काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण मनि लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने बताएकी छन्।बिहीबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सम्पत्ति शुद्धिकरण भनेको गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध बनाउने प्रक्रिया भएकाले त्यसलाई रोक्न कानुनी व्यवस्था आवश्यक रहेको बताइन्। उनले नेपाल ग्रे लिस्टमा परेकाले आतङ्कवादी गतिविधि तथा अन्य गैरकानुनी स्रोतबाट आएको धनलाई वित्तीय प्रणालीमा प्रवेश गर्न रोक्न प्रभावकारी कानुन आवश्यक भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सम्पत्ति शुद्धिकरण भन
काठमाडौं / नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै उनले पासपोर्ट छपाइ तथा खरिद प्रक्रियासम्बन्धी विषयमा बाहिर आएका समाचारहरूले देशमा सुशासन र कानुनी शासनमाथि प्रश्न उठाएको बताए । उनले कुनै पनि अनियमितता भएको प्रमाणित भएमा दोषी जोसुकै भए पनि पद वा पहुँच जस्तोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने स्पष्ट पारे । उनले भने, ‘पासपोर्ट छपाइका सन्दर्भमा जोडेर जेजस्ता विषय र घटनाहरू बाहिर आएका छन्, यसले देशमा सुशासन र कानुनी राज्यमाथि गम्भीर प्रश्न उठ
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिद्धिकीले प्रतिनिधि सभा नियमावली, २०८३ ले प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार दिएको उल्लेख गर्दै उक्त व्यवस्थाले सरकारलाई जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन्। प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसदमा आएर देशको गरिमा र जनताको सम्मानका विषयमा स्पष्ट धारणा राख्नुपर्छ। देश र जनताको
काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतको बैंगलोरस्थित चन्द्रपुर अपार्टमेन्टमा कार्यरत बझाङको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको कार्यस्थलमै कुटपिटबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको गम्भीर छानबिन र आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मृतकको शव हाल बैंगलोरको सूर्य सिटी प्रहरी कार्या
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रस्तावित कानुनी व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बहुलवाद र लोकतान्त्रिक अधिकारमा गम्भीर असर पार्ने दाबी गरे। उनका अनुसार, संविधानले प्रत्येक नागरिकलाई विचार राख्ने, असहमति जनाउने र सरकारको आलोचना गर्ने अधिकार दिएको भए पनि प्रस्तावित मस्यौदाले शान्तिपूर्ण राजनीतिक असहमति र संविधान
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाएका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सुकुम्बासी बस्ती हटाउने अभियानमा सरकार संवेदनशील बन्न नसकेको बताए। उनले भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति सरकारले कुनै संवेदनशीलता नदेखाएको आरोप लगाए। राईले संविधानको धारा १६ ले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३७ को आवासको हक, धारा ३६ को खाद्य अधिकार, धार
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ मा प्रयोग भएका केही शब्द तथा व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले प्रयोगशालाको शाखा स्थापना, सञ्चालन तथा कानुनी व्यवस्थालाई व्यवहारिक बनाइनुपर्नेमा जोड दिए । उनले चालु आर्थिक वर्षमै कम्तीमा दुईवटा प्रदेशमा आधुनिक उपकरणसहित वेल इक्विप्ड प्रयोगशालाका शाखा स्थापना गर्नुपर्ने बताए । उनका अनुसार प्रदेशस्तरमा सशक्त पूर्वाधारयुक्त शाखा स्
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्न निर्देशन दिएको छ।वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले २०८२ चैत ११ गते गरेको निर्णयअनुसार १५औँ महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको महाधिवेशन २०८३ साल साउन मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिकालाई कार्यान्वयन गर्न आवश
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा करारका कर्मचारीमार्फत सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जनशक्ति करारमा नियुक्त गरिने बताए। ‘काम गरिरहने कर्मचारी थप्छौं। आवश्यक परे पाँच वा १० वर्षका लागि करारमा कर्मचारी राखेर काम अघि बढाउँछौं। पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी गरेका छौं,’ उनले भने। मन्त्री पौडेलले आरोग्य
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेका छन्।त्यस अवसरमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.