काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारको आर्थिक नीति र चालु आर्थिक वर्षको बजेटप्रति तीव्र असन्तुष्टि जनाएकी छन्। उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै अर्थमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गरेकी हुन्।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संग्रौलाले बजेट कार्यान्वयनको कमजोरी पहिलो महिनामै देखिन थालेको बताइन्। उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नहुनु सरकारको आर्थिक नीतिप्रति निजी क्षेत्रको अविश्वासको संकेत हो।उनले भनिन्, ‘बैंकमा पैसा छ, तर व्यवसायी ऋण लिएर लगानी गर्न तयार छैनन्। के दुईति
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले बालिकाहरू घर, बाटो, विद्यालय तथा गाउँबस्तीमा समेत असुरक्षित रहेको बताइन् ।उनले भनिन्, ‘हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने रु न घरमा सुरक्षित छन्, न बाटोमा, न विद्यालयमा सुरक्षित छन्, न त गाउँबस्तीमै ।’उनले सप्तरीकी दुई वर्षीया खुसी खातुनको हत्या तथा बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।घटना भएपछि सडकमा आन्दोलन हुने र त्यसपछि सरकार त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक भए पनि महिलामाथिको हिंसा र प्रहार रोकिएको अवस्था नरहेको बताइन्।उनले घर–परिवार, यातायात, सडक, सामाजिक सञ्जालदेखि संसदसम्म महिलामाथि हुने पीडादायी घटनाबारे सबै जानकार रहेको बताइन्।उनले भनिन्,जन्मिनुअघि नै छोरी भनेर आमाको पेटमा नै हत्या हुन्छ। जन्मिएर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त बन्छिन्। सबैबाट ब
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बारा जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या तथा सप्तरीकी दुई वर्षीया खुसी खातुनको घरपरिवारबाटै हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको उल्लेख गर्दै यस्ता घटनाले राज्य संयन्त्र र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएको बताइन्।‘निर्दोष छोरीहरू निरन्तर क्रुर हिंसा, यौनजन्य अत्याचार र विभत्स हत्याको शिकार हुनुले हाम्रो कानुनी राज्यको मर्यादा र सामाजिक
काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रम्तेलले बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिन् ।उनले गरिमा चौधरीको हत्याको घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै यस्ता जघन्य अपराधमा दोषी ठहर हुने व्यक्तिलाई मृत्युदण्डबाहेक संविधानसम्मत सबैभन्दा कठोर सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।संविधानले मृत्युदण्ड निषेध गरेको उल्लेख गर्दै उनले दोषीलाई जीवनभ
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताए । उनका अनुसार ठक्करबाट सामान्य घाइते भएकी बोहरालाई गाडीले ब्याक गरेर पुनः ठक्कर दिँइ घटनास्थलमै मृत्यु भएको हो ।घटनापछि मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएर विरोध जनाउँदा प्रहरीले गाडीमाथि कानुनी कारबाही गर्नुको सट्टा शवला
काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताएका छन्।सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा एशिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालालाई सम्बोधन गर्दै गिरीले समिति बैठक, समितिका क्रियाकलाप तथा संसदका अन्य गतिविधि नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए।उनले भने,‘संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरुरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।’गिरीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक भए पनि संघीय संसद सचिवालय सामाजिक सञ्जालको प्रयोगमा केही कमजो
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठ
काठमाडौं । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्ता घटनाहरू सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणाम भएको बताएका हुन् ।महासचिव पोखरेलका अनुसार देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको शृङ्खलासमेत वृद्धि गराएको छ । समाजमा अपराध बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना हुने उनको भनाइ छ ।महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार त
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । थारु कल्याण कारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन् ।थारु कल्याण कारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारु समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.