राजनीति

    Showing 441-450 of 7,612 items.
  • रमेश बडाल भन्छन वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक छ

    काठमाडौं— पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा स

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 386 पटक पढिएको
  • संविधानलाई सही बाटोमा फर्काउन चुनाव अनिवार्य छः गगन थापा

    काठमाडौं— नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान अवस्थामा फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको कस्तो परिणाम आउछ भन्ने कुरा पछिको विषय भएको भन्दै अहिले संविधानलाई आफ्नो बाटोमा फर्काउनको लागि फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताए ।उनले भने, ‘आजको समयमा चुनाव हुन्छ कि हुदैँन्, चुनाव भएन भने के होला चुनाव हुदैँ गर्दा शान्तिपूर्ण होला कि नहोला भन्ने एउटा पाटो छ । यो कुरामा नेपाली काङ्ग्रेसको तर्फबाट पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नु पर्छ । कि फागुन २१ गते चुनाव गर्ने

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 385 पटक पढिएको
  • फेरि पक्राउ परे निकोलस भुसाल

    काठमाडौँ । माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन जेड प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । सो क्रममा निकोलस भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ ।यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन जेड ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् । केही घाइते पनि त्यहाँ पुगेका छन् ।तर, प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । सोक्रममा प्रहरी

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 192 पटक पढिएको
  • सर्वपक्षीय सरकारको मागसहित माइतीघरमा प्रर्दशनमा उत्रिएका जेन जीहरुलाई प्रहरीले पक्राउ गर्यो

    काठमाडौं— सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मिराज ढुङ्गानाको अगुवाइमा भएको प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू सहभागी थिए।प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठन भएपछि मात्र निष्पक्ष निर्वाचन सम्भव हुने दाबी गरेका थिए। उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।प्रदर्शनका क्रममा युवाहरूले भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरताको मुद्दा उठाउँदै वर्तमान व्यवस्थाले सुशासन दिन नसकेको आरोप लगाए । राजनीतिक स

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 357 पटक पढिएको
  • नागरिकता नियमावली जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं—  नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै आन्दोलन तीव्र पारेको छ। समितिले सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरेको हो।प्रदर्शनकारीहरूले ‘राष्ट्रिय आमा कहाँ छौं? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूको भनाइमा नागरिकता नियमावली नहुँदा हजारौं नागरिक अधिकारबाट वञ्चित भइरहेका छन्।समितिले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार कार्यान्वयन गर्न ढिलाइ भइरहेको भन्दै सरकारको आलोचना गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी र

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 370 पटक पढिएको
  • ‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको बताए ।उनले भने, ‘उहाँहरुले सूचना र निवेदन दिनुभएको छ । सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नु भएको छ । हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्नेछौं । आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौं ।’आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको व

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 343 पटक पढिएको
  • पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा

    काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उहाँले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ भन्नुभयो ।  उहाँले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गर्नुभयो ।  “संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,”उहाँले भन्नुभयो । बदलिएको कांग्रेसले देश बदल्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 162 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक

    काठमाडौं—  प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् ।निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 370 पटक पढिएको
  • युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी

    काठमाडौं— बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पु¥याउन सक्ने चेतावनी दिइन् ।एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् । आफूलाई आत्मरक्षा गर्ने अवसर नदिइएको र अवामी लिगविरुद्ध योजनाबद्ध राजनीतिक दमन गरिएको उनको आरोप छ ।आगामी फेब्रुअरीमा तय गरिएको निर्वाचनप्रति प

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 442 पटक पढिएको
  • यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत

    काठमाडौं—  राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ ।दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 348 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा