समाचार

    Showing ९९१-१,००० of २६,७९८ items.
  • लघुवित्त पीडितसँग सरकारको पाँचबुँदे सहमति, आन्दोलन र अनसन आजैदेखि अन्त्य हुने

    काठमाडौं— सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै संघर्ष समितिले देशभर सञ्चालन गरिरहेका सबै आन्दोलन तथा अनसनका कार्यक्रम आजैदेखि पूर्ण रूपमा अन्त्य गर्ने भएको छ।नेपाल सरकारका माननीय अर्थमन्त्रीको साउन १४ गतेको निर्णयअनुसार गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका पदाधिकारीबीच साउन १५ गते अर्थ मन्त्रालयको सुवर्णहलमा भएको छलफलपछि पाँचबुँदे सम्झौता सम्पन्न भएको हो।सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले २०८१ साउन २२ गते पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक कार्ययोजनासहित १५ दिनभ

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ५१४ पटक पढिएको
  • सुनसरी घटनापछि जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह

    काठमाडौं— प्रेस काउन्सिल नेपालले सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि देशका विभिन्न भागमा देखिएको तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।शुक्रबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्य, मानवीय संवेदनशीलता, धार्मिक तथा सामाजिक सद्भाव र सार्वजनिक हितलाई प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। अपुष्ट, भ्रामक वा उत्तेजक सामग्रीले समाजमा हिंसा, त्रास, द्वेष र भ्रम फैलाउन सक्ने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ६६० पटक पढिएको
  • सिरहाका मृतक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे

    काठमाडौं— सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्।दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्।भेटका क्रममा उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका छन्।

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ५८६ पटक पढिएको
  • काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

    काठमाडौं— काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार ९१२ सहकारी संस्थामध्ये आर्थिक वर्ष २०८२/८३ मा ६६७ वटा मात्रै नवीकरण भएका छन्। महानगरले यसलाई अधिकांश सहकारी संस्थागत नियमन र सम्पर्कभन्दा बाहिर रहेको वा निष्क्रिय रहेको संकेतका रूपमा लिएको छ।सहकारी विभागले शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उक्त जानकारी दिएको हो।विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत वर्ष १०३ सहकारीका १ हजार ७१२ ऋणीलाई एसएमएस र पत्राचारमार्फत ऋण तिर्न सहजीकरण गरिएको छ। त्यस्तै ५८ सहकारीमा बचतकर्ता र व्यवस्थापनबीचको विवाद समाधानका लागि मेलमिलाप गराइएको छ।कार्यवाह

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ५०८ पटक पढिएको
  • प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकार प्रतिबद्ध स्प्रधानमन्त्री शाह

    काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाहले प्रदेशहरूको सशक्तीकरण र संविधानले व्यवस्था गरेका अधिकारको प्रभावकारी कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।तराई–मधेशमा विकसित पछिल्लो समसामयिक परिस्थितिबारे छलफल गर्न शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै संघीयता बलियो हुने र प्रदेशहरू थप अधिकारसम्पन्न बन्ने बताएका हुन्।संविधान जारी भएपछि संघीयताको अभ्यास निरन्तर अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तहसम्म अधिकारको प्रभावकारी प

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ६९६ पटक पढिएको
  • चिया तथा कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गरिने

    काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् ।कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उक्त निर्णय गरेकी हुन् ।छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा विस्तृत छलफल भएको थियो।मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन बोर्डले प्रभावकारी भूमिका

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ८०६ पटक पढिएको
  • देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेको छ। हाल लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा हिमाली भेगका केही र पहाडी क्षेत्रका धेरै स्थानमा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १,३६७ पटक पढिएको
  • शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ९८० पटक पढिएको
  • बालअधिकार कार्यान्वयनको माग गर्दै सुकुम्बासी बस्तीका बालबालिकाको पक्षमा सर्वोच्चमा रिट

    काठमाडौं— सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित उपयुक्त आदेश जारी गर्न माग गर्दै साउन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत १५ भन्दा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ६१४ पटक पढिएको
  • वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

    रौतहट । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ ।जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार साउन १५ गते साँझ ५ः०० बजेदेखि साउन १६ गते बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।प्रशासनले तोकेको चार किल्लामा पूर्वमा प्रतिमा चौक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौक तथा दक्षिणमा शंकराचार्य गेट रहेका छन् ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको यस आदेश अनुसार तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ३१५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.