राजनीति

    Showing ४७१-४८० of १०,४६४ items.
  • पुराना कानुन फेरिने तयारी, सरकारको ‘कानुन सुधार अभियान’ अघि बढाउन उच्चस्तरीय समिति गठन

    काठमाडौं । दशकौँदेखि संशोधनको पर्खाइमा रहेका कानुनहरू अब पुनरावलोकन हुने भएका छन्। सरकारले आर्थिक वर्ष २०८३÷८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेसँगै त्यसलाई प्रभावकारी बनाउन उच्चस्तरीय कानुन सुधार समिति गठन गरेको छ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको नेतृत्वमा बनेको समितिले प्रचलित कानुनहरूको व्यापक समीक्षा गर्दै समयानुकूल संशोधन, आवश्यक कानुन खारेज, संहिताकरण तथा संविधानअनुकूल नयाँ कानुन निर्माणका लागि सरकारलाई सुझाव दिनेछ।समितिमा विषयगत मन्त्रीहरू, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन आयोगका प्रतिनिधिलगायत कानुनी

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २५९ पटक पढिएको
  • अहिलेको जस्तो क्रूर शासन पञ्चायतकालमा पनि थिएन : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको शैलीमाथि कडा असन्तुष्टि व्यक्त गर्दै अहिलेको शासन व्यवस्था पञ्चायतकालभन्दा पनि दमनकारी बनेको आरोप लगाएका छन्।पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राजनीतिक असहमतिलाई दबाउने प्रवृत्ति बढेको दाबी गरे। आफू पक्राउ पर्दा विरोधमा उत्रिएका नेता–कार्यकर्तामाथि पनि राज्यले बल प्रयोग गरेको भन्दै उनले सरकारको कार्यशैली लोकतान्त्रिक मूल्य–मान्यताविपरीत गएको टिप्पणी गरे।ओलीले प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाउँदै कानुन कार्यान्वयन गर्ने निकाय राजनीतिक दबाबमा चलेको आरोप लगाए। उनले सरकारलाई जनताको

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ७० पटक पढिएको
  • सिफारिस किन थन्काईयो भन्दै प्रधानमन्त्रीलाई जनजाति आयोगको पत्र

    काठमाडौं । आदिवासी जनजाति आयोगले आफ्नै सिफारिसहरू वर्षौँदेखि कार्यान्वयन नभएको भन्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेख्दै सरकारलाई बुझाइएका प्रतिवेदन र सिफारिसको कार्यान्वयन अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन्।आयोगका अनुसार हालसम्म सरकारलाई ८४ वटा सिफारिस बुझाइसकिएको भए पनि १० प्रतिशत पनि कार्यान्वयन हुन नसकेको दाबी गरिएको छ। यसले आयोगको प्रभावकारितामाथि मात्र होइन, सरकारको प्रतिबद्धतामाथि समेत प्रश्न उठेको अध्यक्ष मगरको भनाइ छ।पत्रमा आदिवासी जनजातिको हक–अधिकार, दिगो विकास, थर सूचीकरण, भाषा संरक्षण, सांस्

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १९१ पटक पढिएको
  • साउनदेखि लागू भनिएको बिजुली भ्याट असारकै बिलमा, उपभोक्ता आक्रोशित

    काठमाडौं । सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपतमा १ साउनदेखि ५ प्रतिशत भ्याट लागू गर्ने घोषणा गरे पनि नेपाल विद्युत् प्राधिकरणले असारमा उपभोग भएको विद्युतको बिलमै भ्याट जोड्न थालेपछि विवाद चर्किएको छ। नयाँ कर पुरानो खपतमा किन लगाइयो भन्ने प्रश्न उठेपछि प्राधिकरण र कर प्रशासनको व्याख्या पनि फरक–फरक देखिएको छ।सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १ साउनदेखि ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेको थियो। तर, साउनमा जारी भएका केही विद्युत् बिलमा असार महिनाको खपतमा समेत भ्याट जोडिएपछि उपभोक्ताले विरोध जनाएका छन्। सामाजिक सञ्जालमा धेरै उपभोक्ताले

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २९५ पटक पढिएको
  • सरकारी विज्ञापनलाई ‘हतियार’ बनाउन पाइँदैन : सर्वाेच्च अदालत

