काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ ।गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो ।सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्र
हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् ।मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौँदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरिएको रकमलाई हेटौँडा कपडा उद्योगको स्तरउन्नति तथा सञ्चालनमा खर्च गर्ने गरी व्यवस्था मिलाउने बताएकी हुन् ।आज हेटौँडामा परीक्षण सञ्चालनमा रहेको कपडा उद्योगको स्थलगत अवलोकन गर्दै मन्त्री यादवले उद्योगलाई अब परीक्षणमै सीमित नराखी नियमित र निरन्तर उत्पादनमा लैजानुपर
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किएका छन्।परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले सोही दिन अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजा गरेका थिए।भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आइतबार जोमसोम–बेनी सडकमार्ग हुँदै काठमाडौं फर्किएका हुन् ।
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा उनले भदौ १ गतेदेखि सुरु भएको हस्ताक्षर अभियानलाई स्थानीय तहसम्म विस्तार गरी एक महिनापछि सरकारलाई बुझाउने बताए ।घिसिङले विद्युत्, राइड सेयरिङ, खानेपानी र सिँचाइजस्ता नागरिकका आधारभूत सेवामा कर लगाउने सरकारको नीति जनविरोधी भएको आरोप लगाए । विद्युत् खपत बढाएर ग्यास र तेल विस्थापन गर्नुपर्ने बेला उल्टै कर लगाएर उपभोक्तालाई निरुत्साहित गरिएको उनको भनाइ छ ।उनले विद्युत् प्राधिकरणको बक्यौता उठाउन नसक्ने तर त्यसको भार सर्वसाधारणमाथि थोपर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरिरहेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन् । सोमबार साँझ रास्वपाको केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा गुरुङले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको हो ।कार्यक्रममा नागरिकले सरकारसँग जोडिएका आफ्ना समस्या, गुनासा र अपेक्षा गृहमन्त्रीसमक्ष सिधै राख्न पाउनेछन् । विशेषगरी गृह प्रशासन, सुरक्षा, सेवा प्रवाह तथा नागरिकका दैनिक सरोकारका विषयमा प्रत्यक्ष प्रश्न–जवाफ हुने अपेक्षा गरिएको छ ।कार्यक्रमको पहिलो चरण नागरिक र गृहमन्त्रीबीच प्रत्यक्ष संवादका रूपमा सञ्चालन हुनेछ । त्यसपछि ना
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सडकमार्ग हुँदै मुस्ताङतर्फ लागे। प्रधानमन्त्री राजधानीबाट बाहिरिएलगत्तै मन्त्रीहरूको पनि जिल्ला दौडाहा सुरु भयो। कोही सुदूरपश्चिम पुगे, कोही कोशी प्रदेशतिर लागे भने कोही अर्को दिनदेखि पश्चिमका जिल्लामा जाने तयारीमा छन्।शिक्षामन्त्री सस्मित पोखरेल शुक्रबार बिहानै धनगढी पुगे। संघीय शिक्षा ऐनको मस्यौदा तयार पार्न देशव्यापी सुझाव संकलन गर्ने क्रममा ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन उनी धनगढी गएका हुन्। प्रधानमन्त्री मुस्ताङतिर लागेकै दिन मन्त्री पनि जिल्ला पुगेपछि सरकारको जिल्ला दौडाहा एकैपटक बाक्लिएको देखिन्छ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्र
काठमाडौं । राजावादी धारलाई एउटै राजनीतिक शक्तिमा संगठित गर्ने लक्ष्यसहित भएको धवलशम्शेर राणा र दुर्गा प्रसाईंको सहकार्य तीन महिना नपुग्दै संकटमा परेको छ। ११ बुँदे सहमतिमार्फत अघि बढेका दुई नेताबीच पार्टीको नेतृत्व संरचना र अधिकार बाँडफाँडमै कुरा नमिलेपछि सहकार्य टुटेको हो।सहमतिको केन्द्रमा हिन्दु राष्ट्र, राजसंस्था, वैदेशिक हस्तक्षेपको विरोध तथा सहकारी–लघुवित्त पीडितका मुद्दा थिए। तर पार्टी निर्माणको चरणमा पुग्दा एजेन्डाभन्दा नेतृत्व कसले गर्ने र अन्तिम निर्णयको अधिकार कहाँ रहने भन्ने प्रश्न निर्णायक बनेको देखिएको छ।प्रसाईंले आफूलाई पार्टीभित्र सर्वोच्च निर्णयकर्ता बनाउने खालको ‘खामेनी मोडल’ ख
काठमाडौं । काठमाडौं उपत्यकाको वर्षौंदेखिको फोहोर व्यवस्थापन समस्या समाधानका लागि बोलाइएको बैठक नै मेयर र रास्वपा सांसदबीचको चर्काचर्कीले विवादित बनेको छ। बैठकमा रास्वपा सांसद आशिका तामाङ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनबीच भनाभन भएपछि आशिका बैठक छाडेर हिँडेकी हुन्।भौतिक पूर्वाधारमन्त्री अस्वस्थ भएपछि सञ्चारमन्त्री विक्रम तिमल्सीनाले आयोजना गरेको बैठकमा उपत्यकाका ९ जना नगरप्रमुख सहभागी थिए। बैठकको उद्देश्य फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नु थियो। तर मेयरहरूले आफ्नो धारणा राख्दै गर्दा बैठकको वातावरण भने आरोप–प्रत्यारोपतर्फ मोडियो।टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी आफ्नो धारणा र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय संरचनापछि सचिवालयसमेत विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा १३ जना थप्ने निर्णय गरेको महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिएका छन्।सचिवालयमा थपिनेहरूमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोतम सुप्रभात यादव, डा। मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल ललितपुर, लिमा अधिकारी आचार्य, दिपकराज बोहरा, समिक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा रहेका छन्।यसअघि सोही बैठकबाट ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको रास्वपाले सचिवालयमा समेत नयाँ सदस्य थपेपछि पार्टीको संगठनात्मक संरचना थप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिलाई थप विस्तार गर्दै ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। सभापति रवि लामिछानेको प्रस्तावमा आज बसेको केन्द्रीय समिति बैठकले उनीहरूको मनोनयन गरेको हो।मनोनीत ९ जनामध्ये तीन जना वर्तमान सरकारका मन्त्री छन्। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई केन्द्रीय सदस्य बनाइएको छ। उनीहरूले यसअघि भएको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरेका थिएनन्।त्यस्तै, पार्टीका पूर्वमहामन्त्री भूपदेव शाह पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। उनीसहित पुरुषोत्तम सुप्रभात यादव, डा. म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.