राजनीति

    Showing ४४१-४५० of १०,४६४ items.
  • एमाले–नेकपा गठबन्धनको चुनौतीबीच कांग्रेसको नयाँ सत्ता रणनीति

    काठमाडौं। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेपछि नेपाली कांग्रेसले पनि आफ्नो राजनीतिक रणनीति तीव्र बनाएको छ। आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको शीर्ष बैठकले सातै प्रदेशमा सत्ता गठबन्धनको सम्भावना अन्तिमसम्म जीवित राख्ने निर्णय गरेको हो। बैठकमा पार्टी पदाधिकारी, सातै प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति तथा मुख्यमन्त्रीहरू सहभागी थिए। छलफलको मुख्य केन्द्र प्रदेश सरकारको वर्तमान अवस्था, सम्भावित सत्ता फेरबदल र कांग्रेस नेतृत्वका सरकार कसरी जोगाउने भन्नेमा केन्द्रित थियो।हाल कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम गर

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३५४ पटक पढिएको
  • राप्रपाको एक निर्णयले बदलिन सक्छ गण्डकीको सत्ता समीकरण

    पोखरा । केन्द्रमा नेकपा एमाले र नेकपाबीच सातै प्रदेशमा सहकार्य गर्ने सहमति भए पनि गण्डकी प्रदेशमा भने अंकगणितले नयाँ राजनीतिक पेच सिर्जना गरेको छ। एमाले र माओवादीसँग मात्र सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने भएपछि दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सत्ता समीकरणको सबैभन्दा निर्णायक शक्ति बनेको छ।६० सदस्यीय प्रदेशसभामा हाल ५९ सांसद कायम छन्। सरकार बनाउन ३० सांसद आवश्यक पर्दा एमालेका २२ र माओवादीका ६ सांसद जोड्दा २८ मात्रै पुग्छ। यही कारण राप्रपाको समर्थनबिना नयाँ सरकार सम्भव देखिएको छैन। यता कांग्रेस नेतृत्वको वर्तमान सरकार पनि राप्रपाको समर्थन जोगाएर सत्ता निरन्तरता दिने प्र

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३२० पटक पढिएको
  • एमालेसँग किन मिल्यो नेकपा ? नारायणकाजीले खोले कारण

    काठमाडौं । एमालेसँगको नयाँ सत्ता सहकार्यबारे उठिरहेका प्रश्नको जवाफ दिँदै नेकपाका नेता नारायणकाजी श्रेष्ठले उक्त निर्णय राजनीतिक बाध्यता र पार्टी नीतिका आधारमा गरिएको बताएका छन्। उनका अनुसार कांग्रेस र एमालेमध्ये कुनै एकसँग सहकार्य नगरी प्रदेश सरकार गठन सम्भव नभएको अवस्थामा पार्टीले वामपन्थी शक्तिसँग सहकार्य गर्ने आफ्नो नीतिअनुसार एमालेसँग सहमति गरेको हो।आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले प्रदेशसभा विघटन हुन नदिन र प्रदेश सरकारलाई निरन्तरता दिन यो निर्णय आवश्यक बनेको उल्लेख गरेका छन्। उनले सत्ता परिवर्तनलाई केवल पद बाँडफाँटको रूपमा नभई प्रदेशको राजनीतिक स्थायित्वसँग जो

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३५२ पटक पढिएको
  • मधेसमा जसपा निर्णायक : कांग्रेस–एमाले गठबन्धन संकटमा

    काठमाडौं । केन्द्रमा एमाले र नेकपाबीच नयाँ राजनीतिक समीकरण बनेपछि त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ। विशेषगरी मधेस प्रदेशमा सत्ता समीकरण निकै पेचिलो बनेको छ, जहाँ कुनै पनि दल वा गठबन्धनले एक्लै सरकार गठन गर्न सक्ने अवस्था छैन।१०७ सदस्यीय प्रदेश सभामा हाल १०३ सदस्य कायम रहेकाले सरकार बनाउन ५२ सांसदको समर्थन आवश्यक छ। तर एमालेसँग २४ र नेकपासँग १५ सांसद मात्रै रहेकाले दुवै दल मिलेर पनि ३९ सिट पुग्छ, जुन बहुमतभन्दा अझै १३ सिट कम हो। यस्तो अवस्थामा २८ सांसद रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपाल सबैभन्दा निर्णायक शक्ति बनेको छ। प्रदेशको सबैभन्दा ठूलो दल भएकाले जसपा नेपालले सरकारको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ११६ पटक पढिएको
  • ओली–प्रचण्ड मिले, माधव नेपाल असन्तुष्ट

