समाचार

    Showing 1,031-1,040 of 18,284 items.
  • जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छः अध्यक्ष ढकाल

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्नमा रहेको बताएका छन् । शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको बताएका हुन् ।‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने । उनले लगानीका लागि सापटी मागेर निजी क्षेत्रल

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 412 पटक पढिएको
  • निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन

    काठमाडौं— हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र बुझाएका छन् । शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाउँदै नेताहरुले फागुन २१ को निर्वाचनमा भाग लिनु अघि महाधिवेशनबाट नयाँ नीति र नेतृत्वको चयन गर्न माग गरे ।कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाइएको ज्ञापन पत्रमा २४ जना नेताको हस्ताक्षर छ । उपत्यकामा उपलब्ध नेपाली कांग्रेस काठमाडौं सम्पर्क समिति सभापतिहरुका तर्फबाट ज्ञापन बुझाइएको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समिति सभापति खिलनाथ लुईंटेलले जानकारी दिए । ‘काँग्रेसको विधानमा कार्यसमितिको कार्यकाल

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 387 पटक पढिएको
  • बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

    बर्दिया—  बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय  विकास यादव रहेका छन् ।दुर्घटनामा परि अर्का एकजना भने घाइते भएका छन् । भने घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेका छन् । राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडक अन्र्तगत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 399 पटक पढिएको
  • शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न नीतिगत सुधार गर्न सुझाव

    काठमाडौं— सरोकारवालाहरूले दलित समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन नीतिगत सुधार र तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।गरिबी, सामाजिक पछौटेपन र चेतनाको अभावका कारण अझैपनि धेरै दलित बालबालिका विद्यालयबाहिर रहेको र युवाहरूले विश्वविद्यालयसम्म पुगेर उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था नरहेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरे।उनीहरूले शिक्षामा दलितको पहुँच वृद्धि गर्न आवश्यक रहेको बताए। त्यसका लागि संविधान र राज्यका नीतिहरूको प्रभावकारी कार्यान्वयन र कतिपय नीतिगत सुधार जरुरी रहेको उनीहरूको भनाइ छ ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले काठमाडौँमा गरेको दलित तथा विपन्नलक्षित

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 426 पटक पढिएको
  • प्रभु बैंकमा सीआईबीको छापा, आवश्यक फाइल नियन्त्रणमा

    काठमाण्डौ  ।  प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको हेड अफिसमा छापा मारेर महत्वपूर्ण कागज जफत गरेको छ ।सिआइबीको अनुसन्धानपछि सिइओ अशोश शेरचन फरार रहेका छन् । अहिले सीआईबीले प्रभु बैंकले गरेका गतिविधि संकास्पद भएको भन्दै प्रभु बेंकमा छापा मारेको हो ।सीआईबीको टोली आउने जानकारी पाएपछि अशोक सेरचन हतार हतार भागेको बताइएको छ । प्रभु म्यानेजमेन्ट तथा मनि ट्रान्सफरसँग सम्बवन्धित रहेका डकुमेन्टहरुमा सिइओ अशोक सेरचनले गैरकानुनी तरीकाबाट रकम पठाएको तथा विना धितो कर्जा प्रवाह गरेको आशंकामा सीआईवीले छापा मारेको हो ।प्रभु बैंकबाट बैंकिङ कसुरका गतिविधि भएको भन्दै परेको उजुरीका

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 134 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

    झापा  ।  झापाको भद्रपुर नगरपालिका- ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका- ७ का २६ बर्षीय बिशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका- १० का २२ बर्षीय रोहित कटुवाललाई  १ ग्राम १११ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 178 पटक पढिएको
  • प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ

    विराटनगर  ।  मोरङ, धनकुटा र उदयपुरबाट प्रतिबन्धित औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते मोरङको बेलबारी नगरपालिका- १ का ३२ बर्षीय बिज्ञान राईले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले राईलाई ट्रामाडोल ४७० चक्की, डिक्लो ४७० ट्याब्लेट र १८० ग्राम गाँजा सहित घरैबाट पक्राउ गरिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका- ६ का तिलक भुजेल र मौसम राईलाई ट्रामाडोल ११० क्याप्सुल, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित सोहि स्थानबाट नियन्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 179 पटक पढिएको
  • प्रहरिले सुनसरीबाट २५७.४५ केजी गाँजा सहित स्कार्फियो पक्राउ

    सुनसरि  ।  सुनसरी बर्जु गाउँपालिका वडा नम्बर ५, गोचाकामत टोलमा विशेष सूचना आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी र सितागंजको संयुक्त टोलीले बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियो गाडीलाई पछ्याउँदा चालक फरार भएको थियो । गाडीको जाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा २५७.४५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा सहित स्कार्पियो नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ भने फरार चालकको खोजी कार्य जारी छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 279 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । कांग्रेसका पूर्वसांसद् आलमको गएराति साढे २ बजे निधन भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 363 पटक पढिएको
  • कागेश्वरी मनोहरा नगरपालिकामा इनोभेशन सेन्टरको सुरुवात

    काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिकाले जेनेस सलुशनसंगको सहकार्यमा नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) को सुरुवात गरेको छ । जेनेस सलुशन, बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ सम्बन्धी कम्पनी हो ।नगरपालिकाले सुरुवात गरेको सम्भवतः यो नेपालकै पहिलो इनोभेशन सेन्टर भएको दाबी गरिएको छ । जेनेस सलुशनसंगको सहकार्यमा शुक्रबार  स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशालाको दोस्रो चरण (सेकेन्ड ब्याच)  आयोजना गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँद

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 391 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा