राजनीति

    Showing 5,481-5,490 of 10,435 items.
  • सांसद सापकोटा भन्छन प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बने

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।उनले तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसद्‌मार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने उल्लेख गरे । गणतन्त्रवादीहरूलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनुपर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे ।प्रधानमन्त्रीले अराजकतालाई मलजल गरेको आरोप लगाए । व्यवस्थाविरोधी तीनकुने घटनामा मान्छेलाई थुनेर आगो लगाएर हत्या हुँदा समेत प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेर लो

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 250 पटक पढिएको
  • १६३ दिनपछि नेतृत्वमा फर्किंदै रवि लामिछाने

    काठमाडौं— रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा फर्किने भएका छन् । नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्किन लागेका हुन् ।लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई दिएका थिए ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, सोमबार रास्वपाको केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभा

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 339 पटक पढिएको
  • राजावादीले गरेको तोडफोड र लुटपाटविरुद्ध चैत २५ भित्रै प्रदर्शन गर्ने एकीकृत समाजवादीको निर्णय

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)ले १५ गते राजावादीहरूले प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालय, कार्यालयमा रहेका भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाटविरुद्ध चैत २५ गतेभित्रै सबै प्रदेश, जिल्ला र स्थानीय कमिटीमा प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णय आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै पार्टीले राजावादी हर्कतबिरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । बैठकले पारित गरेको निर्णयमा समाजवादीले भनेको छ, ‘हाम्रो पार्टी कार्यालय काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 312 पटक पढिएको
  • एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विकसित राजनीतिक सन्दर्भका बारेमा विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणाहरु सार्वजनिक गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको उक्त पत्रकार सम्मेलनमा सहभागि भएर समाचार संकलन तथा प्रसारणका निम्ति सञ्चारकर्मी साथीहरुलाई पार्टीले विशेष निमन्त्रणासमेत गरेको छ। साथै स्थायी कमिटी बैठकका निर्णयसमेत सार्वजनिक गरिने प्रमुख ज्वालाको भनाई छ। 

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 391 पटक पढिएको
  • तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ ।शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरेका छन् ।उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 308 पटक पढिएको
  • बालेनले पूर्वराजालाई तोके ७ लाख ९३ हजार जरिवाना

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ। दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।राजावादी प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न पटक—पटक प्रयास गरेका थिए। पछि प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाउँदै प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेका थिए।प्रसाईंसँगै प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।आग

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 344 पटक पढिएको
  • २२ घण्टा बितिसक्दा पनि सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गर्न सकेन

    काठमाडौं—ं  राजावादी आन्दोनलका कमान्डर दुर्गा प्रसाईंलाई सरकारले अझै पक्राउ गर्न सकेको छैन । २२ घण्टा बिते पनि प्रसाईंलाई सरकारले पक्राउ गर्न सकेको छैन । मोबाइल स्वीचअफ गरेर फरार भएका प्रसाईंको अन्तिम लोकेसन पत्ता लगाए पनि प्रहरीले उनलाई दिउँसो १ बजेसम्म पक्राउ गर्न नसकेको बताएको छ । प्रहरीका अनुसार उनको अन्तिम लोकेसन ललितपुरको भैंसेपाटी देखिएको छ ।     जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार प्रसाईं हिजो साँझसम्म धर्मगुरु पुस्कर खतिवडाको घरमा थिए । त्यहाँबाट निस्किएका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परि

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 404 पटक पढिएको
  • समसामयिक घटनाक्रमको समीक्षा गर्न राप्रपाले बोलायो बैठक

    काठमाडौं—ं राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्नेछ ।समसामयिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए। शुक्रबार राजावादीको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । राजावादीको आान्दोलनपछिपार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन्। 

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 308 पटक पढिएको
  • राजावादीको आन्दोलनः दुईको मृत्यु, १४ ठाउँमा आगजनी र १५ सवारी साधन जलाए

    काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 523 पटक पढिएको
  • अमानवीय घटनाहरू गैरकानुनी तथा भर्त्सनायोग्य : गृह मन्त्रालय

    काठमाडौं— गृह मन्त्रालयले पूर्वराजाका समर्थकहरूद्वारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।'व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानुनी तथा घोर भर्त्सनायोग्य छन्,

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 396 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.