काठमाडौं— नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले विघटन भइसकेको केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा कुनैपनि दृष्टिले नीतिगत नभएको बताएका छन् ।निर्वाचन आयोग पुगेका उनले निर्वाचन आयुक्त अगाडि महामन्त्रीलाई कारबाही गरियो भनिएपनि दुवै जना महामन्त्री पदबाट निस्किसकेको भन्दै नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पारित गरेको कार्यविधि कार्यान्वयन भइसकेपछि विघटित केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा नीतिगत नभएको बताए ।उनले भने, ‘हामीले विशेष महाधिवेशन आह्वान गर्ने बेला कारबाहीको कुरा नै आएको थिएन
मुगु— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ । मुगु क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन हुने उक्त कार्यालय सदरमुकाम गमगढीस्थित जिल्ला अदालत परिसरभित्र रहनेगरी स्थापना गरिएको हो ।निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन प्रशासनले आवश्यक तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश निमबहादुर कुवरले जानकारी दिए ।उनका अनुसार जिल्लाभरि कुल ६७ वटा मतदान स्थल र ६९ वटा मतदान केन्द्र तोकिएका छन्, जसबाट मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न
काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यहरुले धर्ना दिएका छन् ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन् ।धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि शहीद परिवारलाई दुःख दिँदै यताउता कुदाइरहेको आरोप लगाए । उनले आन्दोलनका क्रममा उठाइएका मागहरू कागजी रूपमा स्वीकार गरिएको भए पनि व्यवहारमा कुनै पनि माग पूरा नभएको बताए ।‘हामीले उठाएका मुद्दाहरू कागजमै सीमित भएका छन्, तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘त्यसैले बाध्य भए
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् ।शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै वैधानिकता छैन्, भएपनि वार्ता भंग गरें । त्यसपछि फेरि चिठी पठाउनु भएको थियो । माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो । जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म वार्ताको लागि आएको मात्
काठमाडौं— नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे ।‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हा
काठमाडौं— करिब ७ सय भन्दा बढी नेता कार्यकर्ताहरु उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । उज्यालो नेपाल पार्टीले आज काठमाण्डौंको बौद्धमा आयोजना गरेको वृहत भेलामा अन्य दल तथा संगठन परित्याग गरेर उज्यालोमा प्रवेश गरेका हुन्।सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको सहभागितामा उक्त भेला सम्पन्न भएको उज्यालो पार्टीका एक नेताले जानकारी दिएका छन्।भेलामा सहभागी वक्ताहरूले यस पटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढता व्यक्त गरे। उनीहरूले विकास, सुशासन र परिणाममुखी राजनीत
काठमाडौं— काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।पाण्डेले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष राजीनामा बुझाएका हुन् ।पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ । उनले यसअघि नै महानगर प्रमुख बालेन साह (बालेन) ले राजीनामा दिनुअघि आफूले पद छाड्ने तयारीमा रहेको सार्वजनिक रूपमा बताउँदै आएका थिए ।यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेनले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ । उनले पनि केही
काठमाडौं— कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् ।शुक्रबार निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका नेपाली कांग्रेसका नेताहरूसँगको कुराकानीका क्रममा उनले आयोगले कुनै पनि विषयमा अध्ययन र विश्लेषण गरी संस्थागत परम्परा अनुरूप निर्णय लिने बताएका हुन् ।‘विधी, पद्दती छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधी र पद्दतीभन्दा बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।आयोगले विधि
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन् ।निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन् ।उनले विधानको स्पष्ट व्यवस्था उल्लेख गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए ।उनले भने,‘उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपर्यो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.