काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् ।शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए ।उनले भने, ‘निर्वाचन आयोगले २०८२ माग २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून, नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको ठहर गरिएको छ । कथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य वैधानिकता, उपस्थ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवाले अविभावकको भूमिका निार्वाह गरेर सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुपर्ने धारणा राखे ।उनले भने,‘हामीसँग थोरै समय छ, म पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अविभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला । हामी सबै एक ठाउँमा आउनुपर्छ ।’त्यस्तै उनले एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सकिने विश्वास दिलाए
काठमाडौं— निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री समयमै पुर्याउन ढुवानी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपत्रसहित अत्यावश्यक सामग्री ढुवानी गर्न १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको हो। दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोगले कुरियर, ट्रक तथा कन्टेनर सेवातर्फ निजी क्षेत्रका सेवा प्रदायकहरू छनोट गरेको जनाएको छ।आयोगका अनुसार कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रालि छनोट भएका छन्। हेलिकोप्टर सेवा सूचीकृत गर्न आह्वान गरिए पनि कुन
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे बस्न लागेको हो ।पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ ।
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आधारभूत संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा विकास अघि बढाइने उल्लेख गर्दै उनले कोशी नदीसँग जोडिएका सम्भावना र चुनौतीको पहिचान गरी प्रदेश सरकार आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको धारणा व्यक्त गरे ।मुख्यमन्
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन् ।सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौ ।’विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक ने
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोली (आइतबार) बस्ने भएको छ ।बैठक पार्टी सभापतिको निर्देशनअनुसार भोली दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्न लागेको हो ।बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ ।पार्टीले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पुरयाएँ भनेर भनेका भरमा हुन्छ ।
काठमाडौं— गगन थापा नेतृत्वको नेपाली कांग्रेस समूहले पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगसँग छलफल गर्दै दबाब बढाएको छ। शुक्रबार थापा समूह कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेको थियो। उनीहरूले आयोग परिसरमा धर्ना दिनुका साथै आयोगका पदाधिकारीसँग भेट गरी पार्टी विधानमा रहेको व्यवस्थाबारे स्पष्ट पारेका छन्। थापा समूहले विधानअनुसार आफूहरू नै वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगलाई यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ।
जनकपुर । प्रतिनिधिसभा अन्तर्गतको निर्वाचनमा धनुषा जिल्लाबाट जम्मा मतदाता ५ लाख १४ हजार ५ सय ७१ जना रहेका छन् ।जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै धनुषा क्षेत्र नं.३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्रहरु बारे जानकारी गराएका छन् । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको छ ।क्षेत्र नं.१ को निर्वाचन कार्यालय धनुषाधाममा रहेको छ भने निर्वाचन अधिकृत मनोज बराल रहेका छन् । यस क्षेत्रमा कुल १ लाख २६ हजार ४० जना मतदाता रहेका छन् भने मतदानस्थल ८५ वटा रहेक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.