राजनीति

    Showing 4,251-4,260 of 6,710 items.
  • गठबन्धन तर्फ २ जना वडाध्यक्षका उम्मेदवारले सरकारी सुविधा नलिने घोषणा

    बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन अन्तरगत नेपाली कांग्रेसका तर्फबाट हल्दीबारी गाउँपालिकाका २ जना वडाअध्यक्ष पदका उम्मेदवारले सरकारी सुविधा नलिने घोषणा गरेको छन् ।हल्दीबारी गाउँपालिकाका वडा नं २ का  कृष्णप्रसाद प्रसाईं र ४ का  होमप्रसाद चुडालले आफूहरू निर्वाचनमा बिजयी भए सरकारी सेवासुविधा नलिने बताएका हुन् ।उनीहरूलाई प्राप्त हुने सेवासुविधाको छुट्टै कोष निर्माण गरी  चुडाल र प्रसाईँले  उक्त सेवासुविधा चुडाल र प्रसाईँले  उक्त सेवासुविधा धार्मिक संघ/संस्था मठमन्दिर, गुरुकुल, विपन्न र अति गरिब, दिनदुःखी विपन्न र अति गरिब, दिन

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 72 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : झापाका तीन पालिकामा बहुरङ्गी गठबन्धन

    बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै झापाका तीन पालीका पृथक चुनावी गठबन्धनका कारण यतिबेला चर्चामा छन् ।भिन्न चुनावी गठबन्धन बनेको दमक नगरपालिका, कचनकवल गाउँपालिका र कनकाई नगरपालिकामा दलहरूको प्रतिस्पर्धा रोचक बन्दैछ । सत्ता गठबन्धका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेका छन् । त्यस्तै कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रको कचनकवल गाउँपालिकामा कांग्रेस र माओवादीले एमालेसँग गठबन्धन गरेका छन् भने कनकाई नगरप

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 83 पटक पढिएको
  • निर्वाचनको दिन सार्वजनिक सवारी नचल्ने

    काठमाडौं / स्थानीय तह निर्वाचनको मतदानको दिन (वैशााख ३० गते) सवारी साधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगले पास विनाका सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको छ ।आयोगले जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिएर मात्र सवारीसाधन चलाउन मिल्ने निर्देशन दिएको छ । आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडि उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति पत्र  लिनु पर्ने छैन ।आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रय

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 71 पटक पढिएको
  • कांग्रेसका कार्यकर्ता पाण्डेद्धारा मेयरका उम्मेदवारको गाडीमा आगजनी

    विराटनगर / मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । प्रहरीका अनुसार बेलबारी –२ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा बिहीबार राति आगजनी भएको हो । तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा सुन्दरहरैंचा नगरपालिका

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 93 पटक पढिएको
  • आज भृकुटीमण्डपमा सत्ता गठबन्धनले चुनावी सभा

    काठमाडौँ /  सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा संयुक्त चुनावी सभा गर्ने भएको छ । गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।काठमाडौं महानगरपालिकामा गठबन्धनबाट काँग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरीबाबु महर्जन उम्मेदवार छन् । उनीहरूलाई मेयरमा जिताउन आह्वान गर्न गठबन्धनका नेताहरूले आज काठमाडौंमा सभा गर्न लागेका हुन् । 

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 68 पटक पढिएको
  • हल्दिबारीलाई भ्रष्टाचारमुक्त नमुना पालिका बनाउँछौँ : दंगाल

    हल्दिबारी /  नेकपा माओवादी केन्द्रका तर्फबाट हल्दिबारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भवानीप्रसाद दंगालले गाउँपालिकालाई भ्रष्टाचार मुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाएका छन्  । विहिबार हल्दिबारीको ढडुवा बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै दङ्गालले आफू स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भए गाउँपालिकालाई भ्रष्टाचार मुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाएका हुन्  । माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दै उनले आफूहरूको स्थानीय सरकार बन्यो भने त्यसको भोलिपल्ट बाटै पालिकालाई भ्रष्टाचारमुक्त बनाई देशभरमा नमूना पालिका बनाउने उद्घोष गरे ।

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 92 पटक पढिएको
  • कांग्रेसको प्रतिष्पर्धा प्रचण्डसँग होइन, ओलीसँग हो : पौडेल

    चितवन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूको प्रतिष्पर्धा नेकपा एमाले मात्र भएको बताएका छन् । सत्ता गठबन्धनद्वारा बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले आफूहरूको प्रतिस्पर्धी र प्रतिद्वन्दी केपी ओली मात्र भएको बताएका हुन् । उनले भने, –‘कांग्रेसको प्रतिष्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, एमालेको केपी ओली प्रवृत्तिसँग हो, केपी ओलीसँग हाम्रो द्धन्द छ, एमाले हाम्रो प्रतिद्वन्दी हो ।’ पौडेलले केपी ओलीले संसदीय प्रणालीमाथि प्रहार गरेर देशलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन् । केपी ओलीको कदमबाट अस्थिरतातर्फ धकेलिएको राजनीतिलाई ट्र

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 66 पटक पढिएको
  • गठबन्धनले बिर्तामोडमा प्रचार अभियानलाई बनायो तीब्र

    बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै बिर्तामोडमा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले चुनावी अभियानलाई तीव्र बनाएको छ । बिर्तामोडका सवै वडामा वडा प्रचारप्रसार समितिमार्फत घरदैलो अभियानलाई तीव्रता दिएको गठबन्धनले नगरका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसँग संयुक्त घरदैलो समेत गरिरहेको छ ।विहीबार गठबन्धनका नेताहरूले बिर्तामोड –१० को वडा कमिटीसँग घरदैलो अभियान गरेका छन् । घरदैलो कार्यक्रममा गठबन्धन दलका करिब एक सय ५० जना भन्दा बढी नेता तथा कार्याकर्ताहरुको सहभागिता रहेको थियो । प्रचारप्रसारको टोलीले वडाको सातडिग्री, पत्थरभिट्टा, कालिमुनी, जर्मनडाडा,

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 91 पटक पढिएको
  • नेपालको लागि भारतीय राजदूतमा श्रीवास्तवलाई प्रस्ताव

    काठमाडौँ / भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको छ ।चीन विज्ञका रूपमा परिचित कूटनीतिज्ञ श्रीवास्तवको नाममा भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयसँग सहमति मागेको हो ।नेपालका लागि राजदूत भएकै बेला निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तवलाई पठाउन लागिएको हो।भारतले श्रीवास्तवको नाम नेपालको परराष्ट्र मन्त्रालयमा पठाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको नाम नेपालबाट स्वीकृत भएसँगै उनी राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउने छन्। भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीक

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 58 पटक पढिएको
  • ‘भरतपुरको विकासमा कास्टिङ भइसक्यो, फिल्म देखाउन बाँकी छ’

    चितवन / भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले पाँच वर्षमा भरतपुरको विकासमा कास्टिङ भएको र अझै फिल्म देखाउन बाकी रहेको बताएकी छन् । सत्ता गठबन्धनद्वारा बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएकी हुन् । उनले समग्र विकासको क्षेत्रमा काम अगाडि बढाएको र त्यसलाई पूर्णता दिनका लागि आफू फेरि गठबन्धनको तर्फबाट चुनावी मैदानमा आएको बताएकी छन् । सत्तारुढ गठबन्धनले भरतपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक बत्तीका क्षेत्रमा राम्रो काम भएको बताएकी छन् ।दाहालले भरतपुरलाई

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 60 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा