राजनीति

    Showing ७१-८० of १०,४६४ items.
  • चन्द्र नहरलाई सिँचाइ पूर्वाधारसँगै ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरौं : मन्त्री श्रेष्ठ

    सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीहरूको निरीक्षणका क्रममा फत्तेपुर पुग्नुभएका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीको ऐतिहासिक उदाहरणका रूपमा विकास गर्दै कृषि उत्पादन, संरक्षण र पर्यटनसँग जोड्न सकिने धारणा राखे ।उनले नहरको सुरक्षा, मर्मतसम्भार र पुनरुद्धारका लागि स्थानीय तहसँग सम

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १८२ पटक पढिएको
  • कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८३÷८४ का लागि पर्यटन प्रवद्र्धनमा विनियोजन गरेको बजेटको झण्डै ८० प्रतिशत रकम मठ–मन्दिर, कुलदेवताका थान, गुम्बा, चर्च र अन्य धार्मिक संरचनासम्बन्धी योजनामा केन्द्रित गरेको पाइएको छ ।प्रदेश सरकारले रणनीतिक पर्यटन पूर्वाधारमा लगानी गर्ने नीति बनाएको भए पनि व्यवहारमा बजेट टुक्रे र वितरणमुखी योजनामा बाँडिएको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन् । प्रदेश सरकारले यस वर्ष ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ ।त्यसमध्ये पर्यटन क्षेत्रका लागि ५३ करोड ८६ लाख रुपैयाँ अर्थात् कुल बजेटको १.५२ प्रतिशत मात्र छुट्याइएको छ । ‘पर्यटन प्रवद्र्धन

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १२६ पटक पढिएको
  • सामाजिक सञ्जालमा बाबुरामविरुद्ध भ्रामक प्रचार, सचिवालयको आपत्ति

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास भइरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।सचिवालयका अनुसार पुराना अभिव्यक्ति तथा भिडियो तोडमरोड गर्ने, भ्रामक तस्बिर र पोस्टर बनाउने तथा सामाजिक सञ्जालमार्फत धार्मिक घृणा फैलाउने प्रयास भइरहेको छ।धर्मनिरपेक्षता कुनै धर्मविरोधी धारणा नभएको स्पष्ट पार्दै सचिवालयले राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नुपर्ने बताएको छ। विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अपनाउनु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको पनि उसको भनाइ छ।हिन्दु धर्मभित्रका जातीय विभेद, छुवाछूत तथा सामा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १४२ पटक पढिएको
  • बागमतीमा आज शक्ति परीक्षण, मुख्यमन्त्री थापालाई बहुमत जुटाउन सकस

    हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री बनेका थापाका लागि विश्वासको मत लिनु चुनौतीपूर्ण बनेको छ। विशेषगरी राप्रपाभित्र सरकारलाई दिएको समर्थनलाई लिएर विवाद भएपछि उनको बहुमतको अंकगणित कमजोर देखिएको हो।बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन्। विश्वासको मतका लागि कम्तीमा ५३ मत आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ सांसद जोड्दा थापाको पक्षमा ५१ मत मात्रै पुग्छ। त्यसैले थप समर्थन जुटाउनुपर्ने अवस्था छ।त्यसमाथि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ९२ पटक पढिएको
  • कर्णालीमा सत्ता समीकरणको नयाँ अध्याय, नेकपाबाट तीन मन्त्री आजै थपिँदै

    सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारको तयारी अघि बढेको छ। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच भएको सहमतिअनुसार नेकपाबाट तीन जना मन्त्री नियुक्त हुने भएका छन्।सहमति कार्यान्वयन गर्दै नेकपाले कर्णाली सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था–कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ। तीनवटै मन्त्रालयमा आजै मन्त्री नियुक्त गर्ने तयारी भइरहेको नेकपा स्रोतले जनाएको छ। मन्त्रीहरूको शपथका लागि बिहान ११ बजे समय मागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथको तयारी भइरहेको भए पनि अहिलेसम्म मन्त्री

