चितवन / चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका –१२ घर भएका अन्दाजी ३५ वर्षीय अनिल परियारको हत्या गरिएको हो । आइतबार साँझ ७ः३० बजे भरतपुर महानगर –७ स्थित कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको डीएसपी अधिकारीले जानकारी दिए । उनलाई अज्ञात समूहले आक्रमण गरेको बताइएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डीएसपी अधिकारीले बताए । घटना के कारणले कसले गर्यो भन्ने बारेमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात
दैलेख / दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका –४ राकम कर्णालीको खोली बजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको बा १९ च ५५७९ नम्बरको स्कार्पियोमा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोली बजारस्थित सृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए । जसकारण गाडीमा ठूलो क्षति भने नभएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे &n
झापा / झापामा मङ्गोल नेशनल अर्गनाइजेसनबाट वडा सदस्य पदकी उम्मेदवार तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् । झापाको मेचीनगर-७ की तारादेवीले एमालेलाई समर्थन गरेको वक्तव्य जारी गर्दै वडा सदस्यको उम्मेदवारी फिर्ता लिएकी हुन् । इँटाभट्टामा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेलाई जिताउनु पर्ने भन्दै उनले एमाले प्रवेश गरेकी हुन् ।एमालेबाट वडा अध्यक्षका उम्मेदवार प्रह्लादमणि ओलीलगायत एमालेका सबै उम्मेदवारहरूलाई आफ्नो समर्थन रहेको समेत तारादेवीले बताएकी छिन् ।आगामी दिनमा नेकपा (एमाले)मा क्रियाशील रहने समेत उनले बताएकी छन् ।
धनगढी / नेकपा एमाले नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे।उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे। सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए। रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह समेत गरेका छन् । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निर्माणका कार्यले तीव्र
मकवानपुर / मकवानपुरमा राजनीतिक दलको प्रचार गरेको आरोपमा एक जना सहायक निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई जिम्मेवारीबाट हटाइएको हो ।उनीमाथि सामाजिक सञ्जालबाट दलको चुनावी प्रचार गरेको आरोप लगाएर पदबाट हटाइएको छ।पुडासैनीलाई गत सोमबार सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले जनाएको छ ।
दाङ / दाङमा स्थानीय तहहरूले नामावली नपठाएपछि मृत्यु भएकाहरूको नाम मतदाताको नामावलीबाट नाम हटाइएको छैन । नाम नहटाएपछि जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताएका छन् । दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको कुँवरले बताएका छन् ।स्थानीय तहले १८ वर्षमाथिका मृत्यु भएकाको तत्थ्यांक नपठाएपछि मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । निर्वाचन आयोगमा दाबीविरोध परेकाको तथ्याङ्क मात्रै पठाएको त
काठमाडौं / स्थानीय तह निर्वाचनको मुखमा मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय जना एमाले प्रवेश गरेको छ ।शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर –५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजका अध्यक्षसहित सबै सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।पोखरेलका अनुसार समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् ।एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरू एमाले प्रवेश गरेको अध्यक्ष कमालले बताए । समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा समाजबाहेक अन्य ज
काठमाडौं / आसन्न स्थानीय तहको निर्वाचनमा खटाइएको मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । आयोगले १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिनका लागि तालिम दिएको हो ।तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका विषयमा छलफल भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने प्रकुया लगायतका विषयमा तालिम दिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताएका छन् ।पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख
झापा / स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित तीन सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावली मध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भएका हुन् । गत वैशाख ११ र १२ गते दुई दिन सात सय ५३ वटा स्थानीय तह र त्यसका छ हजार सात सय ४३ वडामा परेको उम्मेदवारी मध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । अयोगका अनुसार सबैभन्दा धेरै दलित महिला निर्विरोध निर्वाचित भएका छन् । १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् भने खुला वडा सदस्य तर्फ १०१ जना निर्विरोध निर्वाचित भएका छन्
काठमाडौं / निर्वाचन आयोगले बढी मतदाता भएका १७ जिल्लामा केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने गरि अख्तियार टोलीलाई परिचालन गरिएको हो ।विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा सो टोली खटाएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन् ।शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरि छानविन गर्न अख्तियारलाई निर्देशन दिएका छन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरह
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.