राजनीति

    Showing 481-490 of 7,614 items.
  • निर्धारित मितिमै चुनाव हुनुपर्छः शेखर कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।“संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो”-कोइरालाले भने-“हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।”सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । “दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे ।आफ्नो निर्वाचन क्षेत्र मोरङ- ६ अन्तर

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 369 पटक पढिएको
  • एमालेमा सवल लोकतान्त्रिक अभ्यासः भृकुटीमण्डपमा देखिएको उत्साह

    काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २२७ मत खसेको थियो । भृकुटीमण्डपमा नतिजा सार्वजनिक भएसँगै महाधिवेशनस्थल उत्साह, खुशीयाली र नाराबाजीले गुञ्जायमान बनेको थियो । मतदानमा सहभागी प्रतिनिधिहरूले आफ्नो मतको सम्मान भएको अनुभूति गर्दै खुसी व्यक्त गरेका थिए ।महाधिवेशनमा नेकपा एमालेभित्र देखिएका दुई प्यानल—केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम नतिजाअनुसार ओली नेतृत्वको प्यानल विजयी भएको छ । नतिजा सार्वजनिक भएपछि ‘केपी ओली वी लभ यू’, ‘महेश बस्नेत जिन्दा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 369 पटक पढिएको
  • विमान नउडेपछि काठमाडौं एयरपोर्टमा कुर्दै रवि लामिछाने

    भैरहवा— पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा आउने तयारीमा रहे पनि विमान उड्न नसक्दा काठमाडौंमै रोकिएका छन् ।थुनामुक्त प्रक्रिया पूरा गर्नका लागि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेकाले उडान तथा अवतरण अवरुद्ध हुँदा उनी भैरहवा जान सकेका छैनन्।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । आदेश ढिलो आएको र आवश्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 379 पटक पढिएको
  • रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि

    काठमाडौं— रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाटै रिहा हुने भएका छन्।नक्खु कारागारले अदालतमा पत्र पठाइसकेको छ। अब त्यहाँ उच्च अदालतको आदेशअनुसारका सर्तमा कागज गराएर लामिछानेलाई रिहा गरिने अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।रुपन्देहीकै बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो।त्यसको कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 375 पटक पढिएको
  • सत्तामा बसेका सबै नेताहरुको सम्पत्ति छानविन हुनुपर्छः नानु बाँस्तोला

    काठमाडौं— नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन् भन्नेमा आशंका गर्न नहुने बताएकी छिन् । उनले इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा महाधिवशेन राष्ट्रिय निर्वाचन अगाडि नै सम्पन्न गर्न सकिने बताइन् ।उनले भनिन्,‘यतिबेला पार्टीले महाधिवेशन र निर्वाचनको तयारी दोहोरो जिम्मेवारीका साथ काम गरिरहेको छ । कार्यतालिका नआउँदासम्म महाधिवेशन हुँदैन कि भन्नेमा आशंका थियो तर अब सर्वसम्मत रुपमा आएकाले कुनै शंका गर्नु पर्दैन् । किनभने अब हामीले एक भएर एकताबद्ध रुपमा महाधिवेशनको तयारीमा जुट्नुपर्छ । जसका कारण महाधिवेशन सफल

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 377 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त भएको थियो । नियुक्तिपछि संविधानिक प्रावधानअनुसार ३०दिन भित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।मुख्यमन्त्री यादवलाई जसपा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 382 पटक पढिएको
  • अध्यक्ष ओली भन्छन एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ

    काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् ।बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरे।उनले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताए।उनले भने, ‘देशको अत्यन्तै असहज अवस्थामा नेकपा एमाले राजनीतिकमा फेरी राष्ट्रियत

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 383 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    काठमाडौं— नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो।यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक हो।आजको बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ ।तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथग्रहण गरिसकेका छन्।११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 347 पटक पढिएको
  • एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

    काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ ।पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो । बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ ।पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने सभा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 197 पटक पढिएको
  • निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

    काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरिन लागेको हो ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम प्रतिवेदनअनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 220 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा