राजनीति

    Showing ४१-५० of १०,४६४ items.
  • भोटेकोशी बाढीपछि उद्धार र राहतमा सबै जुट्न राष्ट्रपतिको अपिल

    काठमाडौं । रसुवा र नुवाकोट हुँदै बगेको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन्।राष्ट्रपति पौडेलले बाढी प्रभावितको उद्धार तथा राहतलाई तत्काल तीव्र बनाउन सरकारसहित सबै निकायलाई आग्रह गरेका छन्।उनले सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ–संस्था र आम नागरिकलाई समेत विपद्को घडीमा एकजुट भएर उद्धार र राहतमा जुट्न अपिल गरेका छन्।भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बस्ती, पूर्वाधार तथा विभिन्न संरचनामा क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार कार्य

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७० पटक पढिएको
  • गण्डकीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

    पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन्।एमालेबाट सरकारमा सहभागी चारै मन्त्रीले राजीनामा दिएसँगै गण्डकी प्रदेशको सत्ता समीकरणमा फेरबदल आएको छ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७३ पटक पढिएको
  • भोटेकोशी बाढीपछि प्रचण्डको ‘एक्सन’ : पार्टी पंक्तिलाई उद्धार-राहतमा खटिन निर्देशन

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाउन अपिल गरेका छन्।बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्रचण्डले नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।विपद्को घडीमा संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल तथा नागरिक समाज एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगमा जुट्नुपर्ने उनको भनाइ छ।प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टी पंक्तिलाई प्रभावित क्षेत्र

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १८५ पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए आपतकालिन बैठक

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्। बाढी प्रभावितको उद्धार तथा तल्लो तटीय क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि तत्काल कदम चाल्न बैठक बोलाइएको हो।प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा बोलाएका छन्।बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्रीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन्।भोटेकोशीमा आ

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १८५ पटक पढिएको
  • सर्वोच्चका फैसलामाथि प्रश्न उठेपछि बारको एक्सन

    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले पछिल्लो ११ वर्षमा सर्वोच्च अदालतबाट भएका महत्वपूर्ण फैसलाको अध्ययन गर्ने भएको छ । बारले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा गठन गरेको फैसला अध्ययन समितिले १ वैशाख २०७२ देखि चैत मसान्त २०८२ सम्मका प्रकाशित तथा अप्रकाशित महत्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई आह्वान गरेको हो ।समितिले संकलन भएका फैसलाको अध्ययन गरी प्रतिवेदन तयार पारेर सर्वोच्च अदालत बार एसोसिएसनलाई बुझाउनेछ । समितिमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली सहसंयोजक तथा प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत र कमलप्रसाद इटनी सदस्य छन् । निर्मलप्रसाद उपाध्याय सदस

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २६६ पटक पढिएको
  • लुम्बिनीमा एमाले–नेकपा सत्ता सहकार्य : तीन मन्त्री थपिए, मन्त्रालय हेरफेर

    बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले तीनै मन्त्रीलाई शपथ गराएका हुन् । शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि सहभागी थिए ।नेकपाबाट मन्त्री बनेका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि लुम्बिनीमा एमाले र नेकपाबीच सत्ता सहकार्य अघि

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २०३ पटक पढिएको
  • गण्डकीमा एमाले आउट, सत्ता जोगाउने कांग्रेसको खेल : खगराजलाई राप्रपाकै भर

    पोखरा । सत्ताको खेलमा गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेले आफ्ना चार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।एमाले गण्डकी संसदीय बोर्डको मंगलबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। एमालेबाट गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, भीमबहादुर कार्की र लक्ष्मणबहादुर पाण्डे मन्त्री थिए।एमालेले सरकार छाडे पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तत्काल अल्पमतमा पर्ने अवस्था भने छैन। ५९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्छ। कांग्रेससँग २७ सांसद छन् भने राप्रपाका २ र नेसपाका १ सांसदको समर्थन कायमै रहे पाण्डे सरकारसँग बहुमत पुग्छ।तर एमाले र नेकपाले नय

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २०२ पटक पढिएको
  • बागमतीमा नेकपाको असन्तुष्टि तत्काल थामियो, प्रचण्ड भेटेपछि थापालाई विश्वासको मत

    काठमाडौं । बागमती प्रदेश सरकारमा देखिएको सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्रको असन्तुष्टि तत्कालका लागि थामिएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिन तयार भएका छन्।मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपाका केही सांसद भने राप्रपासँगको सत्ता सहकार्य र मन्त्रालय बाँडफाँडप्रति असन्तुष्ट बनेका थिए। असन्तुष्ट सांसदहरू हेटौँडा नगई काठमाडौंमै बसेर पार्टी नेतृत्वसँग छलफलमा जुटेका थिए।मंगलबार दिउँसो प्रचण्डसँग भएको भेटपछि भने तत्काल सरकारलाई अप्ठ्यारो नपार्ने सहमति बनेको हो। सांसद गंगानारायण

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २१४ पटक पढिएको
  • राप्रपाको कारबाही विवादमा ज्ञानेन्द्र शाहीको ब्रेक, ‘निवेदन दिँदैमा सांसद पद जाँदैन’

    काठमाडौं । बागमती प्रदेशमा राप्रपाका सांसदलाई पार्टीले कारबाही गरेको विषयमा प्रवक्ता ज्ञानेन्द्र शाहीले नै स्पष्ट पार्नुपर्ने अवस्था आएको छ।सांसद पदबाट हटाइएको चर्चा भइरहेका बेला शाहीले अहिलेसम्म राप्रपाका बागमती प्रदेशसभा सदस्य पदमुक्त नभएको दाबी गरेका छन्। उनका अनुसार पार्टीले प्रदेशसभा सचिवालयमा कारबाहीका लागि निवेदन मात्र दिएको हो।शाहीले निवेदन बुझाउँदैमा सांसद पद स्वतः समाप्त नहुने बताएका छन्। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसदलाई पदमुक्त भएको प्रचार गर्नु गलत हुने उनको भनाइ छ।‘कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भए

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ११४ पटक पढिएको
  • बागमतीमा आफ्नै सरकारविरुद्ध नेकपाका सांसदको असन्तुष्टि, ४ मन्त्रालय नपाए विश्वासको मत नदिने अडान

    काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन खोजिरहेका बेला सत्तारुढ नेकपाभित्रै असन्तुष्टि चर्किएको छ।मन्त्रालय बाँडफाँडमा पार्टीले अपेक्षित हिस्सा नपाएको भन्दै नेकपाका केही सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिन अस्वीकार गर्ने संकेत दिएका छन्। असन्तुष्ट सांसदहरू पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न काठमाडौंमै रोकिएका छन्।उनीहरूको मुख्य माग नेकपाले बागमती सरकारमा चार मन्त्रालय पाउनुपर्ने रहेको छ। हाल दुई मन्त्रालय मात्र पाउने अवस्था बनेको र त्यसमध्ये अर्थ मन्त्रालयसमेत बजेट आइसकेपछि प्रभावहीन हुने उनीहरूको तर्क छ।सांसदहरूले पार्टी नेतृत्वले एमाले र

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १८७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.