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १५० पटक पढिएको
  • सुनसरीमा रास्वपा नेताहरूसँग ऊर्जामन्त्री श्रेष्ठको भेट

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताहरूसँग भेटघाट गरेका छन् । उनले दुहबी नगरपालिका–३ स्थित प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीको सम्पर्क कार्यालयमा पुगेर जिल्लाका पार्टी नेताहरूसँग भेटवार्ता गरेका हुन् ।भेटमा रास्वपाको सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति यादव कोइराला, सचिव आनन्द हलुवाई, दुहबी नगर अध्यक्ष मित्र निरौलालगायत करिब ४० जना सहभागी थिए । भेटका क्रममा जिल्लाका स्थानीय विषय तथा जनतासँग सम्बन्धित समस्याबारे छलफल भएको बताइएको छ ।सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन गर्न तथा परियोजनाबाट प्र

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४६४ पटक पढिएको
  • मुख्यमन्त्री थापाविरुद्ध कांग्रेसको ह्विप, विपक्षमा मतदान गर्न निर्देशन

    काठमाडौं— नेपाली कांग्रेसले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।कांग्रेसको बागमती प्रदेश संसदीय दलले सूचना जारी गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पार्टीका सबै सांसदलाई अनिवार्य रूपमा प्रदेशसभा बैठकमा उपस्थित हुन भनेको छ । प्रदेशसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ ।कांग्रेसले आफ्ना सांसदलाई मतदानका क्रममा तटस्थ नबस्न र मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको छ । यससँगै

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४८६ पटक पढिएको
  • बञ्चरेडाँडाको फोहोरले गाउँ छाड्नुपर्ने अवस्था, मेयर आचार्य भन्छन् : ‘समाधानका नाममा नाटक भयो’

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा क्षेत्रका बासिन्दा फोहोरकै कारण खेतबारी छाडेर गाउँबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेको धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताएका छन् ।उनका अनुसार ल्यान्डफिल साइटबाट निस्कने लिचड खेतबारीमा पुग्ने, दुर्गन्ध फैलिने, पशुचौपाया मर्ने र रोगको जोखिम बढ्ने समस्या गम्भीर बन्दै गएको छ । चिल–गिद्धले फोहोर बस्ती र खेतसम्म पु¥याउँदा स्थानीयको जनजीवन थप प्रभावित भएको उनको भनाइ छ ।आचार्यले २०६२÷६३ सालदेखि बञ्चरेडाँडामा फोहोर फाल्न थालिए पनि समस्या समाधानका लागि पटक–पटक भएका सहमति कार्यान्वयन नभएको आरोप लगाए । उनका अनुसा

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १८३ पटक पढिएको
  • जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो । उनले भने, ‘आज देशको परिस्थिति असाधारण खालको छ । निकै ठूलो संकटबाट राष्ट्रिय स्वाधीनता

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ३०७ पटक पढिएको
  • पूर्वराजासँग धवलशम्शेरको दुई घण्टा ‘वान टू वान’ वार्ताा , नयाँ पार्टीदेखि चुनावसम्म छलफल

    काठमाडौं । जय नेपाल पार्टीका सभापति धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग करिब दुई घण्टा भेटवार्ता गरेका छन् । काठमाडौंको सोल्टी होटलमा शनिबार भएको भेटमा नयाँ पार्टी गठन, राजसंस्था–हिन्दु राष्ट्रको एजेन्डा र आगामी निर्वाचनबारे छलफल भएको राणाले बताएका छन् ।हिमानी ट्रस्टको कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा शाह र राणाबीच छुट्टै ‘वान टू वान’ वार्ता भएको हो । भेटमा राणाले जय नेपाल पार्टी गठन र यसको राजनीतिक उद्देश्यबारे जानकारी गराएका थिए । पूर्वराजाले पार्टीलाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिँदै शुभकामना दिएको राणाको भनाइ छ ।राणाका अनुसार जय नेपाल पार्टीले राजसंस्था र हिन्दु राष्ट्र

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २३५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.