समाचार

    Showing १,०११-१,०२० of २६,७९८ items.
  • सर्लाहीमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

    सर्लाही । पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ ।जातीय, धार्मिक वा सामाजिक सद्भाव खलल पुग्ने किसिमका भ्रामक, आपत्तिजनक सामग्री तथा भिडिओ सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा सेयर नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता गतिविधिमा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ११२ पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २७९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६९, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४५, हर्न निषेधमा ३६, लेन क्रसमा ६४, अवस्था ठिक नभएको २६, एकतर्फीमा ३४ र अन्यमा ७७० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १९२ पटक पढिएको
  • धनुषा घटना : मृत्युपछि धार्मिक तनाव फैलाउने प्रयास नगर्न प्रहरीको चेतावनी

    जनकपुर। धनुषाको सबैला नगरपालिका–१२ स्थित कडेरी हनुमान मन्दिर परिसरमा एक पुरुष मृत भेटिएपछि घटनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रहरीले यसलाई धार्मिक विवादको रूपमा नबुझ्न आग्रह गरेको छ।प्रहरीका अनुसार ४० वर्षीय बन्ठु राउत कडेरी, जो धनुषाको हंसपुर नगरपालिका–३ मल्हेनियाका बासिन्दा हुन्, बिहीबार राति मन्दिर परिसरमा सुतेकै अवस्थामा मृत फेला परेका थिए। उनको शरीरमा चोटपटक देखिएकाले घटनालाई शंकास्पद मान्दै अनुसन्धान अघि बढाइएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानका आधारमा घटना विशुद्ध आपराधिक गतिविधिको परिणाम देखिएको बताए। उनले सामाजिक सञ्जाल वा अन्

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ८३ पटक पढिएको
  • गोलबजारको अवस्था सामान्य बन्दै, सुरक्षा व्यवस्था कडा

    सिरहा। सिरहाको गोलबजार क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। बिहीबार भएको तनावपूर्ण घटनापछि शुक्रबार बिहानदेखि बजार क्षेत्र शान्त बन्दै गएको हो।क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षा निकायले संवेदनशील स्थानमा निगरानी बढाउनुका साथै नियमित गस्तीलाई पनि तीव्र बनाएका छन्।स्थानीय प्रशासनका अनुसार अहिले बजार खुल्न थालेका छन्, सर्वसाधारणको आवतजावत पनि विस्तारै सामान्य बन्दै गएको छ। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता भने यथावत् राखिएको छ।प्रशासनले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १४९ पटक पढिएको
  • राष्ट्रिय एकता र धार्मिक सद्भाव जोगाउन प्रहरी प्रमुखको आह्वान

    काठमाडौं।  नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले देशमा धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा जोगाउन सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न आग्रह गरेका छन्।शुक्रबार जारी विशेष सन्देशमा उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताले भरिएको देश भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावकै आधारमा अघि बढ्दै आएको बताए। उनले “विविधतामा एकता नै नेपालको शक्ति र पहिचान“ भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति फरक भए पनि राष्ट्रप्रतिको साझा भावना सबैको एउटै रहेको स्पष्ट पारे।प्रहरी प्रमुख कार्कीले विशेषगरी सामाजिक सञ्जालमा फैलाइने अफवाह, उत्तेजक अभिव्यक्ति र कानुनविपरीत गतिवि

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २३० पटक पढिएको
  • लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

    काठमाडौं— लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ ।कैलाली गोदावरी नगरपालिटका—३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ४४९ पटक पढिएको
  • गण्डकी प्रदेशसभा बैठक बस्दै

    गण्डकी। गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दैछ । गत असार २५ गते स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनर्विचारका लागि पेस हुने  सम्भावित कार्यसूची प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो । “प्रदेश प्रमुखबाट उक्त विधेयक फिर्ताका सम्बन्धमा पठाउनुभएको सन्देश प्रदेशसभामा प्रस्तुत हुन्छ, शून्य समयमा प्रदेशसभा सदस्यज्यूहरुले समसामयिक विषयमा धारणा राख्ने बैठकको कार्यसूची छ”, उहाँले भन्नुभ

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २३४ पटक पढिएको
  • सर्लाहीमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

    सर्लाही— पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ ।जातीय, धार्मिक वा सामाजिक सद्भाव खलल पुग्ने किसिमका भ्रामक, आपत्तिजनक सामग्री तथा भिडिओ सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा सेयर नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता गतिविधिमा स

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ४५० पटक पढिएको
  • धनुषाका विद्यालयहरू ३ दिन बन्द

    जनकपुर— धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ ।हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि तथा विभिन्न संघसंगठनले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीहरूको आवतजावत असहज बनेको विद्यालय सङ्गठनहरूले उल्लेख गर्दै सो अवस्थालाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरिएको जनाएको छ ।शैक्षिक संस्थाहरूले सरकारलाई सम्बन्धित पक्षसँग तत्काल संवाद गरी शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ५७४ पटक पढिएको
  • अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    जनकपुरधाम। नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ ।कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी कर्फ्यु आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेशका आधारमा उक्त निर्णय गरिएको उल्लेख छ ।नेपाल रेल्वे कम्पनीले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डमा हाल सञ्चालन हुँदै आएको सेवा कर्फ्यु कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ ।या

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २३५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.