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच प्रदेश सरकार गठनका लागि भएको तीनबुँदे समझदारीले नेकपाभित्र नयाँ बहस सुरु गराएको छ। पाँच प्रदेशमा सरकार गठनको सहमतिपछि सहसंयोजक माधवकुमार नेपालले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले लिने तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने समझदारी भएको थियो। तर, माधव नेपाल पक्षले यसलाई केवल सत्ता बाँडफाँटमा केन्द्रित सहमति भएको भन्दै असन्तुष्टि जनाएको छ।माधव नेपाल निकट नेताहरूका अनुसार सरकार गठनको सहमतिसँगै जनताका लागि के–कस्ता नयाँ नीति, का

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १२६ पटक पढिएको
  • वाम शक्तिलाई एक हुन प्रचण्डको आग्रह

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। पछिल्ला वर्षहरूमा कम्युनिस्ट आन्दोलनले लगातार धक्का खेपेको उल्लेख गर्दै उनले विचार, उद्देश्य र राष्ट्रिय हितका आधारमा सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताएका हुन्। काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले इतिहासबाट प्रेरणा लिएर भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यले देखाएको वैचारिक मार्ग

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २१६ पटक पढिएको
  • कोसीमा सत्ता परिवर्तनको काउन्टडाउन :मुख्यमन्त्री टुंगिएपछि मात्रै सरकार छाड्ने कांग्रेसको रणनीति

    विराटनगर । कोसी प्रदेशको राजनीतिक समीकरण फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। केन्द्रमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। नयाँ सत्ता समीकरणअनुसार अब कोसी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने लगभग निश्चित भइसकेको छ। यद्यपि, कांग्रेसले भने नयाँ मुख्यमन्त्रीको टुंगो नलाग्दासम्म आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता नबोलाउने रणनीति अपनाएको छ। कोसी प्रदेशमा हाल एमाले–कांग्रेसको संयुक्त सरकार सञ्चालनमा छ। तर केन्द्रमा विकसित राजनीतिक घटनाक्रमसँगै एमालेले नेकपासँग मिलेर नयाँ सरकार गठन गर्ने सहमति गरिसकेको छ। यससँगै वर्तमान सरकारको आयु छोटिँद

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १९१ पटक पढिएको
  • लुम्बिनीमा सत्ता समीकरण उल्टियो, कांग्रेस बाहिरिने तयारीमा एमाले–नेकपा गठबन्धन बहुमत नजिक

    काठमाडौं। लुम्बिनी प्रदेशको सत्ता समीकरण एकाएक फेरिने भएको छ। एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनी सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।एमाले नेतृत्वको सरकारमा कांग्रेसको बसाइ अब अन्त्यतिर पुगेको छ। कांग्रेस सरकारबाट बाहिरिएलगत्तै एमाले–नेकपा गठबन्धनले प्रदेशसभामा स्पष्ट बहुमत जुटाउने अंकगणित देखिएकाले नयाँ राजनीतिक अध्याय सुरु हुने संकेत देखिएको छ।कांग्रेसबाट सरकारमा रहेका शहरी विकास तथा खानेपानी, आर्थिक मामिला, उद्योग–पर्यटन तथा यातायात, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका मन्त्रीहरूले सामूह

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ११५ पटक पढिएको
  • प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रहः ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

    काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानी विस्तारका महत्त्वपूर्ण साझेदारका रूपमा अघि आउन पनि आह्वान गरेका छन् ।अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने नीति लिएको बताए ।‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ । त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने । उनले

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ६०६ पटक पढिएको
  • आज डा.केसी र सरकारबिच वार्ता हुँदै

    धनगढी— धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा।जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधिले शनिबार डा. केसीलाई सामान्य भेटे पनि औपचारिक वार्ता भने आज हुनेछ । डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा। अमृत जैसीका अनुसार शनिबार सरकारी टोलीले केसीसँग सामान्य भेट मात्रै गरेका थिए । औपचारिक वार्ता (आज) आइतबार हुने उनले बताए । केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.