काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९० रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११
खोटाङ। डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले अनधिकृत रुपमा बिक्रीका लागि लैजान लागेको अवस्थामा फेला परेको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभयो । “काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खु
म्याग्दी। काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्ने बाध्यता आयो । बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नाकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरापालन व्यवसायले आत्मनिर्भर, स्वरोजगार र सफल उद्यमीको पहिचान बनाएका छन् । “विदेशबाट पढेर आएका भाइले बनाएको कुखुरापालनको योजनालाई साथ दिएर बेनी बजार नजिकैको खबरा लभ्लीहिलमा १४ रोपनी जग्गा भाडामा लिएर सुरु गरे
काठमाडौं— सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्। ‘एमबिबिएस/बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपाल’ ले सहमति भएको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयनतर्फ ठोस पहल नभएको भन्दै असन्तुष्टि जनाएको हो।मुभमेन्टका संयोजक डिल्ली हरिजनका अनुसार गत साउन २२ गते अनशनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट आवश्यक निर्णय हुनुपर्ने थियो। तर १६ दिन बितिसक्दा समेत त्यसतर्फ कुनै ठोस प्रगति नभएको उनको भनाइ छ।इन्टर्न चिकित्सकहरूको प्रमुख माग जीवन निर्वाह भत्ता वृद
बारा / बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ की ११ वर्षीया सनाया खातुन बेपत्ता भएकी छन्। केही समयअघि बारामै एक बालिकामाथि भएको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जारी रहेकै बेला अर्को बालिका सम्पर्कविहीन भएपछि स्थानीयवासीमा चिन्ता बढेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरका अनुसार परिवारले बालिका हराएको भन्दै उजुरी दर्ता गराएपछि खोजी कार्य सुरु गरिएको छ। बेपत्ता बालिका हालसम्म काठमाडौंमा बस्दै आएकी थिइन्।प्रहरीले बालिकाको अवस्थाबारे जानकारी भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सबैसँग अनुरोध गर्दै खोजी अभियानलाई तीव्र बनाएको जनाएको छ। पछिल्ला दिनमा मधेश प
काठमाडौं / बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भएका २७ वर्षीय राजु कठायत रहेका छन् । कुराकानीमा एसपी थापाले भने,आज बिहान व्यस्त समय (पिक आवर) मा थापागाउँस्थित सडकमा ड्युटीमा खटिएकी महिला ट्
सिरहा / सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।यद्यपि, हत्या नै भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्नेबारे प्रहरीले अनुसन्धानपछि मात्रै वास्तविकता बाहिर आउने जनाएको छ ।
रामेछाप । जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेर फरार भएका एक युवक पुनः जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।प्रहरीका अनुसार ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रेम बिसुङ्खेलाई रामेछाप नगरपालिका–४ तिलबारीबाट पक्राउ गरिएको हो। भदौ २ गते घटना भएको र त्यसको भोलिपल्टै उनलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।अनुसन्धानका क्रममा बिसुङ्खे यसअघि पनि प्रहरी हिरासतबाट भागेको व्यक्ति रहेको खुलेको हो। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतमा राखिएका बेला भागेका थिए।हिरासतबाट भागे
काठमाडौं । सडकमा खाल्डाखुल्डी देखिएपछि तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय काठमाडौंले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको छ ।खाल्डोबारे जानकारी पाएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स सम्बन्धित स्थानमै पुगेर मर्मत गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डको गोल्फुटार र हात्तीगौंडालगायत क्षेत्रमा एम्बुलेन्समार्फत सडक मर्मत गरिएको थियो ।सडक मर्मतका लागि खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्ने, इमल्सन तताउने र छर्कनेलगायत उपकरण एम्बुलेन्समै जडान गरिएको छ । तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ ।कार्यालयले सडक मर्मत आवश्यक पर्न
काठमाडौं / करिब ३६७ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन् । उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना।७ ख ८१७३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका—१० चिप्लेटीबाट लागूऔषध गाँजा करिब १६८ किलोग्राम सहित २ जनालाई सोमबार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.