काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न पूर्वसभापति शेरबहादुर देउवा समूहले अघि सारेको कानुनी प्रयासमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले बिहीबारका लागि पेसी तोकेको हो।देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवादको टुंगो नलागेसम्म महाधिवेशनका प्रक्रिया अघि बढाउन नहुने दाबी गरेको छ। उक्त विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सा दिइसकेको अवस्थामा त्यसको फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने उनीहरूको तर्क छ।कांग्रेसले भने आगामी असोज
काठमाडौं । नेकपा एमालेमा केन्द्रीय कमिटी बैठक बस्नुअघि पार्टी पुनर्गठनसम्बन्धी कार्यदल र सचिवालय बैठक बस्ने तयारी भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् । ओलीको निर्देशनपछि महासचिव पोखरेलले भने त्यसअघि कार्यदल र सचिवालय बैठक राखेर मात्र केन्द्रीय कमिटीमा जान उपयुक्त हुने प्रस्ताव गरेका छन् ।पोखरेलले अध्यक्ष ओलीसँग भेटेरै पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक पहिले बस्नुपर्ने र त्यसपछि सचिवालय बैठक राखेर केन्द्रीय कमिटी बैठकमा जानुपर्ने धारणा राखेका हुन् ।अध्यक्ष ओलीले गुण्डुबाट फोनमार्फत महासचिव पोखरे
काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले फोहोर व्यवस्थापनदेखि स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकारसम्मका विषय लिएर प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने भएका छन् ।काठमाडौं उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्काल भेटको समय माग गरी उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।फोरमले फोहोर व्यवस्थापनलाई तीनै तहका सरकारको साझा जिम्मेवारी भन्दै दीर्घकालीन समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबी
काठमाडौं । बागमती प्रदेशमा मन्त्रालय भागबण्डाको विवादले सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै किचलो चर्किएको छ । असन्तुष्ट आठ सांसदले असहयोग गर्ने संकेत गरेपछि मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मत नै संकटमा परेको छ ।मन्त्रालय बाँडफाँडमा आफूहरूमाथि विभेद भएको भन्दै नेकपाका असन्तुष्ट सांसदहरू सोमबारको प्रक्रियामा सहभागी भएनन् । उनीहरू बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची मंगलबार दिउँसो ४ बजेसम्मका लागि सारिएको छ ।बागमती प्रदेशसभामा नेकपाका २६ सांसद छन् । तीमध्ये आठ सांसद असन्तुष्ट बनेपछि सरकारलाई विश्वासको मत जुटाउन चुनौती थपिएको हो ।असन्तुष्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै स्वास्थ्य परीक्षणको प्रतिवेदन संसद् सचिवालयमा बुझाएका छन् ।संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्य समस्याका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएका हुन् ।यसअघि सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य प्रतिवेदनबिना कालो चस्मा लगाएर सदनमा उपस्थित हुन नपाउने निर्णय गरेको थियो । कालो चस्मा लगाउनैपर्ने अवस्था भए स्वास्थ्यसम्बन्धी प्रमाणसहि
काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभाको मंगलबारका लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरेको बैठक ‘विशेष कारण’ देखाउँदै स्थगित गरिएको जनाएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक स्थगित गरी भोलि भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन् । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएकाले भोलिका लागि बैठक सारिएको उल्लेख छ । यद्यपि, बैठक स्थगित गर्नुको विशेष कारण भने सचिवालयले खुलाएको छैन
सुर्खेत / कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंग्याउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ । मन्त्री छनोटको जिम्मेवारी अब नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले टुंग्याउने भएका छन् । नेकपाले कर्णालीमा पाएको तीन मन्त्रालयमा मन्त्री छनोटका लागि सोमबार बिहानसम्म पनि सहमति जुट्न नसकेपछि सात जना आकांक्षीको नाम केन्द्रमा पठाइएको नेकपा कर्णालीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार केन्द्रबाट नाम फाइनल भएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । यसअघि सो
काठमाडौं । प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रतिनिधिसभामा प्रश्न उठाएका छन्। सोमबारको संसद् बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिको भ्रमणबारे मन्त्रिपरिषद् र संसद्लाई जानकारी दिइएको हो कि होइन रु भन्दै प्रश्न गरे।उनले प्रधानमन्त्रीको निजी जीवन भए पनि सार्वजनिक पदमा रहेपछि उनका गतिविधि राज्य र जनतासँग जोडिने भन्दै भ्रमणको उद्देश्यबारे सदनलाई स्पष्ट जानकारी दिनुपर्ने बताए।‘प्रधानमन्त्री मुस्ताङ किन जानुभयो रु के खान जानुभएको रु’ भन्दै उनले व्यंग्यात्मक प्रश्नसमेत गरे।साम्पाङले प्रधानमन्त्री मुस्ताङ गएक
जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई पिकअप सवारी साधन हस्तान्तरण गरेको छ ।मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई एक ÷एक वटा साथै सर्लाही, रौतहट, चन्द्रपुर र गरुडा ईलाका प्रहरी कार्यालयलाई थप एक÷एक वटा गरी जम्मा १२ वटा पिकअप प्रहरी भ्यान हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको पिकअप भ्यानमा अपर इमरजेन्सी लाईट, साइरन, सेफ्टि बक्स किट, टुलबक्स, ट्राफिक लाईट हाइलाइटर स्टिक पनि समावेश रहेको छ । प्रदेश सरकारले प्रत्येक वर्ष प्रदेशभरीका सुरक्षा निकायका निम्त बजेट छ्ट्याउने गरेको छ । यस वर्ष
बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदारीको सहमतिअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।संविधानको धारा १६८ को उपधारा ९ अनुसार गरिएको सिफारिसमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रस्ताव गरिएको छ।नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.