समाचार

    Showing १,०३१-१,०४० of २६,७९८ items.
  • सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह

    काठमाडौँ। नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान संवाद र वार्तामार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा वा द्वन्द्वका माध्यमबाट समाधान ननिस्कने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सह

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २१४ पटक पढिएको
  • चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन

    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले समयमै लक्ष्य हासिल गर्न सबै निकायले परिणाममुखी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछि तीन महिनाभित्र सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो ।उहाँले कम्पनी रजिष्ट्रार कार्यालय तथा उद्य

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १७८ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०५ रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०९

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २२९ पटक पढिएको
  • सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली प्रहार

    सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।प्रारम्भिक जानकारी अनुसार उनको दाहिने तिघ्रामा गोली लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल लगिएको छ। परियार सहित २२ जना सुरक्षाकर्मी घाइते भएको जानकारी छ। जसमा ७ जना सशस्त्र प्रहरी छन्। अरु सामान्य घाइते भएकोले स्थानीय स्तरमै उपचार भइरहेको छ। प्रदर्शनकारी तर्फ अहिलेसम्म ३ जनालाई गोली लागेको र १ जनाको मृत्यु भएको खुलेको छ। प्रहरीमाथि गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ४१९ पटक पढिएको
  • मधेशमा हिंसा फैलिँदै : सिरहामा गोली लागेर एक जनाको मृत्यु, जनकपुरसम्म कर्फ्यु

    सिरहा । सुनसरीको देवानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनाव अब मधेशका विभिन्न जिल्लामा फैलिँदै गएको छ। बिहीबार सिरहाको गोलबजार हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा २० वर्षीय गणेश यादवको ज्यान गएको छ भने अन्य केही व्यक्ति गम्भीर घाइते भएका छन्। तनाव बढ्दै गएपछि गोलबजार, लहानसहित विभिन्न क्षेत्रमा कफ्र्यु आदेश थप कडा पारिएको छ।प्रहरी स्रोतका अनुसार गोली लागेर मृत्यु भएका गणेश यादवको घाँटीमा गोली लागेको थियो। गोलीले घाँटी छेडेर वारपार गरेको र घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। घाइते भएका सुवास ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने अन्य घाइत

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २१७ पटक पढिएको
  • ३१ जिल्लामा बाढीको उच्च जोखिम, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    काठमाडौं । देशभर निरन्तर वर्षा भइरहेका बेला बाढीको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। बाढी पूर्वानुमान महाशाखाले आज ३१ जिल्लामा बाढीको उच्च जोखिम रहेको चेतावनी जारी गर्दै नदी तथा खोलानाला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट बग्ने नदीहरूको बहाव बढ्न सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय र सर्वसाधारणलाई पूर्वतयारीमा जुट्न अनुरोध गरिएको छ।महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ११३ पटक पढिएको
  • सिरहामा हिंसा थप चर्कियो : गोलबजारको एबी मलमा आगजनी, कर्फ्यूबीच तनाव उत्कर्षमा

    सिरहा । सिरहामा बढ्दो तनावले हिंसात्मक रूप लिन थालेको छ। गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेपछि जिल्लाको सुरक्षा अवस्था थप जटिल बनेको छ। बिहानदेखि सुरु भएको प्रदर्शन क्रमशः उग्र बन्दै जाँदा आगजनी र तोडफोडका घटना बढेका हुन्।बिग्रँदो परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। तर कर्फ्यूका बीच पनि प्रदर्शन र अशान्त गतिविधि पूर्ण रूपमा रोकिएको छैन।प्रहरीले आगजनी प्रभावित क्षेत्रमा सुरक्षा घेरा कडा पार्दै स्थिति नियन्त्रणमा लिने प्रयास जारी राखेको जनाएको छ। पछिल्ला घटनाक्रमसँगै सिरहामा सुरक्षा सतर्कता अझ बढाइएको छ भने प्रशासनले सर्व

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १८३ पटक पढिएको
  • ईपीएस आवेदकलाई ठूलो राहत राहदानी आवेदन फाराम १८ साउनसम्म खुला

    काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने समय थपिएसँगै राहदानी बनाउन चाहने नेपालीका लागि पनि राहतको खबर आएको छ। बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै राहदानी विभागले आगामी १८ साउन २०८३ सम्म आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ। यस निर्णयले विशेषगरी ईपीएस प्रक्रियामा रहेका हजारौँ युवालाई समयमै राहदानी बनाउन सहज हुने अपेक्षा गरिएको छ।वैदेशिक रोजगार विभागले ईपीएस आवेदनको अन्तिम म्याद थप गरेपछि राहदानी आवश्यक पर्ने आवेदकको संख्या एकाएक बढेको थियो। यही अवस्थालाई मध्यनजर गर्दै राहदानी विभागले अतिरिक्त आवेदन फाराम उपलब्ध गराउने र शनिबार तथा आइतबारजस्ता सार्वजनि

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २९० पटक पढिएको
  • सिरहामा गोली चल्दा एक जनाको मृत्यु

    सिरहा । सिरहाको गोलबजारमा जारी तनाव हिंसात्मक बन्दै जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरेकै अवस्थामा दुई पक्षबीचको झडप थप चर्किएपछि स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएको हो।सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृतक गणेश यादव रहेको पुष्टि भएको छ। घटनापछि गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।बिग्रँदै गएको अवस्था नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कफ्र्यू आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम गर्न सबै सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाएको छ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २२३ पटक पढिएको
  • देवानगन्ज घटना: उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ?

    विराटनगर / सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार जयप्रकाशको पेटमा गोली लागेको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १९८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.