    काठमाडौं । सरकारले आफ्नो आलोचना गर्ने सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्न र समर्थन गर्ने माध्यमलाई प्राथमिकता दिन नपाउने भन्दै सर्वोच्च अदालतले ऐतिहासिक व्याख्या गरेको छ। अदालतले सरकारी विज्ञापनलाई दण्ड वा पुरस्कार बाँड्ने राजनीतिक हतियार बनाउन नमिल्ने स्पष्ट आदेश दिएको हो।असार ३० गते न्यायाधीश नृपध्वज निरौला र शारंगा सुवेदीको संयुक्त इजलासले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै दिने सरकारको निर्णय बदर गर्दै यस्तो व्याख्या गरेको हो।अदालतले सार्वजनिक विज्ञापन कुनै सञ्चारमाध्यमको स्वतः अधिकार नभए पनि त्यसको वितरण पारदर्शी, वस्तुगत र समानतामूलक मापदण्डका आधारमा हुनुपर्ने उ

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २०६ पटक पढिएको
  • त्रिविमा अन्तर्राष्ट्रियकरणको तयारी, विदेशी प्रोफेसर ल्याउनेदेखि नेपाली प्राध्यापक विदेश पठाउने योजना

    काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा ‘प्रोफेसर एक्सचेन्ज प्रोग्राम’ सञ्चालन गर्ने तयारी सुरु भएको बताएका छन्। उनले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै योग्यता र प्राज्ञिक स्वतन्त्रतामा आधारित प्रणाली विकास गर्ने प्रतिबद्धता पनि दोहोर्याए।त्रिभुवन विश्वविद्यालयको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सहकार्य विस्तार गर्न विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको जानकारी दिए।उनका अनुसार प्रस्तावि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ३७५ पटक पढिएको
  • कांग्रेस इतर समूह राष्ट्रिय भेलाको तयारीमा, कसरी गर्दैछ ?

    काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ। संस्थापनबाट अलग भएको शेरबहादुर देउवा–डा. शेखर कोइराला समूहले साउन २९ गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेसँगै पार्टीभित्रको शक्ति संघर्ष थप तीव्र बनेको छ। यो भेला केवल नियमित बैठक नभई कांग्रेसको भावी दिशा र सम्भावित राजनीतिक समीकरण तय गर्ने मञ्चका रूपमा हेरिएको छ।भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार समूहको बैठक बस्दैछ। बैठकले प्रतिनिधि छनोटको मापदण्ड, जिम्मेवारी बाँडफाँट, दस्तावेज तयारी तथा कार्यक्रम सञ्चालनको ढाँचा टुंगो लगाउनेछ।इतर समूहले भेलामार्फत पार्टीको राजनीतिक कार्यदिशा, सांगठनिक पुनर्संरचना, नीतिगत सुध

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १७४ पटक पढिएको
  • झापाका १८ परिवारको दशकौँदेखिको प्रतीक्षा अन्त्य, आफ्नै नाममा पाए लालपुर्जा

    काठमाडौं । झापाको अर्जुनधारामा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारले अन्ततः आफ्नै नाममा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्। लालपुर्जा वितरणसँगै ती परिवार कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व स्थापित गर्न सफल भएका छन्।जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार विशेष कार्यक्रममार्फत १८ परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो। वर्षौँदेखि स्वामित्वविहीन अवस्थामा बस्दै आएका स्थानीयका लागि यो निर्णय महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। भूमि व्यवस्था मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १९५ पटक पढिएको
  • त्रिविको वार्षिकोत्सवमा विद्यार्थी प्रदर्शन, स्ववियू उपसभापतिसहित २३ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव कार्यक्रमका क्रममा शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामध्ये त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा तथा विभिन्न क्याम्पसका विद्यार्थी नेताहरू पनि रहेका छन्। उनीहरूलाई हाल प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ।विद्यार्थीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सहकुलपति बनाउने व्यवस्था हटाउन तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गर्

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ३१६ पटक पढिएको
  • रास्वपाका सभापति रवि लामिछाने बेइजिङ जाँदै, चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ताको तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी साउन अन्त्यतिर चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी पाँच दिने भ्रमणका लागि बेइजिङ जाने कार्यक्रम तय भएको स्रोतहरूले बताएका छन्।भ्रमणका क्रममा लामिछानेले चीनका विदेशमन्त्री वाङ यीसहित चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेतासँग भेटवार्ता गर्ने तयारी भएको जनाइएको छ। यद्यपि भेट हुने अन्य नेताको नाम भने सार्वजनिक गरिएको छैन।स्रोतका अनुसार यो भ्रमण सरकार–सरकारबीच नभई पार्टी–टु–पार्टी सम्बन्ध अन्तर्गत हुन लागेको हो। यसअघि नै चीनबाट निमन्त्रणा आए पनि विभिन्न कारणले भ्रमण हु

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २३३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.