ। संसद्मा सरकारको धारणा सम्बन्धित मन्त्री वा सरकारले नै राख्नुपर्ने, सांसदहरूबीच आरोप–प्रत्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ११३ पटक पढिएको
  • कांग्रेसमा विभाग गठनको नयाँ व्यवस्था, २८ विभागको सीमा समाप्त

    काठमाडौं ।नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विधान संशोधन गर्दै पार्टीको केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ। संशोधित विधानअनुसार अब केन्द्रीय विभागको संख्या निश्चित २८ मा सीमित रहने व्यवस्था हटाइएको छ।अब विधानमा केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभाग गठन हुने व्यवस्था गरिएको छ। यसअघि भने विधानमै २८ वटा विभागको नाम र संख्या स्पष्ट रूपमा उल्लेख गरिएको थियो।संशोधनसँगै प्रत्येक विभागमा रहने सदस्य संख्या पनि घटाइएको छ। अब प्रत्येक विभागमा बढीमा २५ जना सदस्य रहनेछन्, जबकि यसअघि एउटै विभागमा ५१ जनासम्म सदस्य राख्न मिल्ने व्यवस्था थियो।त्यस्तै, विभागका प्रमुख, उपप

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ९२ पटक पढिएको
  • निर्वाचन आयोगको स्वतन्त्रता र प्रभावकारितामा जोड

    काठमाडौं / संसदीय सुनुवाइ समिति संयुक्तको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले ओखलढुङ्गा र डा. राजीव सुब्बा काठमाडौंसँग संसदीय सुनुवाइ गरिएको छ ।बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले निर्वाचन आयोगको भूमिका निर्वाचन सञ्चालनमा मात्र सीमित नभई संस्थागत रूपमा अझ सुदृढ र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिए । परिवर्तनसँगै आयोगको कार्यशैलीमा पनि नयाँ सुधार आवश्यक रहेको उनको भनाइ थियो ।उनले भने, ‘निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा व

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २१८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.